‘किसानको आम्दानी बढाउन सर्वपक्षीय सहकार्य आवश्यक’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि, पशुसेवा, मत्स्य र वन पैदावारबाट किसानको आम्दानी बढाउन सबै सरोकार पक्षले तत्परता देखाउनुपर्ने औँल्याउनुभएको छ ।
विद्यालय शुल्कमाथि छानबिन गरिँदै
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २२ वटा निजी विद्यालयको अनुगमनपछि कागजातको अध्ययन सुरु गरेको छ ।
नेपाली सेनाको प्रवक्तामा बस्नेत
नेपाली सेनाले सहायक रथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य ऐनको तयारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो ।
राष्ट्रिय सभामा बजेटसम्बन्धी छलफल सम्पन्न
राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सम्पन्न भएको छ ।
विद्यार्थी सङ्गठनको बन्धक बन्दै विश्वविद्यालय
विद्यार्थीको एउटा समूहले केही दिनअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्दै तिनै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरे । उनीहरूले विश्वविद्यालयको भौतिक सम्पत्तिमा तोडफोड र तालाबन्दी मात्रै गरेनन् केन्द्रीय पदाधिकारीलाई भौतिक आक्रमणको धम्कीसमेत दिए ।
मनोहरा खोला अतिक्रमण, डुबानको उच्च जोखिम
मनोहरा खोला मिच्ने क्रम तीव्र बनेसँगै ललितपुरको च्यासल र काठमाडौँको सुविधानगर डुबानको उच्च जोखिममा छन् ।
काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ
झापा, जेठ २३ गते । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल झापाको कन्काई नगरपालिका(८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो ।भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उहाँको भनाइ छ । प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक छ’: उपप्रमुख डङ्गोल
काठमाडौँ, जेठ २३ गते । काठमाडौँ महानगरपलिकाले अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरूको पालना सन्तोषजनक रहेको जनाएको छ । अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा कामपा उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले निर्देशन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको बताउनुभयो । समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिँदै उहाँले उक्त जानकारी गराउनुभयो ।चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डङ्गोलले नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदूषणमुक्त हुनुपर्नेलगायतका निर्देशन दिनुभएको थियो । भौतिक पूर्वाधार निर्माण गर्दा अकासे पानी सङ्कलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सिसीटिभी क्यामेरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेस गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रूपमा विद्युतीय प्रणालीमात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेस गर्ने, बेरुजु फछ्र्योटको कार्ययोजना बनाउनेलगायत विषयमा निर्देशन दिनुभएको थियो । विगत अनुगमनको समीक्षा गर्दै उहाँले भन्नुभयो, “बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित कामपाले हेर्नुपर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौँ । अनुगमन जुन टोलीले गरे पनि त्यसको प्रतिवेदन समितिमा पेस गर्नुपर्छ ।” अवस्था र आवश्यकतामा कुरा गर्दै उहाँले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई भन्नुभयो, “केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।” सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उहाँले विषयगत समितिका सदस्य सचिवहरूलाई प्रतिवेदन पेस गर्न र यसअघिका आर्थिक वर्षहरूको एकीकृत प्रतिवेदन पेस गर्न पनि निर्देशन दिनुभएको छ ।
चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ: मन्त्री पाण्डे
नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नुभयो ।
सामाजिक सुरक्षा कोषमा समेट्न करार कर्मचारीको माग
कर्णाली प्रदेशमा कार्यरत करार सेवाका सवारी चालकहरुले सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने माग गर्दै नौ बुँदै मागपत्र बुझाएका छन् ।
परराष्ट्रमन्त्री राणाद्वारा बेहडाबाबा दर्शन
सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले दर्शन गर्नु भएको छ । कैलालीको धनगढी–१६, रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा शुक्रवार पुग्नु भएको हो ।
अब वैद्यखानाले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्दै
सिंहदरबार वैद्यखाना विकास समितिले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने भएको छ । वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले ‘प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२’ सार्वजनिक गर्दै सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभएको हो ।
द्वन्द्व प्रभावितको न्यायका लागि दक्षिण एसियाका अधिकारकर्मीको जोड
दक्षिण एसियाका अधिकारकर्मीले द्वन्द्व प्रभावितले न्याय पाउनुपर्नेमा जोड दिएका छन् । वुमन्स पोलिटिकल एकेडेमी र जागरण नेपालद्वारा काठमाडौँमा आयोजित ‘महिला, शान्ति र सुरक्षा: दक्षिण एसियाली अनुभवहरू’ विषयक कार्यक्रममा नेपाल, श्रीलङ्का, भारत लगायतका अधिकारकर्मीले सो विषयमा जोड दिएका हुन् ।
मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषि र शिक्षालाई प्राथमिकतामा
मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तर्गत शुक्रवार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८२-०८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
सरकारी सञ्चारमाध्यम आत्मनिर्भर बन्नुपर्छ: मन्त्री गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चार माध्यमहरू प्रतिस्पर्धी र आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ ।
‘चालु अधिवेशनबाटै शिक्षा र निजामती ऐन जारी हुन्छ’: मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा ऐन र निजामती सेवा ऐन जारी हुने बताउनुभएको थियो । कोशी प्रदेशमा रहेका समाचार संस्थाहरूका अनुगमका लागि विराटनगर विमानस्थलस्थित संञ्चारकर्मीहरुको प्रश्नमा यही अधिवेशनबाट यी दुई ऐन आउने दाबी गर्नुभएको हो ।
असारे खेतीलाई सिँचाइ गर्न कुलो बनाउन व्यस्त किसान
खेतीको सिजन आउन थालेपछि खेतसम्म सिचाई पुर्याउनको लागि गाउँ गाउँबाट किसानहरू झरालीमा उठेका छन् । दाङका किसानहरु घरघरबाट हातमा कोदाली, फरुवा बोकेर यति बेला झरालीमा उठेका हुन ।
तारकेश्वरमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते
काठमाडौँको तारकेश्वर नगरपालिका ३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
बाम्का बजारमा भीषण आगलागी
बाजुराको बुढीगङ्गा नगरपालिका –६ को बाम्का बजारमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब चार बजे बाम्का स्थित नवदुर्गा हाटेलमा राखेको ग्याँस सिलिन्डर पट्किँदा आगलागी भएको हो ।
जनकपुरधामको कला संस्कृतिको ऐतिहासिक महत्त्व छ: सभापति देउवा
पाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जगत् जननी जानकी जन्मेको पवित्र भूमि जनकपुरधामको कला संस्कृतिको ऐतिहासिक महत्त्व रहेको भन्दै यसको प्रचार प्रसार हुनु पर्ने बताउनु भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निमार्ण भएको मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
लेखा नियन्त्रकलाई लेखा समितिमा बोलाउने निर्णय
बागमती प्रदेशको चालु आर्थिक वर्ष २०८१-०८२ को बजेट खर्चमा बेथिति बढ्दै गएको भन्दै प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रदेश लेखा नियन्त्रकलाई समितिको बैठकमा बोलाउने भएको छ ।
विनयी खोलाको डाइभर्सन बगाएपछि यातायात ठप्प
पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व ( नवलपुरको ) विनयी त्रिवेणी गाउँपालिकाको दुम्किवास स्थित विनयी खोलामा एक्कासि बाढी आउँदा सवारी आवागमन बन्द भएको छ ।
पत्रकार हुँ भन्दै धम्क्याउने भट्टविरुद्ध एक करोड १५ लाखको भ्रष्टाचार मुद्दा
रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टविरुद्ध एक करोड १५ लाख चार हजार १११ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।