• २३ जेठ २०८२, शुक्रबार

बन्दीपुर वशेष

वास्तुकलाले ढपक्कै बन्दीपुर

blog

निलो सफा सुग्घर आकाश । मुन्तिर अग्ला होचा चोटिला हिमशृङ्खला । अझ मुन्तिर गाढा हरिया पर्वतहरूको लाम अनि यसैमाथि बसेको मनमोहक बन्दीपुर । बन्दीपुरको मनोरम दृश्यलाई मनभित्रै राखिराख्न अवसर चाहिँ मधुपर्कले जुराइदियो । गत फागुनमा आँखामा मधुपर्क हृदयमा बन्दीपुर नामक राष्ट्रिय सिर्जना सम्मेलन हुँदाका बखतमा बगुन्द्रो सर्जकहरूका बिच स्वच्छ, सफा अनि शान्त वातावरणमा डुबुल्की मार्न अवसर मिलेको हो । बन्दीपुरलाई पहाड कि रानी भनिँदो रहेछ । यहाँ आएपछि थाहा भयो । नभन्दै हो पनि रहेछ । एकाबिहानै सुनसान शान्त बजार, होहल्ला कतै भागे जस्तो, चिसो शीतल मन्द मन्द हावाको झोँक्काले मन नै प्रफुल्लित हुँदा चाहिँ सबैले भन्ने गरेको यो संस्कृति अनि प्राकृतिक सौन्दर्यको सङ्गम नै रहेछ । प्रकृतिको प्राकृतिक बनोट समुदाय स्वयंले बनाएको संरचना लोभलाग्दो रहेछ । यहाँ आएपछि नै अनुभूत भयो । । 

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले भन्दै थिए, “मधुपर्क कोठाभित्र मात्रै ज्यादै बस्यो । यो कार्यव्रmम भनेको चाहिँ यसलाई बाहिर आममान्छेकहाँ लान खोजेको हो ।” यसो गर्न धेरैले खोजेका थिए तर भएको चाहिँ यो पहिलो पल्ट रे । बिहानै, मध्यान्न चर्को घामको बेला अनि झमक्कै साँझ परेदेखि बेलुकासम्म किसिम किसिमका कविता, गजल, पाठ भइरहँदा पनि मज्जा नै आउँदो रहेछ । कोठाभित्र, सडकमा, केबुल कार चडेपछि थकाइ मार्न बस्दाखेरि, जहीँ तहीँ गजल वाचन हुँदा, भइरहँदा पनि पुनर्ताजगी नै हुने रहेछ । आनन्दविभोर हुने यो वातावरण मधुपर्कले बनाइदिएको यो अनौठो तर स्वादिलो कार्यव्रmम थियो भनेर भन्दा, सुन्दा, कुरा गर्दा सबै जसोले यस्तै महसुस गरेका रहेछन् । साहित्यलाई आम जनता माझ पु¥याउने यो जमर्कोले मधुपर्क हामी सबैको हो । यसलाई माया गरौँ भन्ने पनि हो रे । हो जस्तो पनि लाग्यो । 

विसं २०२५ ताका सदरमुकाम सरेर दमौली पुगेथ्यो रे । बन्दीपुर सुनसान बन्दा डेड–सिटी अर्थात् मृत–सहर बनेको थियो भन्दा रहेछन् । २०५० साल सम्मको कुरा हो यो । यसलाई घोस्ट–भिलेज, भूतको गाउँ भनेर सबैले चर्को स्वरमा पनि भन्थे रे । पछि भक्तपुर र काठमाडौँ पुगेका नेवारहरू घरै फर्केर आएपछि २०६३ सालतिर यो नगर पुनः जुरुक्क उठेको रे । यसलाई बन्दीपुर पुनः जुर्मुराएर जिउँदो इतिहास बनेको हो भन्दा रहेछन् । यिनीहरू अनि यहीँ, कतै नगई बस्ने बासिन्दाले यसलाई मलजल गरे । अनि यस्तो ठाउँ बनाए । अहिले नेपालकै गनेचुनेको पर्यटन केन्द्रमध्ये एक बन्न पुगेको छ । अहिले त प्याराग्लाइडिङ, हाइकिङ,  बाइसाक्लिङ लेन, वाटर पर्यटन, रक क्लाइम्बिङ आदिइत्यादि थुप्रै कुरा भइसकेको रहेछ । घुम्न जानेका लागि, स्वदेशी विदेशी पर्यटकका लागि प्रयाप्त सम्भावना भएको बन्दीपुरलाई सबै जसोको गन्तव्यका रूपमा प्रख्यात भएको रहेछ । 

