बागलुङको काउले गाउँ
बागलुङ, जेठ २५ गते । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै रहेको बागलुङको काठेखोला गाउँपालिका–५ स्थित काउले गाउँ । यस गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गर्छ । तस्बिरः रासस
नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड
। मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमबारे विभिन्न राजनीतिक दलका नेताले मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांश नेताले नीति तथा कार्यक्रममा उत्साहजनक नारा राखिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन् ।
दर्ता नगरी सञ्चालित क्लिनिक बन्द
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा दर्ता नगरी सञ्चालनमा रहेका आठ वटा मेडिकल क्लिनिक र ल्याब बन्द गरेको छ ।
अँध्यारोमा चुँडी गाउँवासी
लघु जलविद्युत् योजना मर्मत नहुँदा चुँडी गाउँवासी अँध्यारोमा बस्न बाध्य हुने गरेका छन् । भागेश्वर गाउँपालिका १ चुँडी गाउँमा तीन वर्ष पहिले करिब एक करोड १५ लाख रुपियाँ लागतमा चमा गाड सिँचाइ तथा लघु जलविद्युत योजना निर्माण गरिएपछि गाउँवासीले उज्यालो पाएका थिए । तर हाल उपकरणहरू मर्मत हुन नसक्दा बेला बेला बत्ती जाने गरेको छ ।
सतासी वर्षमा मिल्यो लालपुर्जा
बुटवल उपमहानगरपालिका–१५, सेमलारकी मनरूपा भुसाल ८७ वर्ष पुग्नुभयो । जीवनको अन्तिम प्रहरसम्म पनि उहाँलाई आफूले बर्सौंदेखि जोतभोग गर्दै आएको घरबास जग्गाको लालपुर्जा हातमा पर्दैन कि भन्ने चिन्ता थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
युवालाई नवप्रवर्तन र रोजगारीमा जोड्छौं : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धिमा युवापुस्ताको योगदान बढाउन प्रविधि, उद्यमशीलता र आय आर्जनमा आधारित योजनाहरूलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
पर्यटकको पर्खाइमा धाननाच पार्क
ताप्लेजुङको धाननाच स्तम्भ (ताक्वाचङ याःराक्मा तेन) पार्क यतिबेला पर्यटकको पर्खाइमा छ । स्थानीय संस्कार, संस्कृति र पहिचान उजागर गर्दै पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्ने गरी सदरमुकाम फुङ्लिङ बजारको हटिया लाइनमा लिम्बू जातिको संस्कृति झल्कने धाननाच स्तम्भ निर्माण गरिएको हो ।
संस्कृत विश्वविद्यालयमा पाँच महिनापछि ताला खुल्यो
दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला पाँच महिनापछि खुलेको छ ।
शान्ति र समृद्धिका लागि प्रार्थना
इस्लाम धर्मावालम्बीको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा शनिबारदेखि सुरु भएको छ । तीन दिनसम्म धुमधामका साथ मनाइने यो पर्वलाई कुर्बानी र बलिदानको पर्व पनि भनिन्छ ।
पर्यटकीय गन्तव्य बन्दै पञ्चकोट
बागलुङ नगरपालिका–६, भान्सागाउँमा जन्मेर भारतको विभिन्न स्थानमा ख्याति कमाउनुभएका कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा करोडौँका योजनामार्फत पर्यटन र धार्मिक गन्तव्य बन्दै छ ।
दामोदरकुण्ड जान खुला
हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल दामोदरकुण्डमा भक्तजन र पर्यटकलाई अवलोकन तथा दर्शनका लागि खुला गरिएको छ ।
