• २९ जेठ २०८२, बिहिबार

मानसरोवर उत्कृष्ट

blog

हुम्ला समचारदाता

हुम्ला, जेठ २८ गते । कर्णाली प्रदेशस्तरीय प्रतिभा पहिचान प्रतियोगितामा सिमकोट गाउँपालिकाको मानसरोवर नमुना माध्यमिक विद्यालय प्रदेशमा उत्कृष्ट बनेको छ । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटा जिल्लाका विद्यालयको सहभागिता रहेको थियो । मानसरोवर माविका विज्ञान विषयका शिक्षक लोकेन्द्र चन्दका अनुसार विद्यार्थीले कार्बनडाइअक्साइडरहित उद्योगको नमुना प्रस्तुत गरेका थिए । 

यसै गरी, जुम्ला जिल्लाको कर्णाली मावि दोस्रो, सुर्खेतको सिद्धार्थ पाठशाला तेस्रो र  सल्यानको त्रिभुवन मावि चौथो भएका छन् । विजेता मानसरोवर माविका विद्यार्थीलाई सिमकोट विमानस्थलमा स्वागत गरिएको थियो ।