हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती
यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् ।
झापामा पूर्ण स्तनपान गराउने आमा ५४ प्रतिशत
जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् । चालु आर्थिक वर्षको चैत सम्म गरिएको वृद्धि अनुगमन तथ्याङ्कअनुसार सो तथ्याङ्क फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।
तमोर नदीमा बेपत्ता भएका दुई शव फेला
ताप्लेजुङस्थित तमोर नदीले बगाएर बेपत्ता बनाएको दुई शव फेला परेको छ । प्रहरीका अनुसार तमोर नदीमा बेपत्ता एक बालिका र एक महिलाको शव फेला परेको हो ।
सामुदायिक रेडियोकर्मीलाई दुई दिने तालिम
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का सदस्यहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम सुरुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) बागमति प्रदेशको आयोजनामा सो तालिमको आयोजना गरिएको हो ।
चोरी भएको ट्रक फेला
मकवानपुर प्रहरीले चोरीको ट्रक फेला पारी सवारी धनीलाई बुझाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ बस्ने गणेश बरुवालको ना ६ ख ८५५ नं.को ट्रक पार्किङ गरी राखेको अवस्थामा यही जेठ १३ गते चोरी भएको थियो ।
जन्मनासाथ पाँच हजार, मृत्युपछि दश हजार
काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।
सामुदायिक विद्यालयलाई १३ करोड अनुदान
कपिलवस्तुको विजयनगर गाउँपालिकाका ११ सामुदायिक विद्यालयले १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । गाउँपालिकाले विद्यालयमा टिनको छानामुक्त बनाउने घोषणा अनुसार सङ्घीय सरकारबाट प्रति विद्यालय न्यूनतम १ करोड अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
कोलम्बियामा एनआरएनको शाखा गठन
कोलम्बियामा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ९२औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्थापना भएको छ । तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली चयन हुनुभएको छ ।
लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल
काठमाडौँ, जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताउनुभयो । महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताउनुभयो । “राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो”, उहाँले भन्नुभयो ।पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । “हाम्रोभित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले एमाले समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको भन्दै समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठनिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादलाई ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुपर्ने भन्दै समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने बताउनुभयो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष भूमिका सुब्बाले पार्टीका गतिविधि कला र संस्कृतिमार्फत जनसमक्ष प्रस्तुत गर्ने बताउनुभयो ।
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
कर्णाली सरकारको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । सरकारले बुधवार प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।
लन्डन दूतावासमा नेपाल पर्यटन प्रवर्धन साँझ
लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा शुक्रवार साँझ पर्यटन प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।
विदेश पठाइदिने भन्दै ११ करोड ठग्ने तिन जना पक्राउ
वैदेशिक रोजगारका लागि बेलायत पठाई दिन्छु भनी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखापत्र संस्थान र पिएसबी नेपालबिच सहकार्य गर्ने सम्झौता
गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रशारण नेपालबिच सूचना सन्देश साझा गर्नेगरी सातबुँदे सम्झौता भएको छ । संस्थान कार्यालयमा आज भएको छलफलपछि दुई संस्थाविच सो सहमति भएको हो ।
क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण गर्ने निर्णय
कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सोमबार यहाँ सम्पन्न भएको छ । प्रदेश विपत् परिषद्को सो बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो ।
राष्ट्रिय वाणिज्य बैँककाे शाखा कार्यालय ३०७ पुग्यो
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैँकको शाखा कार्यालयको सङ्ख्या तीन सय सात पुगेको छ ।
'बैँक तथा बित्तीय संस्था र व्यवसायीबिच सम्बन्ध सुमधुर हुनपर्छ'
नेपाल राष्ट्र बैँकका गर्भनर डा.विश्वनाथ पौडेलले बैँक तथा बित्तीय संस्था र व्यवसायीबिचमा सम्बन्धमा सुधारमा जोड दिनुभएको छ ।
‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताउनुभएको छ ।
रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला
रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो ।
काठमाडौँका इन्जिनियर कोइरी विरुद्ध चार करोड ५८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर
काठमाडौँ, जेठ २६ गते । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीले सेवाकलामा चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तिन रुपैयाँ अठासी पैसा पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ (साबिक नकटाझिज ६) स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका ४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । आरोपित कोइरीले काठमाडौँ महानगरपालिकाको कार्यालयमा २०४६ वैशाख १९ गते देखि सार्वजनिक पद धारण गरी २०७८ फागुन ३० गतेसम्म जागिर खाएका थिए । उक्त अवधिमा सात करोड छयानब्बे लाख छयहत्तर हजार आठ सय चार रुपियाँ तेइस पैसा आर्जन गरेको र ती मध्ये तिन करोड सैँतिस लाख उनासी हजार चार सय रुपैयाँ चौँतिस पैसाको मात्र स्रोत देखिएकाले बाँकी रकम भ्रष्टाचार गरेको भन्दै आयोगले बिगो मागदाबी सहित कारबाही गर्न मुद्दा दर्ता गरेको जनाएको छ ।
७२ जिल्लामा फैलियो डेङ्गु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
पर्यटन क्षेत्रको विकासले समृद्ध बन्दै कोशी प्रदेश
हरियाली चिया बगान, बगानको बिचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रङ्गीन घरसँगै रहेका विभिन्न मूर्तिहरू, नजिकै प्रतिकात्मक हवाइजहाज, वरिपरि पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइँचो । यो धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ४ स्थित संसारी माईस्थान सिमसार क्षेत्रको दृष्य हो । पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको संसारी माईस्थान अहिले आउने जो कोहीको मन सजिलै लोभ्याउँछ । धनकुटाको पाख्रिवास बजार नजिकै रहेका संसारी माईस्थान सिमसार क्षेत्र अहिले चर्चा र पर्यटकको रोजाइमा पर्ने गरेको छ । पाख्रिवास बजारबाट करिब ५ सय मिटर तल रहेको यो स्थानमा केही वर्ष अघिसम्म मानिसहरू दिउँसै जान पनि डराउँथे तर अहिले यो क्षेत्र पाख्रिबासको मुख्य पर्यटकिय गन्तव्य बन्न सफल भएको छ ।
वातावरणसम्बन्धी समाचार कभरेजमा गोरखापत्र अब्बल
अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २९) अवधिमा नेपाली सञ्चारमाध्यमले गरेको वातावरणसम्बन्धी समाचारको विश्लेषणमा सरकारी स्वामित्वको गोरखापत्र दैनिकले अरु निजी मिडियालाई समाचार प्रकाशनमा उछिनेको छ ।
प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्ने गरी स्थगित
निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।
भन्सार विधेयक २०८० स्वीकृत
राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।