आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।
भैरहवा सेजमा गार्मेन्ट उद्योग शिलान्यास
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा डेढ अर्बको लागतमा गार्मेन्ट उद्योगको निर्माण सुरु भएको छ । व्यावसायिक घराना भाटभटेनी सुपरमार्केटको लगानीमा उद्योग निर्माण थालिएको हो । उद्योगमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ तथा उमेश श्रेष्ठसहितको समूहले लगानी गरेको छ ।
उत्पादन बढाउन बजेट केन्द्रित
सरकारको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा राष्ट्रिय सभाका सदस्य सत्तापक्ष र विपक्षमा विभाजित भएका छन् । सत्तापक्षका सदस्यले बजेट उत्पादन बढाउने, रोजगारी सिर्जना गरेर समृद्धि हासिल हुनेमा केन्द्रित भएको बताउनुभएको छ । सत्ताइतरका सदस्यले भने बिचौलिया र पुँजीवादलाई प्रश्रय दिने बजेट आएको टिप्प्णी गर्नुभयो ।
कृषिसम्बन्धी जिज्ञासामा ‘कनेक्ट किसान एआई’
‘कनेक्ट किसान’ को कृत्रिम बौद्धिकता (एआई) सल्लाह प्रणालीको क्षमता परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ ।
चार परियोजनाको लगानी स्वीकृत, यस्तो हुने छ मुक्तिनाथ केबुलकार
लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको ६४ औँ बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्वप्रम नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, मागदाबी यस्तो छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदभन्दा बढी जग्गा किन्न, बेच्न तथा सट्टापट्टा गर्न अनुमति दिएको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपियाँ बिगो दाबी तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ ।
राजधानी जोड्ने विकल्प बन्दै
मुलुकका अन्य भू–भागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौँतर्फको कालोपत्र सम्पन्न भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी घिमिरेलाई
काठमाडौँ, जेठ २२ गते । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ ।
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटक
म्याग्दी, जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु । पछिल्लो समय अन्नपूर्ण आधार शिविरमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः रासस
भिजिट भिसा प्रकरण छानबिन गर्न सरकार तयार नभएसम्म संसद् खुल्दैन: माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने टिप्पणी गर्नुभएको छ ।
युएई जाने नेपाली श्रमिकको तलब कम्तीमा एक हजार दिराम
काठमाडौँ, जेठ २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताउनुभयो । उहाँले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताउनुभयो । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने बताइएको छ । “युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलुक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
‘प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी’
वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
विपद्को पूर्वतयारी : के भन्छन् विज्ञ ?
यस वर्ष विपद्को जोखिम थप बढेको भए पनि पूर्वतयारी भने निकै फितलो देखिएको सरोकारवालाको भनाइ छ ।
संसद्को गतिरोध अन्त्य गर्न प्रतिपक्षीलाई जिम्मेवार बन्न एमाले प्रमुख सचेतकको आग्रह
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
राजावादी आन्दोलनको कुनै अर्थ छैनः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजावादीहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाः विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित
केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभयो ।
गृह मन्त्रालयको कर्मचारी भन्दै धम्काउने पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरीलाईनै धम्की दिने एक जनालाई पक्राउ गरेको छ । नैनादेवी गाउँपालिका ७ पाल्पा घर भई हाल नक्साल बसोबास गर्ने ५७ वर्षीय भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सबै पार्टी र सबै नेताहरू एकै हुन् भन्नु नै गलत: सञ्चार मन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सबै पार्टी र नेताहरू एकै हुन् भन्ने गलत भाष्य निर्माण गर्न नहुने बताउनुभएको छ ।
गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास
धादिङको ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । करिब १२ करोड ३५ लाख रुपियाँको लागतमा निर्माण हुन लागिएको उक्त भवनको बिहीबार शिलान्यास गरिएको हो ।
गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणले बिहीबार प्यालेस्टिनी क्षेत्रमा कम्तीमा १० जनाको ज्यान लिएको तथा सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
सात वर्षदेखि अलपत्र पुलको काम सुरु
सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि अहिले सम्पर्कमा आएर काम सुरु गरेको हो ।