• २६ जेठ २०८२, सोमबार

‘दुःख सुनाएर के काम’ सार्वजनिक

blog

काठमाडौँ , जेठ २६ गते । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक भएको छ । 

डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको गीतमा दीपक शर्माको सङ्गीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । गीत नमस्ते नेपाल डिजिटल स्टुडियोको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।  

कतिपय अवस्थामा मानिस बिरामी भएर अस्पतालमा छटपटिँदा आफ्नो नजिकको मान्छे खोज्छ तर त्यस्तोबेला कसैको साथ नपाउँदा कस्तो अवस्था आउँछ भन्ने कुरा गीतमा दर्शाउन खोजिएको गीतकार खतिवडाले बताउनुभयो । मानिसलाई स्वार्थी नबनौँ, अरूको सुखदुःखमा साथ दिऊँ भन्ने सन्देश पनि गीतमार्फत दिन खेजिएको छ ।