आकासमा उड्दै पानीको वेगसँग रमाउँदै कडा चट्टानमा फूर्तिका साथ चड्दै आनन्द लिने प्रचलन आज विश्वमा निक्कै बढ्दै गएको पनि छ । यही आनन्दको मुहानलाई यहाँ खोतलेर राखेका पनि रहेछन् । विदेशी पर्यटकका लागि त यो अपरिहार्य रमाइलो गर्ने साधन भएको पनि रहेछ । अर्को कुरा यो पनि एक प्रकार कलात्मक काम हो । कलाको चाहिँ हरेक पाटा पाटा फैलिँदै गर्दा, आफैँलाई आफूबाटै आनन्द लिने हेर्ने दशर्कका लागि आनन्द दिने यो पनि कला नै हो । भन्दाखेरि कलाको शास्वत रूप झ्वाट्ट देखिँदा चाहिँ यहाँका पुराना बाँचिरहेको वास्तुकला नै देखिँदो रहेछ । एकातर्फ आधुनिकताको झल्को अनि अर्कोतिर ध्यानको समागमन पनि घतलाग्दो नै रहेछ । सदियौँदेखि पूर्वीय परम्परामा रहँदै आएको ध्यान अनि प्रकृतिको वरदान, समग्रमा यहाँ अलौकिक आनन्द महसुस हुनु, यो पनि एउटा कारण रहेछ । शान्त वातावरण भइदिनाले पनि यो ठाउँ पर्यटकका लागि स्वर्ग जस्तो बनेको रहेछ । अनि यसो भनिँदो पनि रहेछ । यो त प्रकृतिले प्रदत्त गरेको ठाउँ हो । अनि समुदायको स्वतःस्फूर्त जागरण सबै मिल्दाको प्रतिफल नै हो । बर्सौंदेखि बाँचिरहेको स्वागत सत्कार गर्ने परम्परा अनि संस्कृतिको एउटा अलग्गै पाटो । सबै मिल्दा त साँच्चै नै स्मणीय ठाउँ जस्तो पनि लाग्दो रहेछ । 

कमै प्रसङ्ग उठ्न गएको ललितकलाका दृष्टिले पनि यो गजबको ठाउँ रहेछ । त्यहाँ पुगेपछि थाहा भयो । गएको चार पाँच सय वर्षअघिदेखिको निरन्तरता कायम हँुदै आएको नेपाली मौलिक–संस्कृति र संस्कार, जात्रा, चाडपर्व, कला र वास्तुकला नै सबैलाई आकर्षण गर्ने ठाउँ बनेको रहेछ । त्यहाँ पुगेर थाहा भयो । उपत्यकाभित्र मात्रै कलात्मक मठमन्दिर हुन्थ भन्ने सुनिन्थ्यो । अनि अनेकौँ पर्व उपत्यकाभित्र मनाइरहँदा उपत्यकाभित्र मात्रै यस्तो हुँदो हो जस्तो लाग्दथ्यो । बन्दीपुरले यो कुरा झुटो साबित गरिदिएको भान हुन्छ । किनभने यस्तै प्रकृतिका कला र संस्कृति यहाँ पनि जुर्मुराएको देखिँदो रहेछ । 

नेपालमा सन् १८५० पछि (जङ्गबहादुरको बेलायत यात्रा) नेपाली वास्तुकलामा पश्चिमी कलाको फ्युजनमा नयाँ स्वरूप देखा परेको थियो । यसैको एउटा सानो अंश यहाँ पनि देखिँदा वास्तुकलाकै पनि अभूतपूर्व स्वरूपको अनुभूत पनि हुँदो रहेछ । यो चाहिँ एक प्रकारको संरक्षण भई कलाका रूपमा बसेको देखिँदो रहेछ । मूल बजारदेखि बाहिर चाहिँ आजको आधुनिक वास्तुकलाले धपक्कै छेकिबस्दा भित्री मूल बजारमा चाहिँ नेपाली मौलिक कला उज्यालो भई बलेको देखिँदो रहेछ । अझ पुरानो नेपाली वास्तुकला, मन्दिर अनि यो पश्चिमी वास्तुकलाको सम्मिश्रणमा बनेका घरहरू हेर्दा त यहीँ नै विदेशी पर्यटकको लागि मूल आर्कषण केन्द्र हो भन्नै पर्छ भन्ने अनुभूत हुन्छ । 

