एक महिनामै भासियो सडक
बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २ स्थित पाताभारदेखि टिकुलीगढ जोड्ने सडक निर्माण भएको एक महिना नबित्दै भासिएको छ । प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय बर्दियाको लगानीमा निर्माण भएको सडक बर्सात लाग्नुभन्दा अगावै भासिन सुरु भएको हो ।
कानुन छिटो निर्माण गर्न माग
रुपन्देही र पाल्पाका छ वटा स्थानीय तहले संविधानमा उल्लेख गरिएको साझा सूचीका विषयमा सङ्घ र प्रदेशबाट बन्नुपर्ने कानुन यथाशीघ्र निर्माण गर्न माग गरेका छन् ।
छोरी पढाउ कार्यक्रम, निःशुल्क इन्जिनियरिङ पढ्दै
बुटवल उपमहानगरपालिकाले ४० जना छात्रालाई निःशुल्क इन्जिनियरिङ पढाउने भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने छोरी पढाउ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।
तीन जिल्ला जोड्ने सडक अलपत्र
कर्णालीका जाजरकोट, सुर्खेत र दैलेख गरी तीन जिल्ला जोड्ने सडक अलपत्र परेको छ ।
सदरमुकामकै सडक एक दशकदेखि जीर्ण
जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १० वर्षदेखि जीर्ण छ । कुश्मा नगरपालिका–५ स्थित बडगाउँको सडक जीर्ण बनेको दशक नाघिसक्दासमेत मर्मतका लागि कसैले चासो दिएका छैनन् । सडक मर्मत हुन नसक्दा जोखिमपूर्ण तवरमा यातायातका साधन सञ्चालन भइरहेका छन् ।
सीमित स्रोतमा फरक तरिकाले बजेट आउँछ
विसं २०७९ को निर्वाचनमा अछाम क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्का प्रदेश सरकारमा सामाजिक विकासमन्त्री हुनुहुन्छ । चौरपाटी गाउँपालिका–५,
विश्वविद्यालयमा विकृत राजनीति
अक्सफोर्ड डिक्सनेरीले विश्वविद्यालयलाई छोटो तर स्पष्ट परिभाषा गरेको छ । उच्च तहको शैक्षिक संस्था जहाँ शैक्षिक प्रमाणपत्रसँगै विद्यार्थीले प्राज्ञिक अनुसन्धानको पर्याप्त अनुभव हासिल गर्न सक्ने छन् । यो परिभाषाले व्यापकता समेट्छ ।
सामुदायिक विद्यालयको भविष्य
हरेक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने संविधानमा उल्लेख छ । जसका कारण गरिब, गरिबीको रेखामुनि रहेका तथा विपन्न वर्गका बालबालिका
संविधान संशोधनको मुद्दा
संविधान सभामार्फत जारी गरिएको नेपालको संविधान कार्यान्वयनको १० वर्ष पुग्दै छ । पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि दोस्रो संविधान सभामार्फत ३ असोज २०७२ मा संविधान जारी गरिएको थियो ।
पुँजी बजारप्रति लचकता
नेपालको पुँजी बजार लामो समयदेखि शिथिल अवस्थामा रहेको छ ।
विपतमा स्वास्थ्य चुनौती
दिनपछि रात भने जस्तै समय परिवर्तन र चक्रसँगै जाडो मौसमपछि गर्मी मौसम त्यसपछि वर्षा मौसम आउने गर्छ । वातावरण परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्छ र स्वास्थ्यको दृष्टिले संवेदनशील बन्छ । गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरै जसो पाचन प्रणालीस“ग सम्बन्धित हुन्छन् ।
रोपाइँअघि पनौतीमा हिलेजात्रा
पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल जेठ २६ देखि २८ गतेसम्म हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहिआएको छ ।
‘सिङ्गो नेपालको छवि देखिन्छ’
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ को अवलोकन गर्नुभएको छ ।
‘दुःख सुनाएर के काम’ सार्वजनिक
गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक भएको छ ।
कृषि उपजको निर्यातमा सहजीकरण गर्न आग्रह
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का विशेष प्रतिनिधि डयानियल गुस्टाफसनबिच भेटवार्ता भएको छ ।
‘धितोपत्र बोर्ड दबाब र प्रभावमा पर्नु हुन्न’
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी परिचालनमार्फत आर्थिक समृद्धि हासिल गर्न आगामी दिनमा थप क्रियाशीलता लिन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ ।
दर्तावाल करदाता अठसट्ठी लाख
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत, व्यावसायिक र अग्रिम कर कट्टीतर्फ गरी यी करदाताले नयाँ स्थायी लेखा नम्बर (प्यान) लिएका हुन् ।
सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा
सुनमा लगाइएको दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सुनका गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करका अतिरिक्त दुई प्रतिशत विलासिता करसमेत लगाउने भएको छ ।
‘टेक एन्ड पे’ हटाऊ : उत्पादक, त्यसले असर गर्दैन : अर्थमन्त्री
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट गरी बजेटबाट ‘टेक एन्ड पे’ को प्रावधान हटाउन माग गरेको छ । अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री पौडेलले भने बजेटको उक्त बुँदाले ऊर्जा उत्पादनमा कुनै पनि अप्ठ्यारो नपर्ने जिकिर गर्नुभएको थियो । उत्पादकहरूले भने उक्त बुँदाले जलविद्युत्को क्षेत्रमा थप लगानी नै नआउने दाबी गर्दै जसरी पनि सच्याउन आग्रह गरे ।
फेरि देखियो ‘लम्पी स्किन’
दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ ।
वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
काठमाडौँको वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालका मस्तिष्क विभागका विभागीय प्रमुख डा. राजीव झाले जुन महिनाभर ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने जानकारी दिनुभयो ।
परिषद्को सम्पत्तिमा व्यवसायीको मनोमानी
राजधानीको भृकुटीमण्डपको भवन, जग्गा र प्रदर्शनीस्थल प्रयोग गरेबापत बक्यौता तिर्न समाज कल्याण परिषद्ले जारी सूचनाको बेवास्ता भएको छ ।
गर्मीले मर्न थाले चरा
शनिबार दिउँसो काठमाडौँको थानकोटमा चर्को घाममा आकाशमा उडिरहेको काग गर्मीले भुइँमा खस्यो । स्थानीयले पानी ल्याएर छर्कन नभ्याउँदै गर्मीले उसको प्राण लियो । केही दिनअघि काठमाडौँकै सङ्कटा मन्दिरपरिसरमा पनि परेवा उड्दाउड्दै प्यासले भुइँमा बजारिएर मरेका थिए ।
प्रतिनिधि सभाको गतिरोध, सत्तापक्ष–प्रतिपक्ष सहमति उन्मुख
प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी दल सहमतिनजिक पुगेका छन् । प्रतिपक्षी दलले निरन्तर उठाइरहेका मागमा द्विपक्षीय सहमति भनेभइसकेको छैन । यद्यपि सोमबारसम्म लिखित सहमति नै गरेर सदनको अवरोध हटाउने विश्वासमा दलहरू छन् ।