सर्लाहीको चुरेभेगका ७०० घरधुरीमा बिजुली पुग्न बाँकी
सर्लाहीको चुरेवर्ती क्षेत्रका करिब ७०० घरधुरीमा बिजुली पुग्न बाँकी छ ।
ग्यास लिक भएर आगलागी हुँदा १५ लाखको क्षती
कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षती भएको छ ।
राजविराज नगरपालिकामा तनाव : प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर
राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिहरूले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।
१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स
चालु आर्थिक २०८१-८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको दश महिनाको विवरण अनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो १० महिनाको तुलनामा १३ दशमलव २ प्रतिशतले वृद्धि भएको हो ।
दाङका दस स्थानीय तहलाई पाँच अर्ब अनुदान
दाङका दस स्थानीय तहले संघीय सरकारबाट पाँच अर्ब बढी अनुदान प्राप्त गर्ने भएका छन् ।
खार्पुनाथ पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । यस आर्थिक वर्षका लागि खार्पुनाथ गाउँपालिकालाई खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
विनयी खोलाको पक्की पुल असार १४ गतेबाट सञ्चालन हुने
नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवासस्थित विनयी खोलामा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेबाट सञ्चालन हुने भएको छ ।
ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
तुलसीपुर पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा
तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले घोषणा गर्नुभएको हो ।
पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट
पश्चिम नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी भारतीय पर्यटकको सङ्ख्या बढाउने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण सम्पन्न भएको छ ।
गर्मीमा के खाने ?
हाम्रो बानी पनि अनौँठो छ । हामीसँग जुन कुरा छ त्यो मन नपर्ने, अनि जुन कुरा छैन त्यही प्यारो है ? करिब पाँच महिनासम्मको जाडोयाममा जाडोभन्दा त बरु गर्मी नै जाति भनेर गफ लगाउने हामी नै हौँ ।
महँगी भनेको के हो ?
भाइबहिनीहरू, तपाईंले कहिलेकाहीँ पसलमा सामान किन्न जाँदा केही महिनाअघि २० रुपियाँमा किनेको सामान अहिले २५ रुपियाँ पुगेको थाहा पाएको हुनु पर्छ ।
म र मेरो विद्यालय
विद्यालय जीवनको महत्वपूर्ण अङ्ग हो । यो हाम्रो जीवनको आधार हो । विद्यालयमा मैले शिक्षा प्राप्त गर्दै र जीवनका महत्वपूर्ण पाठ सिक्छु । विद्यालय मेरा लागि शिक्षाको केन्द्र मात्र होइन, दोस्रो घर पनि हो । यहाँ मैले जीवनका धेरै अनमोल पाठ सिकेको छु ।
बढेको भत्तालाई पेन्सनमा गाभ्न माग
पूर्वराष्ट्रसेवक सङ्गठन राष्ट्रिय समन्वय परिषद् नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गाभेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
लार्चामा बेलिबिज्र तयार
गत असोज ११ र १२ गतेको अविरल वर्षाले भोटेकोशी गाउँपालिकाको लार्चास्थित भोटेकोशी नदीको बेलिबिज्र बगाएपछि सकसपूर्ण बनेको आवागमन नयाँ बेलिबिज्र जडानपछि सहज बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
‘राइड सेयरिङ नियमावली कार्यान्वयनमा जान्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङसम्बन्धी नियमावली गण्डकी प्रदेश सरकारले एक महिनापछि कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभएको छ । सोमबार गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
सडक तीन किलोमिटर, समय नौ वर्ष
साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न कति समय लाग्ला ? धेरै समय लागे छ महिनादेखि वर्ष दिनमा सकिन्छ भन्ने धेरैको अनुमान हुन सक्छ तर यो अनुमानविपरीत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर लामो सडक नौ वर्ष हुँदा पनि अझै पूरा भएको छैन ।
मान्छे मरिरहने, मोही मुद्दा चलिरहने
भूमिसम्बन्धी ऐन लागु भएको पाँच दशकभन्दा बढी भइसक्दासमेत दाङको भूमिसुधार तथा मालपोत कार्यालयमा मोहीसम्बन्धी मुद्दा पुस्तौँदेखि चल्दै आएका छन् । साबिक गाविसमा भएको जग्गा बिक्री, मोही बाँडफाँट, हकदाबी जस्ता विषयलाई लिएर सुरु भएका यस्ता मुद्दा अहिले दोस्रो र तेस्रो पुस्तासम्म पुगेका छन् ।
सडक निर्माण अन्तिम चरणमा
कर्णाली कोरिडोरको हुम्लामा पर्ने बोक्चेगौँडादेखि याङ्चुकुना सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । सो सडकमा सेनाले विस्फोट गर्ने, जेसिभीबाट सफा गर्ने, विस्फोटका लागि होल खोप्ने कार्य धमाधम गरिरहेका कारण निर्माण अन्तिम चरणमा पुगेको हो ।
पालिकाकै डुब्यो पौने दुई करोड
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामा स्थानीय सरकारले गरेको लगानी डुबेपछि असुल गर्न बारम्बार ताकिता गर्ने गरिएको छ । यो सहकारीमा आठबिसकोट नगरपालिकाले एक करोड ७२ लाख पाँच हजार रुपियाँ कर्जा उपलब्ध गराएको छ ।
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने निर्णय गरिएको हो ।
विज्ञापन रद्द गर्न कर्मचारीको आन्दोलन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा विज्ञापन गरेको भन्दै त्यहाँ कार्यरत कर्मचारी आन्दोलित भएका छन् । कर्मचारीले पत्रकार सम्मेलन गरी प्रतिष्ठानका रजिस्ट्रारको पदावधि कम भए पनि निरन्तर विज्ञापन खोलेर आसेपासेलाई जागिर दिन खोजेको आरोप लगाएका छन् ।