मधुपर्क गाउँघर पुगे जस्तै हिजो आज अत्याधुनिक कलामै पार्टिसिपेटोरी आर्ट पनि यस्तै हुने गर्दछ । हिजो आजको कला पनि जनसमुदायको घरआँगनमै पुग्छ । सामुदायिक विकासमा पनि पिपुल बेस डेभलपमेन्ट भनेर गाउँघरबाटै विकासको उठान हुन्छ । विकासका कार्यव्रmमको योजना स्थानीय बासिन्दाले नै शुभारम्भ गर्दछन् । सबै कुरा एकै ठाउँमा मिलेर सँगसँगै सबैको विकास भए जस्तो भएर मधुपर्क पनि गाउँघर पुगेछ । यसलाई हामी कलाको भाषामा कोल्याबोरेटिभ आर्ट भन्ने गर्दछौँ । साहित्य कला, सङ्गीत पर्यटन अनि व्यापार व्यवसाय, आम मान्छेको दिनचर्या, सबै जोडिँदा पनि यो कार्यव्रmम सबैको आफ्नै कार्यव्रmम जस्तो भएको रहेछ । 

हाकुपटासीमा (नेवारहरूको आफ्नै अलग्गै 

पहिचान) स्वागत गर्न ओइरेका महिलाहरू, अविरले रङ्गिँदै, माला र खादाले भरिँदै गलाहरू, झ्याली, ढोलक र मादलहरूले घन्काएको सङ्गीतमय वातावरणमा बजार परिव्रmमा हुँदै गर्दा ठुलै उत्सव भए जस्तो हुँदो रहेछ । मधुपर्क र बन्दीपुरबिच फ्युजन भए जस्तो देखिँदामा यो कार्यव्रmम त्यसै पनि आकर्षक देखिँदो रहेछ । यो कार्यव्रmममा साँच्चैमा मधुपर्क, कला, साहित्य अनि पर्यटनसँग नजिकबाट गाँसिन पुगेको देखिन्थ्यो । नेपालभरका झन्डै चालिस पचासभन्दा बढी साहित्यकार, कलाकारको जमघट भएको यो कार्यव्रmममा अनेक थरीका कार्यव्रmम हुनुले पनि बन्दीपुरकै विशेषता हो जस्तो भएको रहेछ । 

मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्ले अनि बन्दीपुरबाट डा. नमस्तेलाल श्रेष्ठ, सुदर्शन प्रधानको समन्वयमा यो कार्यव्रmम हुन र जुर्न पुगेको सन्दर्भ बढो रोचक नै देखिन्छ । साहित्य सँगसँगै, कला–सम्पदा, पर्यटनसँग गहिरो गरी जोडिँदा धेरै कुरा एकै पल्ट बन्दीपुरमा भएको जस्तो देखिँदो रहेछ । आमसमुदाय, व्यापारी केटाकेटी, वयोवृद्ध सबै सबै फुर्तीका साथ मनभित्रैबाटै उफ्रेको परिदृश्यले वातावरण नै रमाइलो भएको थियो । वास्तु–कलात्मकता, विदेशमै देखे जस्तो नेपाली आधुनिक पाराको रमझम, होटल अनि सस्तो र सुलभ होम–स्टेको व्यावस्थापनले यो साह्रै गर्विलो ठाउँ बनेको थियो । 

