टिङ्कर सडकमा न्यून बजेट दिएको भन्दै ज्ञापनपत्र
महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१, तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले विरोध प्रदर्शन गरेको छ ।
राजनीति छाडेर सिस्नो बेच्दै माओवादी नेता
नौगाड गाउँपालिका–१, दार्चुला सल्लाका ललितसिंह ठगुन्ना पुराना राजनीतिकर्मी हुनुहुन्छ । अहिले उहाँले राजनीति छोडेर व्यवसायमा लाग्नुभएको छ । उहाँले राजनीतिलाई भन्दा आफ्नो व्यवसायलाई प्राथमिकतामा राख्नुभएको छ । सो व्यवसायबाट उहाँले वार्षिक लाखौँ रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
पूर्वाधार, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले पुराना कार्यक्रमको निरन्तरतासँगै केही नयाँ नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।
जङ्गलमा राखिएका काठ कुहिँदै
मुगु जिल्लाको सदरमुकाम गमगडीदेखि हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाको सलीसल्लासम्मको सडक खन्ने क्रममा कटानी भएको काठ कुहिने अवस्थामा पुगेको छ ।
डाँडागाउँमा ‘एक घर, एक धारा’
मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।
कोशीमा डल्फिनको सङ्ख्या वृद्धि
सप्तकोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । चार दिनसम्म गरिएको गणनाले सप्तकोशी नदीमा डल्फिनको सङ्ख्या वृद्धि भएको पुष्टि गरेको हो ।
सेनाको अगुवाइमा संयुक्त अभ्यास
“गुहार गुहार हाम्रो मान्छे बगायो । लौन उद्धार गरिदिनुप¥यो,” नारायणी नदीछेउका बासिन्दा गुहार माग्दै छन् । आकाशबाट गड्याङगुडुङ गर्दै पानी परिरहेको छ । लगातारको वर्षाले नारायणी नदीमा बाढी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
सञ्चारमन्त्री गुरुङ विराटनगरमा, गोरखापत्र कार्यालयको निरीक्षण गर्नुहुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार गोरखापत्र संस्थानको पूर्व क्षेत्र प्रकाशन विराटनगर कार्यालयको निरीक्षण गर्नुहुने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
ऊर्जा लक्ष्यमा लगानी
नेपाल जलसम्पदामा ब्राजिलपछि दोस्रो धनी मुलुक भन्दै पढेको दशकौँ भइसकेको छ ।
प्लास्टिक प्रदूषण नियन्त्रण रणनीति
प्रविधिगत विकासले मानवीय जीवनमा अनगन्ती सुविधा उपलब्ध गराएको छ ।
एसटिआईलाई रणनीतिक प्राथमिकता
नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा विज्ञान, प्रविधि र नवप्रवर्तन (एसटिआई) लाई रणनीतिक प्राथमिकता दिइएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा नयाँ सिद्धान्त
भ्रष्टाचार मुद्दामा बिगो कायम गर्दा प्रतिवादीसँग सम्बन्धित बैङ्क खातामा जति रकम छ, त्यतिलाई मात्र उल्लेख गर्नु पर्छ भन्ने सर्वोच्च अदालतको नजिरले संशय उत्पन्न गरिरहेको थियो । २०७१ सालदेखि लागु भएको यो नजिर सर्वोच्च अदालतले हालै अमान्य घोषणा गरिदिएको छ । साँच्चै नै भ्रष्टाचारीलाई फाइदा हुने गरी आएको त्यो नजिर झन्डै ११ वर्षसम्म कायम रह्यो । त्यो नजिर अमान्य भएपछि अब आरोपीसँग सम्बन्धित बैङ्क खातामा तत्काल रहेको रकम मात्र गणना हुने होइन कि
स्वचालित सरुवा प्रणाली
सार्वजनिक प्रशासन भन्नाले सार्वजनिक हितका लागि सञ्चालन गरिने प्रशासनिक व्यवस्थालाई जनाउँछ ।
‘लाज शरणम्’ सय दिनमा
कुमार कट्टेल (जिग्री) निर्देशित चलचित्र चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ ।
टिकटक हुँदै चलचित्रमा
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ निवासी दीपा शाहीले टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्नुभएको छ । छोटो समयमा एक सय बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाउन सफल दीपाले दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा : अवतार’ मा पहिलो पटक अभिनय गर्नुभएको छ ।
संस्कृति पुस्तान्तरणसम्बन्धी प्रशिक्षण
तामाङ संस्कार, संस्कृति पुस्तान्तरण गर्ने लक्ष्यसहित काठमाडौँमा बिहीबारदेखि पाँचदिने तम्बासम्बन्धी प्रशिक्षण तथा सम्मेलन सुरु भएको छ ।
केराको बिमा रकम पाएनन् किसानले
यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो ।
विद्युत् आपूर्ति रोक्ने चेतावनी
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता ‘टेक एन्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधान अनुसार गर्ने घोषणाविरुद्ध ऊर्जा उत्पादकले चरणबद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।
कालो बेसारको खेती
सल्यानमा कालो बेसारको खेती सुरु भएको छ । औषधीय गुण हुने भएकाले पछिल्लो समय यहाँका केही किसानले कालो बेसारको खेती सुरु गरेका हुन् ।
बढ्यो वैदेशिक रोजगारीमा ठगी
वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्म ठगीका नौ हजार ८६६ उजुरी दर्ता भएका छन् ।
सोलार परियोजना सुरु
चङ्खेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र शुभकालिका गाउँपालिकाको संयुक्त लगानीमा एक सय किलोवाटको सोलार मिनी ग्रिड परियोजना निर्माण भएको छ ।
आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।