• २४ जेठ २०८२, शनिबार

टिकटक हुँदै चलचित्रमा

blog

मुसीकोट समाचारदाता 

रुकुमपश्चिम, जेठ २३ गते ।  रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ निवासी दीपा शाहीले टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्नुभएको छ ।

छोटो समयमा एक सय बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाउन सफल दीपाले दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा : अवतार’ मा पहिलो पटक अभिनय गर्नुभएको छ । राजेश हमाललगायतका कलाकारसँग अभिनय गर्न पाउनु आफ्नो ठुलो अवसर भएको दीपाले बताउनुभयो ।

टिकटकबाट चर्चामा आएर म्युजिक भिडियोमा तानिनुभएकी दीपाले ‘कस्ती थिएँ कस्ती भएँ, कर्णाली–कर्णालीतिर, एक नजरमै फिदा भएँ म, डाँडापारि, मेरी भुपू मायालु, जाउँ साइँली बेनी बजार, लजाउने हैछौ नि, मायाको रोग’ लगायतका चर्चित गीतमा उत्कृष्ट अभिनय गर्नुभएको छ । 

म्युजिक भिडियोमा पाएको सफलतापछि चलचित्रमा अभिनयका लागि प्रस्ताव आएको उहाँले बताउनुभयो । दीपालाई अहिले चलचित्र र म्युजिक भिडियोमा थुप्रै प्रस्ताव आउने गरेका छन् ।