• २७ जेठ २०८२, मङ्गलबार

सामुदायिक रेडियोकर्मीलाई दुई दिने तालिम

blog

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का सदस्यहरुको क्षमता अभिबृद्धिका लागि आयोजित तालिमको उदघाटनसत्रमा अतिथिहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २६ गते । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का सदस्यहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम सुरुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) बागमति प्रदेशको आयोजनामा सो तालिमको आयोजना गरिएको हो । 

सोमबारदेखि सुरुभएको तालिममा डा. रघु मैनाली, दीपक आचार्य, सुरेश श्रेष्ठ, सुमन बस्नेत, भुवन तिमिल्सिना, समीर बलामी, रत्न श्रेष्ठ, भक्त स्याङ्तानले प्रशिक्षण दिने आयोजक संस्थाका अध्यक्ष दीपक लामाले बताउनुभयो । 

तालिमको उदघाटन बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले आज गर्नुभयो । उहाँले पत्रकारको क्षमता बृद्धिका लागि बागमती प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । रेडियोकर्मीहरु समयअनुसार आफ्नो क्षमता बृद्धि गर्न आवश्यक रहेको र यस्ता तालिमले त्यसमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 


अकोराव बागमती प्रदेशका अध्यक्ष दिपक लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, अकोरावका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, पूर्व अध्यक्ष सुवास खतिवडा, पत्रकार कृष्णहरि घिमिरे, लेखनाथ श्रीकान्त लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

तालिममा बागमती प्रदेशका सबै जिल्लाबाट करिब ३० जना रेडियोकर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ ।