पोखरा गुरुङ चलचित्रको उर्वरभूमि
कला संस्कृतिको धनी पोखरा । त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको सहर । यहाँ समय समयमा जनजाति अनुहार एक्सन, कटको सेटमा भेटिन्छन् । यहाँ आदिवासी संस्कृति, कला, भाषा, संस्कार, गीत/सङ्गीतमा आधारित चलचित्र निर्माण हुने क्रम बढ्दो छ ।
मानसरोवर उत्कृष्ट
कर्णाली प्रदेशस्तरीय प्रतिभा पहिचान प्रतियोगितामा सिमकोट गाउँपालिकाको मानसरोवर नमुना माध्यमिक विद्यालय प्रदेशमा उत्कृष्ट बनेको छ ।
मनोनयन सार्वजनिक
इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचमा मनोनीत चलचित्र र चलचित्रकर्मीको नाम सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा १७ विधामा मनोनयन सार्वजनिक गर्दै उनीहरूलाई मनोनयन प्रमाणपत्रसमेत प्रदान गरिएको छ । लन्डनमा सेप्टेम्बर १३ मा आयोजना हुने अवार्डमा २०८१ सालको असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रम
बागमतीमा बजेट निर्माण तीव्र
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा योजना निर्माणको करिब अन्तिम चरणमा पुगेको छ । आगामी असार १ मा बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले मन्त्रालयको गेटमा ताल्चा लगाएर आन्तरिक भेटघाटसमेत बन्द गरेको छ ।
कर्णाली सरकार पुँजीगत खर्चमा अझै कमजोर
चालु आर्थिक वर्ष २०८१/८२ मा पनि कर्णालीको पुँजीगत बजेट कार्यान्वयन सुधार नहुने सङ्केत देखिएको छ । सरकारले बजेट कार्यान्वयनका लागि रणनीति योजना बनाएको भए पनि आव सकिनै लाग्दासम्म बजेट कार्यान्वयनमा अपेक्षित सुधार आउन सकेको छैन ।
कृषि उत्पादन ढुवानी गर्न ‘कृषि एम्बुलेन्स’
किसानका उत्पादनको बजारीकरण गर्न मस्र्याङ्दी गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आउने भएपछि किसान खुसी भएका छन् ।
अठार वर्ष विदेश, अन्ततः स्वदेशमै कृषि
बाँकेको खजुरा गाउँपालिका–२ का ४२ वर्षीय रेसमप्रसाद चपाईले १८ वर्षसम्म विदेशमा पसिना बगाउनुभयो तर सोचे जस्तो सफलता नभएपछि स्वदेश फर्केर कृषिमा लाग्नुभयो । अहिले भैँसीपालनमार्फत गाउँमै आत्मनिर्भर बन्नुभएको छ ।
पिपिए गर्न बोलाइयो तर अन्योलमै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले गत वैशाख ३० गते एक सार्वजनिक सूचनामार्फत ५४ जलविद्युत् आयोजना चयन गरी विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्न एक महिनाभित्र आवश्यक कागजात पेस गर्न भन्यो ।
नेपाल र साउदी अरबबिच श्रमिक लैजाने सम्झौता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबिच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ ।
अर्थतन्त्रका अधिकांश सूचक अब्बल
मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार आर्थिक अवस्था देखाउने राजस्व तथा खर्च, व्यापार, शोधनान्तर अवस्थासहित मौद्रिक अवस्था देखाउने कर्जा तथा निक्षेप परिचालन, मुद्रास्फीतिलगायतका सूचकमा उल्लेख्य सुधार पाइएको हो ।
‘भारत र चीनसँग विकास रणनीति’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत र चीनसँग समन्वय गरेर नेपालले विकास र व्यापारको नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।
महानगरमा सवारी प्रदूषण मापदण्डविपरीत
काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
बढ्यो डेङ्गु सङ्क्रमण
बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
खुल्दै छ आमाको नामबाट नागरिकता लिने बाटो
आमाको नामबाट पनि नागरिकता लिन पाउने व्यवस्थासहित प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
अध्यागमनबाट अवैध रूपमा बाहिरिए ७५ हजार भारतीय
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट भिजिट भिसाको आवरणमा भएको मानव तस्करीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा यही अध्यागमन प्रयोग गरी ठुलो सङ्ख्यामा भारतीय नागरिकसमेत तेस्रो मुलुक पुगेको पाइएको छ ।
सामूहिक हत्याको कारक जटिल मनोरोग
यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । भरतपुर महानगरपालिका–२५ निवासी लीलाराजले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।
घरघरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छः मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय तीन दिन बन्द
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् ।
दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको सङ्कट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।
दुई वटा विद्यालय बन्द भएपछि बिचल्लीमा बालबालिका
मालिका गाउँपालिकाका दुई विद्यालय बन्द भए पछि यहाँ अध्ययनरत बालबालिकाहरू बिचल्लीमा परेका छन् । मालिका गाउँपालिकाले अस्थायी कर्मचारी हटाउने निर्णय गरेका कारण यहाँका मालिका गाउँपालिका–२ दर्लिङ्गको शान्त समाज बाल विकास केन्द्र र वडा न ७ घमिरको बाँस खोला बाल विकास केन्द्र बन्द भएका हुन् ।
राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय बन्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय शिक्षाको हव हुने बताउनुभएको छ । यस विद्यालयको कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले मङ्गलवार जनकपुरधाममा आयोजित राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै सरकारले लक्ष्यअनुसार काम गर्ने र विश्वविद्यालय गुणस्तरीय बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस
सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् ।
कुकर पड्किँदा बालिका गम्भीर घाइते
खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको ताँजाकोट गाउँपालिका—५ पाँदा की दुरपता बोहोरा घाइते भएकी छिन । मङ्गलबार अपराह्न आफ्नै घरमा खाना उपकादै गर्दा कुकर पाट्कीएर कुकरमा भएका दाल अनुहारमा पर्दा घाइते भएकी हुन ।