काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैँकको शाखा कार्यालयको सङ्ख्या तिन सय सात पुगेको छ ।
पछिल्लो समय धनुषाको शाखा कार्यालय नगराइन, स्याङ्जाको शाखा कार्यालय बयरघारी, कञ्चनपुरको शाखा कार्यालय झलारी, कैलालीको शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौँको शाखा कार्यालय कपन, रूपन्देहीको शाखा कार्यालय सैनामैना, दाङको शाखा कार्यालय देउखुरी, गोरखाको शाखा कार्यालय पालुङटार र सर्लाहीको शाखा कार्यालय हरिवन शाखा कार्यालयहरू विस्तार गरी कारोबार शुभारम्भ गरेको बैँकले जनाएको छ ।
हाल बैँकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।