• १२ पुस २०८२, शनिबार

कलाकार टोली बने सत्यनारायण बहादुर स्मृति फुटसल च्याम्पियन

blog

सत्यनारायण बहादुर श्रेष्ठ स्मृति फुटसलखेलमा च्यापिएन टोली उपाधि उचाल्दै ।

गोरखापत्र समाचारदाता

काठमाडौँ,  पुस १२ गते । ललितपुर महानगरपालका वडा १६ कलाकार समितिले शनिबार राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मैदानमै पुगेर फाइनल खेल अवलोकन गर्नुभएको थियो । फाइनलको निर्धारीत समयको खेल १–१ ले बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । निर्धारित समयमा कलाकार टिमका युजेश श्रेष्ठ र लोकेश लिम्बुले गोल गर्नुभयो ।  


सो प्रतियोगितामा विजेता टिमका युजेश नौ गोलसहित सर्वाधिक गोकलर्ता बन्नुभयो । यसैगरी एभिएमका नवीन महर्जन उत्कृष्ट गोलरक्षक र फोटो पत्रकार टिमका लोकेश सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो ।

प्रतियोगिताअन्तर्गत नेवाः पत्रकार राष्ट्रिय दबू र नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरबिच महिलामैत्री फुटसल खेल पनि खेलिएको थियो । जसमा ललितपुरको महिला पत्रकार टिम टाइब्रेकरमा २–१ ले विजयी भएको थियो ।