• २६ जेठ २०८२, सोमबार

विदेश पठाइदिने भन्दै ११ करोड ठग्ने तिन जना पक्राउ

blog

काठमाडौँ, जेठ २६ गते । वैदेशिक रोजगारका लागि बेलायत पठाई दिन्छु भनी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

महेश लिम्बूलाई मोरङ रतुवामाई १० स्थायी घर भई हाल काठमाडौँ ६ सरस्वतीनगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नपा १२ स्थायी घर भई हाल काठमाडौँ ३२ नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मालाई पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले  जानकारी दिनुभयो ।  

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाएको छ । उनीहरूले हाल सम्ममा ३८ जना पीडितहरूबाट एघार करोड छ लाख सन्तानब्बे हजार रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

त्यसै गरी वैदेशिक रोजगारीको लागि क्यानाडा पठाइ दिन्छु भनी ठगी गर्ने भक्तपुर नपा २ का ४४ वर्षीय रवीन्द्र वासुकलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । क्यानाडा पठाइ दिने भन्दै उनले पाँच लाख साठी हजार ठगी गरेको प्रहरीले जनाएको छ ।