मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
आमालाई पोषिलो पिठो
मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित सिद्धकुमाख गाउँपालिकाले ‘अध्यक्ष पोषण कार्यक्रम’ अन्तर्गत ६५९ जना हजार दिने आमाहरूलाई पोषिलो पिठो वितरण गरेको छ ।
विष्फोटक पदार्थको व्यवस्था नहुँदा सडक निर्माण रोकियो
सिमकोट हिल्सा खण्डको सडकको विकल्पका रूपमा निर्माण सुरु भएको तुम्कोट रङ्गिफुङ हुँदै कोङगुम्वाबाट हिल्साम्मको सडकको निर्माणको काम रोकिएको छ ।
मालढुङ्गा-कुश्मीसेरा सडकको टाकुरी खण्ड कालोपत्र
मालढुङ्गादेखि दक्षिण बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजार जोड्ने सडक खण्डको टाकुरी खण्डमा कालोपत्र भएको छ ।
आफ्नो सफलताको कथा वाचन गर्दै रामधुनीका महिला
एकीकृत सामुदायिक विकास कार्यक्रममा आबद्ध भएपछि सुनसरीको रामधुनीका महिलाहरूले आफुले हासिल गरेको सफलताको कथाहरू सुनाएका छन् ।
लसुन खाएर विश्व कीर्तिमान
विश्व रेकर्ड अनेक छन् । कैलालीका भरत विष्टले ४२ वटा लसुनका पोटी एक मिनेटमा खाएर विश्व रेकर्ड बनाउनुभएको छ । घोडाघोरी नगरपालिका–२ (साबिक साढेपानी गाविस)का विष्टले २०७३ साल पुस १७ गते लसुन खाएर विश्व रेकर्ड राख्नुभएको हो ।
सामाजिक सञ्जालको प्रयोग र प्रभाव
सामाजिक सञ्जाल भन्नाले ती डिजिटल ‘प्ल्याटफर्म’ हुन् जुन इन्टरनेटको प्रयोगद्वारा व्यक्तिले आफ्नो विचार अभिव्यक्त गर्न, सूचना आदानप्रदान गर्न, व्यवसाय प्रवर्धन गर्न तथा साथीभाइसँग जोडिन सहयोग गर्दछ । यो विज्ञान र प्रविधिको
धरहरा चढ्दाको रमाइलो
गएको महिना म र बाबा धरहरा चढेका थियौँ । यो काठमाडौँको केन्द्र मानिने सुन्धारामा रहेको छ । नेपालमा मानवनिर्मित सबैभन्दा अग्लो संरचना नै धरहरा हो । धरहराको परिसरमा फराकिलो भूमिगत पार्किङ स्थल छ । सायद यो नेपालमै जमिनमुनि बनाएको सबैभन्दा फराकिलो पार्किङ स्थल पनि हो ।
पुस्तकालयले ल्याएको परिवर्तन
हाम्रो विद्यालयमा पुस्तकालय छ । म नियमित जसो पुस्तकालय जाने गर्दछु । विद्यालयको पुस्तकालयबाट पुस्तक पढेर मैले लिएका फाइदाबारे तपाईंहरूलाई केही अनुभव सुनाउन चाहन्छु ।
बढे पर्यटक, बढ्यो राजस्व
पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनले भक्तजनको सङ्ख्या र आम्दानीमा वृद्धि भएको छ । ४५० वर्ष पुरानो मन्दिरसम्म पुग्न केबुलकार निर्माण भएपछि भक्तालुको सङ्ख्यामा वृद्धि भएको मौलाकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुुभयो ।
एम्बुलेन्सविहीन अस्पताल
सदरमुकाम बेनीमा रहेको सरकारी अस्पतालमा पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एम्बुलेन्स नहुँदा बिरामी मर्कामा परेका छन् ।
अवैध गतिविधि रोक्न संयुक्त गस्ती
बर्दियाको राजापुर नगरपालिकाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न र जीर्ण बन्दै गएका सीमा पिल्लरको संरक्षण गर्न चासो देखाएको छ ।
कालीगण्डकी–तिनाउ डाइभर्सन, खारेज गर्न सरोकारवालाको माग
कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना खारेज गर्न चार जिल्लाका स्थानीय बासिन्दाले माग गरेका छन् । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका सरोकारवालाले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेज गर्न माग गरेका हुन् ।
हेवाखोलामा जोडिँदै बेलिब्रिज
मेची राजमार्गमा पर्ने हेवाखोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नु परेको हो । पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो
प्राथमिकतामा कृषि र पूर्वाधार
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम ल्याएको छ । नगरको १७ औँ अधिवेशनमा नगरप्रमुख नरुलाल चौधरीले कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता राख्दै सार्वजनिक गर्नुभएको हो ।
सधैँ बाध्यताको जोखिमपूर्ण यात्रा
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोलामा यात्रा गर्न उपयुक्त पदमार्ग नहुँदा जोखिम मोलेरै आउजाउ गर्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । गत वर्षको बर्खामा देउखोलास्थित भालुखाप्चेमा पहिरोले मुख्य पदमार्ग पूर्ण रूपले अवरुद्ध बनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा
भूकम्पको क्षति विवरणमै अल्झियो सरकार
भूकम्पले २०८० साल कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिमका हजारौँ परिवारको घर भत्काइदियो । डेढ वर्ष बितिसक्यो तर टहरा र त्रिपालमुनिको बासको अन्त्य भने हुन सकेको छैन ।
क्रसर उद्योगलाई जिससको निर्देशन, तीन दिनभित्र मापदण्डमा नआए कारबाही
मापदण्डविपरीत उत्खनन गरेको गुनासो आएपछि जिल्लामा सञ्चालित क्रसर उद्योगलाई मापदण्डमा आउन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले निर्देशन दिएको छ । मेलम्ची, इन्द्रावती क्षेत्रमा
प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक टेबुल
कर्णाली प्रदेश सभामा प्रदेश प्रज्ञा–प्रतिष्ठान विधेयक टेबुल गरिएको छ । सामाजिक विकासमन्त्री छैटौँ अधिवेशनको १३ औँ बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त विधेयक टेबुल गर्नुभएको हो ।
आत्मनिर्भर बन्दै कञ्चनपुरका कृषक
कञ्चनपुरका कृषक कृषि पेसाबाटै आत्मनिर्भर बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषकलक्षित विभिन्न अनुदानलगायतका कार्यक्रम सञ्चालन गर्दा कृषक आत्मनिर्भर बन्दै गएका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
पूर्वतयारीमा जुट्न आग्रह
कैलालीमा यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको आग्रह गरिएको छ ।
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।