वाग्ले भन्नुहुन्छ, “न्युरोडको सानो कोठाबाट मधुपर्कलाई आमजनताको माझ खुला ठाउँमा पु¥याउन र ठाउँ विशेषको विकासमा हातेमालो गर्न यस्तो सहभागितामूलक कार्यव्रmमको आयोजना भएको हो ।” पहाडकी रानी बन्दीपुर, स्वदेशी विदेशी पर्यटकको गन्तव्य, कला र संस्कृतिलाई विश्वभर फैलाउने उपव्रmमले पनि कार्यव्रmम ठुलो उत्सवको रूपमा मनाइएको जस्तो देखिन्थ्यो । अहिले बन्दीपुर एउटा गाउँपालिका रहेछ । यसका प्रमुख सुरेन्द्रबहादुर थापा पनि निक्कै सव्रिmय रहेछन् । प्राकृतिक सौन्दर्यता, युनिक वास्तुकलाको संरचना अनि ऐतिहासिक ठाउँ विशेषका कारणले पनि विदेशीका लागि मात्र होइन आमनेपालीका लागि पनि यहाँ एक पल्ट त जानै पर्ने ठाउँ बनेको रहेछ ।  काठमाडौँबाट तीन साढे तीन घण्टाको हाराहारीमा पुगिन सकिने यो ठाउँमा, बाटो बाटोमा साहित्यकारहरूलाई उठाउँदै जाँदा केही घण्टा चाहिँ थप लागेको थियो । केबुकारको सात मिनेटमै ठाडो उकालो यात्रा । जिउ सिरिङ पार्ने जस्तो पनि थियो । तल डुम्रेबाट माथि डाँडाको टुप्पामा रहेको पाँचतारे होटल (बन्दीपुर हिल खुल्ने चाहिँ आगामी जेठमा रहेछ) भित्रबाटै प्रवेश हुँदै बन्दीपुर पुगिने यो केबलकारको यात्रा अझ रोमाञ्चक पनि हुँदो रहेछ । नेपालकै सुन्दर नगरी बन्दीपुरको शीतल स्वच्छ हावा, मनमोहक दृश्यले जसुकैलालाई पनि आनन्दविभोर बनाउने रहेछ । बजार बाहिर बाहिर रिङरोडमा मात्र पिच अनि बजारभित्र गाडी पस्न नपाइने रहेछ । भित्रको संरचनामै पनि जताततै ढुङ्गैढुङ्गाको सिँढीहरूको लामले पनि हिँड्नलाई मात्र अनुकूल मिल्दो रहेछ । यहाँभन्दा सफासुग्घर, शान्त वातावरण त नेपालमै नभएको यो ठाउँ चाहिँ विदेशी पर्यटकको भिडले पनि अथ्र्याउँदो रहेछ । खासमा चाहिँ नेवारहरूको थातथलो, इतिहासमा चाहिँ पहिले मगरहरूको बस्ती थियो रे । आजभोलि गुरुङ, बाहुन अनि क्षेत्री धेरै समुदायको बसोबास हुँदा सबैको साझा फूलबारी जस्तो बनेको देखिन्छ । 

प्राकृतिक रूपमा सुन्दर बन्दीपुरलाई कलात्मक ढङ्गले सजाउँदा अहिले यो ठाउँ पर्यटनको गन्तव्य बनेको छ । वास्तुकलाका रूपमा मन्दिर, ढुङ्गेधारा, गढी, घरहरू रहेका रहेछन् । यी ऐतिहासिक धरोहरहरू कलात्मक मात्र होइन यो ठाउँको पहिचान पनि बनेका छन् । यही प्राचीन कला–वास्तुकलालाई आधुनिक रूपमा प्रस्तुत हुनु– गराउनु नै यहाँको मूल विशेषता रहेछ । पहिले उपयोगी वस्तुमा रहेको यी सबै जसो अवयव मान्छेले नै प्रयोग गर्दथे । अहिले मान्छेले नै कला सम्पदाका रूपमा हेर्ने गर्दछन् । यस्तायस्तै अवयवलाई संरक्षण गर्दागर्दै यो ठाउँ अलिक अलग्गै देखिएको रहेछ । अनि आफ्नो अलग्ग पहिचानलाई पस्किने काम हुँदै गर्दा यसैबाट आय आर्जनको काम पनि हुँदो रहेछ । अलिकति व्यापार व्यवसाय अनि अलिकति आफ्नै संस्कृति, संस्कार, पर्यावरणको संरक्षणले गर्दा पनि स्वदेशी विदेशी पर्यटकले अवलोकन गरी आनन्दित भई खर्च पनि गर्दा रहेछन् । 

