नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गरेको हो । जेठ १६ गते प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।
हुन सकेन कोरोना परीक्षण
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाका भारतसँग जोडिएका सीमानाकाबाट दैनिक नेपाल आइरहेका नागरिकको समेत किट अभावमा कोरोना परीक्षण गर्न समस्या भएको छ ।
पशुधनको सुरक्षा
नेपाल कृषिप्रधान देश भएको भाष्य लामो समय चल्यो ।
नीति–बहसको औचित्य
सार्वजनिक नीतिले मूलतः सार्वजनिक हित तथा स्वार्थ, भलाइ, वस्तु तथा सेवा प्रवाह, नियमन, नियन्त्रण, संरक्षण, सहजीकरण, समन्वयलगायतका बहुविधा र क्षेत्रसँग सरोकार राख्छ । आमनागरिकको चाहना, माग, आवश्यकता तथा राज्यको दायित्व, कर्तव्य र जि
विपत् व्यवस्थापनमा तदारुकता
बर्खायाम सुरु नहुँदै परेको पानीले नसोचेको क्षति पुर्यायो ।
सगरमाथा संवाद कूटनीति
नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करण (जेठ २–४) कै सेरोफेरोमा विश्व मौसम सङ्गठनले आउँदो सन् २०२९ सम्मको पाँच वर्षलाई अहिलेभन्दा ताता वर्ष रहने प्रक्षेपण गरिरहेको थियो । त्यसो त गएका पाँच वर्षयता नै विश्वले ताता वर्षको अनुभव गरिरहेकै छ ।
मन जित्ने मान्छे
धेरैको मन जित्नुभएको रहेछ, पशुपति आर्यघाटमा उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन लामबद्ध लामले त्यसै भन्थ्यो । साहित्य, संस्कृति क्षेत्रका मात्र होइन राजनीति, प्रशासन, समाजसेवा र व्यापार व्यवसाय, गायन र सङ्गीत, आफन्त र शुभेच्छुकको भिडले गणेश रसिकको व्यक्तित्वको विविध पाटा झल्किन्छ । धेरैको मन जित्न सक्ने मान्छे रोगलाई चाहिँ जित्नै नसकी २०८२ जेठ १८ गते यो धराबाट बिदा हुनुभयो –
सङ्गीत तथा नाट्यकलाको उत्सव
नेपालको कला, संस्कृति, भाषा, साहित्य, गीतसङ्गीत, वेशभूषामार्फत सिङ्गो देशको चित्रण गरिने प्रदर्शनी, महोत्सव र उत्सवले ती क्षेत्रको विकास मात्र गर्दैन; संरक्षण र प्रवर्धनमा पनि ठुलो टेवा पुर्याउँछ ।
थापाको गीतमा नाचे दर्शक
काठमाडौँको नागार्जुन नगरपालिका–६ मा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२’ सम्पन्न भएको छ ।
सम्पदा जोगाउन पदयात्रा
नयाँ पुस्तालाई सम्पदाको पहिचानसहित सांस्कृतिक महत्व बुझाउने उद्देश्यले सोमबार काठमाडौँमा ‘सम्पदा पदयात्रा प्रतियोगिता–२०८२’ आयोजना गरिएको छ ।
संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिने बढी
संस्थागतभन्दा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ ।
मर्यादित र सुरक्षित श्रमप्रति नेपाल प्रतिबद्ध : श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल मर्यादित श्रमको एजेन्डाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘औपचारिक अर्थतन्त्र विस्तारमा सुधार’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ ।
माथिल्लो मुगु कर्णालीको डिपिआरका लागि ‘ड्रिलिङ’
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न ड्रिलिङ थालिएको छ ।
भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइने
राष्ट्रिय सूचना आयोगको संयोजनमा आगामी भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइने भएको छ ।
ऋण मिलाइदिएबापत चौहत्तर लाख घुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैङ्कबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राष्ट्रिय सभाबाट पानीजहाज विधेयक पारित
राष्ट्रिय सभाले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ पारित गरेको छ । सो विधेयक अब प्रतिनिधि सभामा पठाइने छ ।
कूटनीति सिकाउँदै ‘मोडल युएन’
संयुक्त राष्ट्रसङ्घ (युएन) को महासभा कसरी सञ्चालन हुन्छ होला ? सभा सञ्चालनक्रममा के कस्ता गतिविधि होलान् ? त्यहाँको गतिविधिलाई नियाल्न पाउनु विश्वमा प्रतिष्ठित र आनन्ददायी क्षणमध्येमा पर्छ । धेरै युवाको सपना यसैमा अडेको पनि छ ।
अब ब्लुबुक बोक्न नपर्ने
बागमती प्रदेशमा दर्ता भएको सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) राख्ने काम एक वर्षमा सम्पन्न गरिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारीसाधनको विद्युतीय अभिलेखीकरण भएको छ ।
खोकना विवादमा प्रमको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु विवाद र समाधानको उपायबारे ललितपुरको खोकना (प्रस्थान विन्दु) र बुङमतीका स्थानीयवासीसँग छलफल गर्नुभएको छ ।
संवैधानिक परिषद्मा दुई जनाबाटै निर्णय हुन सक्ने प्रस्ताव
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा अध्यक्ष र एक जना सदस्यसहित कम्तीमा दुई जनाको मतबाट समेत निर्णय गर्न सक्ने गरी प्रतिवेदन पारित गरेको छ ।
अमेरिकाबाट फिर्ता गरिएकाहरू, फेरि तनावमा पर्न चाहँदैनन्
अवैध रूपमा अमेरिकामा बसोबास गर्ने र त्यहाँको कानुन उल्लङ्घन गरेपछि निष्कासित भई नेपाल फर्कने नेपालीको आँकडा बढ्दै छ । अमेरिकाबाट आइतबार राति ३७ जना निष्कासित भएर फर्केसँगै यो सङ्ख्या थप बढोत्तरी भएको हो ।
झापाका सीमानाकामा कडाइ
भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
सङ्घीयताको दृष्टिकोणबाट बजेटः स्रोतसाधन वितरणमा एकपक्षीय, अधिकार हस्तान्तरणमा उदासिन
वित्तीय सङ्घीयता कार्यान्वयनका दृष्टिकोणले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट कमजोर रुपमा प्रस्तुत भएको टिप्पणी गरिएको छ ।