गाजामा इजरायली हमलामा १० जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणले बिहीबार प्यालेस्टिनी क्षेत्रमा कम्तीमा १० जनाको ज्यान लिएको तथा सेनाले तीव्र आक्रमण जारी राखेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।
सात वर्षदेखि अलपत्र पुलको काम सुरु
सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि अहिले सम्पर्कमा आएर काम सुरु गरेको हो ।
सवारी दुर्घटना न्यूनीकरण लागि ट्राफिक सचेतना सप्ताह सुरु
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सडक अनुशासन पालन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि बिहीबारबाट ट्राफिक सचेतना सप्ताह सुरु गरेको छ ।
१३ औँ राष्ट्रपतिकपको उपाधि गल्याङ नगरपालिकालाई
१३ औँ राष्ट्रपतिकप खेलकुद प्रतियोगिताको उपाधि गल्याङ नगरपालिकाले जितेको छ । गल्याङले १६ स्वर्ण, छ रजत र सात कास्य पदक ल्याउँदै पहिलो भएको हो ।
सकियो 'धुले मेला'
वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरूको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य बिधि सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो ।
टिङ्कर सडकमा न्यून बजेट विनियोजन भएकाेविरुद्ध कांग्रेसकाे प्रदर्शन
महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको ब्याँस गाउँपालिका–१ तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएका छन् ।
उत्कृष्ट उद्यमी सम्मानित
उद्यम व्यवसायमा आकर्षित गर्न तनहुँको म्याग्दे गाउँपालिकाले २० उत्कृष्ट उद्यमीलाई ५० हजार नगद सहित सम्मान तथा पुरस्कृत गरेको छ ।
गौरीफन्टा नाका व्यवस्थित गर्न परराष्ट्रमन्त्री डा. राणाकाे पहल
नेपाल-भारत सीमा क्षेत्र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न पहल गर्ने परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बताउनुभएको छ ।
'सफा मर्स्याङ्दी' अभियान सञ्चालन
विश्व वातावरण दिवसको अवसरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ‘सफा मर्स्याङ्दी अभियान’ सञ्चालन गरेको छ ।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
दाउन्नेको यात्रा सकसपूर्ण : हल्का पानी पर्दा सडक अवरुद्ध
बर्दघाटबाट दुम्कीवास आउजाउ गर्न १२ घण्टासम्म जाममा बस्नु परेको यात्रुले गुनासो गरेका छन् । शुक्रबार त्रिवेणीबाट नवलपुर सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउ र बर्दघाट फर्कन १२ घण्टासम्म समय लागेको बताउनुभयो ।
सप्तकोशीमा दुर्लभ डल्फिनको सङ्ख्यामा वृद्धि
सप्तकोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । चार दिनसम्म गरिएको गणनाले सप्तनदीमा डल्फिनको संख्या वृद्धि भएको पुष्टि गरेको हो ।
चेतना र सामाजिक उत्तरदायित्व विकास गर्न चलचित्र साक्षरता कार्यक्रम
सिनेमा शिक्षाको माध्यमबाट विद्यार्थीमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले चलचित्र साक्षरता कार्यक्रम गरिएकाे छ ।
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो ।
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।
इलाका प्रशासनबाट नागरिकता वितरण अझै सहज बनाइने
गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रियालाई अझै सहज बनाउन लागिएको बताउनु भएको छ ।
‘जैविक विविधताको संरक्षण र पर्यावरण सन्तुलनमा सहयोग र सहकार्य आवश्यक’
सुदूरपश्चिम प्रदेशस्थित पहाडी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रको जैविक विविधता संरक्षणसहित वनस्पति तथा वन्यजन्तुको अवैध चोरी निकासी नियन्त्रणका लागि सम्बद्ध क्षेत्रका अधिकारीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मौसमजन्य विपद् व्यवस्थापनमा आवश्यक बजेट हुन्छ : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले उद्धार कार्यका लागि आवश्यक उपकरणहरू खरिदमा प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।
कांग्रेस सभापति देउवा धनुषा आउनुहुँदै
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज धनुषा जिल्ला आउन लाग्नुभएको छ । उहाँले जिल्लाको दुई कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहको पहल
वर्षातको समयमा हुनसक्ने सम्भावित विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउन सल्यानको कालिमाटी गाउँपालिकाले अपिल गरेको छ ।
सफलताको निम्ति परिश्रम
हरेक वर्षले नयाँ अवसर लिएर आउँछ तर के हामीले ती अवसर पूरा उपयोग गर्न सक्यौँ त ?
छात्रवृत्तिको चाहना
हरेक वर्ष एउटा कक्षाबाट अर्को कक्षामा जाँदा नयाँ नयाँ योजना बुनिँदो रहेछ ।
पढ्न र सिक्न लगनशील बनौँ
लक्ष्यबिना मानिसको जीवन अधुरो हुन्छ । प्रत्येक मानिसले आफ्नो जीवनको लक्ष्य पूरा गर्नका लागि विभिन्न योजना बनाएका हुन्छन् ।
वास्तुकलाले ढपक्कै बन्दीपुर
निलो सफा सुग्घर आकाश । मुन्तिर अग्ला होचा चोटिला हिमशृङ्खला । अझ मुन्तिर गाढा हरिया पर्वतहरूको लाम अनि यसैमाथि बसेको मनमोहक बन्दीपुर । बन्दीपुरको मनोरम दृश्यलाई मनभित्रै राखिराख्न