बन्दीपुरको मूल बजार चाहिँ ठुलो ढुङ्गैढङ्गाले छापेको सडकलाई घेरेर दुवैतिर लाम लागेर बसेका पुराना तर आधुनिक ढङ्गले सिँगारिएका घरहरू रहेछन् । पहाडका यस्ता बस्तीहरूमा ससाना सडक, गोरेटा मात्र हुने गर्दछन् । बन्दीपुरको यो संरचना अपवादमा रहेको छ । यही संरचनाले गर्दा पनि बजारभित्रै ठुला ठुला समारोह गर्न मिल्दो रहेछ, गर्दा पनि रहेछन् । करिब १६औँ शताब्दीको उत्तरार्धतिर सेन राजा मणिमकुन्द सेनसँग जोडिएको यो ऐतिहासिक नगर पुरातìवको हिसाबमा पनि महìवको त छँदै छ । अझ प्राचीन सम्पदा संरक्षण भइरहनु, प्राचीन संस्कृति र संस्कार अझै देखिरहनु नै आज यो ठाउँ आकर्षणको केन्द्र बनेको रहेछ । पहाड, डाँडाको टुप्पोमा बसेको सानो बस्तीमा यति चौडा सडक बनेको चाहिँ नेपालमा कतै पनि देखिँदैन । गाडी छिर्न नपाएपछि पुरानो घरमा आधुनिक होटल बन्दै छन्, प्राङ्गणमा साजसज्जासहित टेबुल कुर्सीको लामले, लटरम्म फूलेका फूल अनि विभिन्न कलाले सजिएको, सजाइएको यो ठाउँ हुलहालदेखि टाडो मनोरम स्वर्ग जस्तो लाग्दो रहेछ । 

सन् १८४० मा बनेको चन्द्रकोट गढी उसबेला सुरक्षाका लागि हुँदो हो । अहिले पुराìिवक सम्पदाका रूपमा, वास्तुकलाको धरोहरका रूपमा रहेका छ । ढुङ्गा नै ढुङ्गाले बनेको षटकोण जस्तो यसको प्रकृति बन्दा पनि यसले थप कलात्मकता झल्काउँछ । सम्भवतः यस्तो आकारको गढी नेपालमा कतै पनि छैन । अर्को चाहिँ हुल्सानकोट गढी हो । गोलाकार पर्खालले घेरिएको युनिक गढी छ । यसको नाम पहिले जितपुर फोर्टका रूपमा चिनिन्थ्यो । यी दुवै गढीहरू तनहुँका अन्तिम राजा हरकुमार दत्त सेनले बनाएका हुन् । अर्को चाहिँ मुकुन्देश्वरी गढी हो । यसलाई अहिले ग्रेटवाल भनेर पनि चिनिन्छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना राज्य विस्तार गर्दै लजाँदा तनहुँमा यो गढी बनाएको इतिहास छ । अहिले यही डाँडामा मुकेन्देश्वरी मन्दिरको पनि स्थपना भएपछि यो एउटा धार्मिकस्थल पनि बन्न गएको छ । बाहिरबाट आउने पर्यटक यसलाई मिनी ग्रेटवाल भन्ने गरिन्छ । तीन धारा नाम ढुङ्गेधारा अर्को एतिहासिक धरोहर हो । उनै राजाले बनाएको यो ढुङ्गेधारा तीनधारा महादेवको नामले चिनिन्छ । यसबाहेक जङ्गलले घेरिएको टुँडिखेलले पनि बन्दीपुरलाई थप सौन्दर्य प्रदान गरेको देखिन्छ । प्राकृतिक गुफाहरूमा सरपानी गुफा, सिद्ध गुफा, पाटलडवार गुफा आदि वास्तुकलाकै रूपमा पर्यटकलाई आकर्षण गर्न साहायक सिद्ध भएको देखिन्छ । 

