हर्मिचौर सडकले ल्याएको खुसी
निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्डको कालोपत्रे गर्ने काम भने कालिका कन्स्ट्रक्सनले सम्झौताभन्दा छ महिनाअगावै सम्पन्न गरेको छ ।
नेपालमै लिङ्ग परिवर्तन सफल
नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब नेपालमा पनि पहिलो पटक ट्रान्सजेन्डर (जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति) को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ ।
दीर्घकालीन समाधान खोज्दै सरकार
भनिन्छ, ‘कुनै देशको सार्वजनिक यातायात कस्तो छ भन्ने कुराको जवाफ ती देशका राजधानीमा कुद्ने मोटरसाइकलको सङ्ख्याले दिन्छ ।’
७० वर्षे उमेर हद असफल भइसक्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा ७० वर्षे उमेर हद असफल भइसकेको बताउनुभएको छ ।
बजेटमा चलखेल स्वीकार हुँदैन : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले असार १ गते आउने बजेटमा कसैबाट हुने चलखेल स्वीकार नहुने बताउनुभएको छ । उहाँले उपभोक्ता समितिबाट हुने विकासको काम पनि नहुने बताउनुभएको हो ।
कैलालीमा दुई पालिकाबिच सीमा विवाद
कैलालीका लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमा विवाद भएको छ । लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि सो विवाद आएको हो ।
दाताको नाममा विद्यालयको नाम कायम
शैक्षिक गुणस्तर सुधारका लागि भन्दै विद्यालयलाई दुई बिघा जमिन दान गर्ने दाताको नाममा विद्यालयको नाम कायम गरिएको छ । कैलारी गाउँपालिका –७ बसन्तामा रहेको विद्यालयको नाम राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरिएको हो ।
मोहन वैद्यको आइसियूमा उपचार हुँदै
क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ । अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले वैद्यको गत जेठ १५ गतेदेखि आइसीयूमा उपचार भइरहेको जानकारी दिनुभयो।
नेपालमा पहिलो पटक लिङ्ग परिवर्तन शल्यक्रिया
नेपालमा पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्लास्टिक सर्जरी विभागीय प्रमुख पाडा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोचोटी सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) सम्पन्न गरिएको जानकारी दिनुभयो ।
हर्मीचौर–बलेवा खण्डको निर्माण सम्पन्न
छिमेकी देश भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी काेरिडोरको बागलुङ खण्ड अवधिको ६ महिना अगाडि सम्पन्न भएको छ ।
नहरमा वृद्धाको शव फेला
मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा महिलाको शव फेला परेको छ ।
स्कुटर दुर्घटनामा एकको मृत्यु
कैलालीमा आज स्कुटर दुर्घटनामा परी धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको ज्यान गएको छ ।
लागुऔषधसहित पाँच जना पक्राउ
ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित खैरो हिरोइन, ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआइ नामक लागूऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने एक भारतीय नागरिक छन् ।
सडक पूर्वाधारको स्तरवृद्धि प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशको ११ वटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।
चार दिनदेखि बन्द कान्ती लोकपथ खुल्यो
चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा काठमाडौँ जोड्ने कान्ती लोकपथ आइतबारदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका –८ र ललितपुरको बागमती गाउँपालिका –२ बगुवा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गए राति सकिएकाले आइतबार विहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन: डा प्रकाशशरण महत
विसं. २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा. महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।
महिला घरमै लुटिइन
सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशलादेवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।
रारामा ज्योतिष सम्मेलन
मुगुको रारामा पहिलो पटक १९ औँ ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । राराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित जेठ २६ र २७ गते दुर्गम जिल्लामा ऐतिहासिक सम्मेलन हुन लागेको हो ।
श्री पद्म पुस्तकालय विगतदेखि वर्तमानसम्म
बन्दीपुर आफैँमा एक सुन्दर पहाडी बस्ती, बन्दीपुरको मुटु बन्दीपुर बजारको पूर्व कुनामा त्यस क्षेत्रकै प्रसिद्ध देवी विन्ध्यवासिनीको मन्दिर छ । त्यही मन्दिर रहेको भगवती चोकमै अर्को दुईतलेको ज्ञान र विज्ञानको देवीको
कुमाल समुदायलाई पुर्ख्यौली पेसा जोगाउन सकस
इस्मा गाउँपालिका–६ अमरपुरको बुल्मका ९० वर्षीय दल बहादुर कुमाल माटाका भाँडा बनाउने पुरानो कालिगड हुनुहुन्छ । त्यो उमेर र जोसमा डोकाभरी माटाका भाँडा बोकेर हप्ता दिन डुल्न सकिन्थ्यो । तत्कालीन समयमा दुई दिन हिँडेर भार्से पुगेपछि डोकाभरिका भाँडा बेच्दा रुप्पे पैसा पर्ने दल बहादुरले स्मरण गर्नुभयो । गाउँ भरी आरी, हाँडी, सुल्फा, घैँटा, पैनी, चिलिम लगायतका सामग्री बिक्थे ।
पशुका लागि नमुना अस्पताल
चितवनको भरतपुरमा पशुपक्षीका लागि विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लगानीमा आधुनिक भेटेरिनरी अस्पता
कोचलगाँडे लाटोकोसेरोको जोडी
सुनसरीको इनरुवा नगरपालिका ९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच वटा फूल पार्ने यसले रूख वा भवनको प्वालमा गुँड बनाउँछ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
लोमान्थाङ उपत्यकाबाट देखिएको हिमशृङ्खला
मुस्ताङ, जेठ २५ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको चरन क्षेत्र, सुख्खा पहाड र उत्तरतर्फको पृष्ठ भूमिमा रहेका हिमशृङ्खला । पृथक् भू–दृश्य अवलोकन गर्न पाउनु ऐतिहासिक लोमान्थाङको आकर्षण हो । तस्बिरः रासस