भाडाका कारण यातायात ठप्प
बाटोघाटो राम्रो भए पनि बुलिङटार र बौदीकाली गाउँपालिकाका स्थानीय बासिन्दा यातायात व्यवसायीको मनलाग्दी र चर्को भाडादरको मारमा परिरहेका छन् ।
सडकमा ढुङ्गा बिछ्याएपछि सहज
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपलिकाको स्याल्तडी र दुल्ली कुनमा पर्ने धुलाम्मे र हिलाम्मे सडकमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न हुँदा यातायातका साधनलाई सहज भएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रयोगविहीन बन्दै खर्क
छ महिनासम्म भरिभराउन हुने यहाँका खर्क यतिबेला प्रयोगविहीन अवस्थामा पुगेका छन् । जिल्लावासीले पशुपालन व्यवसाय कम गर्दै लगेपछि बर्खायाममा भरिभराउ हुने खर्क रित्तिन लागेका हुन् ।
एन्टिबायोटिकले स्वास्थ्यमा सङ्कट
छिटो निको हुने आशामा एन्टिबायोटिकको प्रयोग बढ्दै जाँदा यसले स्वास्थ्यमा गम्भीर सङ्कट निम्त्याउने हुँदा प्रयोगमा सचेत रहन आग्रह गरिएको छ ।
‘दुई सयको बचत, दस हजारको सहारा’
विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।
जग्गा भोगाधिकारको अनुमति
भेरी लिफ्टिङ आयोजनाको पहुँच मार्ग विस्तार गर्न बाटो खुलेको छ । सरकारले जग्गा भोगाधिकारको अनुमति दिएसँगै पहुँच मार्ग विस्तारको बाटो खुलेको हो । मन्त्रीपरिषद्को बैठकबाट आयोजनाको मुख्य क्षेत्र जोड्ने पहुँच मार्ग निर्माणपूर्वको जग्गा भोगाधिकारको अनुमति दिने निर्णय भएको हो ।
मुहान संरक्षण गर्ने प्रतिबद्धता
यहाँको हिमा गाउँपालिकाले खानेपानीका मुहानको पहिचान र संरक्षणका विषयमा जलकचहरी आयोजना गरेर गहन छलफल थालेको छ । बढ्दै गरेको जनसङ्ख्या, जथाभाबी वनफँडानी, डढेलोका कारण पानीका स्रोत सुक्दै जान थालेपछि खानेपानीको दिगो समाधानका लागि जल सम्मेलनको आयोजना गरिएको हो ।
समृद्धि यात्रा उन्मुख अछाम
अछाम सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्येको एक पहाडी जिल्ला हो । भाषा, साहित्य, कला, ऐतिहासिक महत्वका स्थल, प्राकृतिक विविधता र धार्मिक सम्पदाले पनि अछाम भरिपूर्ण छ । यहाँ रामारोशन क्षेत्र, खप्तड क्षेत्र, बरदादेवी मन्दिर, वैद्यनाथ मन्दिर, बिम्कोट दरबार, मङ्गलसेन दरबार, विनायकका पञ्चदेवल, दर्नाका देवल, बान्नीगढी, जयगढ, बयलपाटा आदि धार्मिक तथा पर्यटकीय महìव बोकेका स्थान छन् ।
कोरोना सङ्क्रमण, नाकामा परीक्षण किट अभाव
भारतमा कोरोना सङक्रमण फैलिरहेका बेला सीमानाका झुलाघाट स्वास्थ्य केन्द्रमा कोरोना परीक्षण गर्ने किट अभाव भएको छ । नाकामा होल्डिङ सेन्टरसमेत छैन । त्यसमाथि जनशक्ति र उपकरण अभाव हुँदा थप समस्या सिर्जना भएको छ ।
हप्तैपिच्छे भिरबाट लड्छन् महिला
सुदूरपश्चिम प्रदेशको बैतडीमा छाउपडीका कारणले भन्दा बढी भिडबाट लडेर महिलाको मृत्यु तथा अङ्गभङ्ग हुने गरेका छन् । छाउपडी गोठभन्दा घाँस काट्ने क्रममा हप्तैपिच्छे भिरबाट लडेर गम्भीर घाइते भएर अस्पतालको शय्यामा छटपटाउनुपर्ने अवस्था रहेका छन् ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।