मन्दिर वास्तुकला दुई वटा मुख्य रूपमा देखा पर्दछ । यसैमा पनि खड्गदेवी मन्दिर विशेष छ । बजारको बिचबिचमा अवस्थित लामो सिँढी चडेर जानुपर्ने यो ठाउँ रहेछ । छतशैलीमा बनेको दुईतले घर जस्तो मन्दिरमा बाहिरबाटै थप सिँढी चडेर देवीको दर्शन गर्न पर्दोरहेछ । अग्रभागमा ठुलो कोठामा एक जना पुजारी टीकासहित बसेका देखिन्छन् । मन्दिरको मूल भागलाई छेकेर अगाडिको भागमा देवीको मूर्ति राखिएको रहेछ । यो चाहिँ खड्गदेवीको प्रतीकात्मक विम्बका रूपमा रहेको देखिन्छ । यसका पछाडि फलामेबार देखिन्छ । यसभित्र देवी खड्गदेवी खड्गका रूपमा रहेको छ, जसलाई दर्शन गर्न मिल्दैन, पाइँदैन । वर्षमा एकचोटि दसैँमा मात्र बाहिर निकाल्ने अनि बजार घुमाउने हुँदा त्यसै बखत मात्र यी देवीलाई दर्शन गर्न मिल्छ भन्ने प्रचलन रहेछ । 

यसको पछाडि लामो किंवदन्ती रहेछ । छोटकरीमा भन्दा पाँच छ सय वर्षअगाडिका पाल्पाका राजा मणिमुकुन्द सेनसँग जोडिन्छ । उनले भगवान् महादेवसँग घोर तपस्या गरेपछि उनलाई महादेवले वरदानका स्वरूप शक्तिशाली खड्ग प्रदान गरेको सन्दर्भ देखा पर्दछ । पाल्पाका राजा मणिमुकुन्द यही दैवी शक्तिले गर्दा वरपरिका धेरै ससाना राज्यहरूलाई जितेको रहेछन् । पछि आफ्ना छोरालाई केही अधिकार दिई अलग अलग ठाउँ विशेषमा राज्य राज गर्न दिएको ऐतिहासिक गाथा छ । यसबेला तनहुँ पनि उनै राज्यमा गाभिएको थियो । यही तनहुँमा बन्दीपुर पनि पर्दछ । राजा मणिमुकुन्द उनको जीवनको अन्त कालमा राज्यहरू छोराहरूलाई सुम्पी यही बन्दीपुरको अग्लो डाँडामा आई साधु भई बसेको इतिहास छ । जनताले सुखदुःख के पाएका छन् भनेर बुझिहिँड्ने राजा भेष बदली जनताको घरदैलोमा हिँड्ने गरेको रोचक कहानी पनि छ । यसरी जनताको कुरा बुझ्दै जाँदा जनताका मनमा आफूबारे नराम्रो धारणा थाहा पाएपछि उनी अचानक अलप भएका थिए । उनी अलग भए पनि उनैको यही खड्ग चाहिँ नाग बनेर बन्दीपुर वरिपरि उडेर घुमी बस्न थाले रे । पछि यही नाग पुनः खड्गमा परिणत भए रे । अझ पछि यही खड्गदेवीका रूपमा यही मन्दिरमा आई बस्न थालेकी हुन् भन्ने किंवदन्ती रहेछ । 

खड्गदेवी उडी हिँड्ने हुँदा त्यहाँ दर्शन गर्न आउने भक्तालुहरूले पनि केही बेर जमिन छाडी हावामा उडेपछि मात्र देवीको दर्शन गरे लाभ हुन्छ भन्ने किंवदन्ती रहेछ । दसैँमा पिङमा झुल्ने चलन सबैतिर छ, यहाँ पनि रहेको रहेछ । यसरी एकक्षण पिङमा झुल्दै जमिन छोडेपछि यसैलाई जमिन छोडेको मानी देवीको वर्षमा एक पल्ट मात्र दर्शन गर्न मिल्ने भनेको रहेछ । अब चाहिँ केबलकारमा सात मिनेट जमिन छोडी हावामा शयर गरेको सन्दर्भ मिलाउँदै दिनदिनै दर्शन हुन सक्ने व्यवस्था मिलाउँदै छन् । सबैभन्दा अचम्म चाहिँ यो देवीथानमा तीन जना पुजारी रहेछन्– तामाङ, कामी र ब्राह्मण समुदायका । यहाँ मन्दिरहरू अरू धेरै छन् । विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, सन्तानेश्वर महादेव, भुटाई वराह मन्दिर, महालक्ष्मी मन्दिर, गणेश मन्दिर, आदि अनेकौँ धर्मस्थलले पनि पर्यटकको ध्यान खिच्ने काम गरेको देखिन्छ । यी सबै मन्दिरका यस्ता यस्तै कनेक गाथा पनि छ ।  मधुपर्क