• २७ जेठ २०८२, मङ्गलबार

चोरी भएको ट्रक फेला

blog

राममणि दाहाल

मकवानपुर, जेठ २६ गते । मकवानपुर प्रहरीले चोरीको ट्रक फेला पारी सवारी धनीलाई बुझाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ बस्ने गणेश बरुवालको ना ६ ख ८५५ नं.को ट्रक पार्किङ गरी राखेको अवस्थामा यही जेठ १३ गते चोरी भएको थियो । 

उक्त ट्रक अनुसन्धान तथा खोजतलास गर्ने क्रममा हेटौँडा ३ बसामाडीमा फेला पारी सवारी धनीलाई सोमबार बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त ट्रक चोरीमा संलग्न जिल्ला मकवानपुरको मकवानपुर गढी गाउँपालिका वडा नं. १  बस्ने वर्ष २७ को तीर्थमान भोलनलाई चोरी तथा डाँका मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


मकवानपुर प्रहरीले चोरी भएको ट्रक फेला पारी सवारी धनीलाई बुझाउँदै । तस्बिर: गोरखापत्र