• २३ जेठ २०८२, शुक्रबार

गृह मन्त्रालयको कर्मचारी भन्दै धम्काउने पक्राउ

blog

काठमाडौँ, जेठ २२ गते । गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरीलाईनै धम्की दिने एक जनालाई पक्राउ गरेको छ । नैनादेवी गाउँपालिका ७ पाल्पा घर भई हाल नक्साल बसोवास गर्ने ५७ वर्षीय भक्तबहादुर रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौँ नक्सालबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।