• २७ जेठ २०८२, मङ्गलबार

भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २७ गते । राष्ट्रिय सूचना आयोगको संयोजनमा आगामी भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइने भएको छ । 

यसका लागि आयोगका प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यको अध्यक्षतामा १० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मूल समारोह समितिमा आयोगका आयुक्त गगन विष्ट र दुर्गा भण्डारी पौडेल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहनुभएको छ । 

त्यस्तै नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, प्रदेश अनुगमन इकाईका संयोजक पनि सदस्य रहनुभएको छ । आयोगका सचिव दीर्घराज मेनाली समितिका सदस्यसचिव रहनुभएको छ । यसअघि पनि उक्त दिनलाई राष्ट्रिय सूचना दिवस मनाउने गरिएको थियो ।