घरजग्गा कारोबारमा बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य
सरकारले घरजग्गा कारोबार गर्दा बैङ्क स्टेटमेन्ट अनिवार्य गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै सम्पत्ति शद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेर घरजग्गा कारोबारमा संलग्न दुवै पक्षको बैङ्क विवरणलाई प्रमाणका रूपमा पेस गर्नुपर्न व्यवस्था गरेको हो ।
हुम्लालाई राष्ट्रिय प्रसारणमा जोड्न पूर्वाधार निर्माण तीव्र
राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुन बाँकी एक मात्र जिल्ला हुम्लामा प्रसारण लाइन विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।
पूर्वाधारमा बजेट जुटाउन वैकल्पिक वित्त कोषको व्यवस्था : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा मुलुकले खेप्दै आएको स्रोतको कमी पूर्ति गर्न सरकारले अघि सारेको वैकल्पिक वित्त कोषले सघाउने बताउनुभएको छ ।
निर्यात बढाउन प्रमलाई सातबुँदे सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेको छ ।
किसानलाई दुधको पाँच अर्ब दिन बाँकी
सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपियाँ भुक्तानी गर्न छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगले दुध खरिद गरेबापतको किसानको पाँच अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको हो ।
बजेटमार्फत नीतिगत सुधारको प्रयास
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत सरकारले नीतिगत र संरचनागत सुधारका प्रयास थालेको बताउनुभएको छ ।
तीन दिन लाइसेन्स छपाइ बन्द हुने
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको छ ।
रैथाने बाली संरक्षण जरुरी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषि प्रजातिका धेरै रैथाने बाली लोपोन्मुख हुने अवस्थामा पुगेको बताउनुभएको छ ।
अनुसन्धान जारी : पक्ष विपक्षबिच जुहारी
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अनुचित लेनदेनको आशङ्कापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत दुई सातादेखि विस्तृत अनुसन्धान गरिरहेको छ ।
गोरखापत्र संस्थानको नयाँ ऐन बनाउने बाटो खुल्यो
नेपाल सरकारले गोरखापत्र संस्थानसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ । सरकारको निर्णयसँगै २०१९ साल चैत ३० गते जारी भएको गोरखापत्र संस्थान ऐनको सट्टा समयसापेक्ष नयाँ ऐन बनाउने बाटो खुलेको हो ।
६३ खर्ब लगानी आवश्यक
आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन पुर्याउने महत्वाकाङ्क्षी लक्ष्यसहितको विद्युत् विकास मार्गचित्र निर्माण गरिए पनि लगानीका सन्दर्भमा भने प्रस्ट कार्ययोजना बन्न सकेको छैन ।
प्लास्टिक प्रयोग न्यूनीकरणमा चुनौती
‘प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व’ नारासहित यो वर्षको विश्व वातावरण दिवस बिहीबार मनाइँदै छ । नेपालमा भने प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण न्यूनीकरण गर्न चुनौतीको चाङ उस्तै छ ।
जर्मन सरकारको सहयोगमा धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गर्नुभयो ।
त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ ।
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो ।
७५औँ वार्षिकोत्सव मनाउँदै लोक सेवा आयोग
लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी हीरक महोत्सव मनाउने भएको छ ।
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि
भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड
ललितपुर, जेठ २१ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो । सो अन्तरसंवादको समापन समारोहमा उहाँले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गर्नुभयो ।“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रुपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवद्र्धक पनि भएको छ,” महामन्त्री थापाले भन्नुभयो, “स्वर्गीय प्रदीप गिरीले भन्नुभएअनुसार राजनीतिज्ञहरु बौद्धिक रुपमा ठीक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रुपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताउनुभयो । बहसमा मात्रै केन्द्रीत नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उहाँको भनाइ छ ।पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेद्विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । “नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उहाँले भन्नुभयो ।नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पनौतीबाट–मेदाम्सु जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको यात्रुवाहक बस बेथानचोक गाउँपालिका–६ भुग्देउबाट तावरे जाने बाटोमा दुर्घटना भएको हो ।
मधेस प्रदेशसभा बैठक स्थगन
जनकपुर, जेठ २१ गते । विपक्षी दलको अवरोध र विरोधका कारण मधेस प्रदेशसभा बैठक आज सुरु हुनासाथ स्थगित भएको छ । जनता समाजवादी पार्टी, नेपालले मधेस प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपाका सांसदहरूले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गर्नुभएको हो ।जसपाका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२औँ बैठकमा सभामुख मण्डलले छानबिन समिति गठन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएकामा आपत्ति जनाउनुभएको थियो । उहाँले संसदीय छानबिन समिति गठन नभएसम्म बैठक अवरुद्ध जारी राख्ने बताउनुभयो । यसअघि प्रदेशसभा सञ्चालनका लागि सभामुख मण्डलले आज तीन घण्टा छलफल गर्नुभएको थियो । तर छलफलबाट सकारात्मक निष्कर्षमा पुग्न नसकेपछि प्रदेशसभा सञ्चालन भएको थियो ।
अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
सल्यानमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित हुनुभएको छ । बुधवार जिल्लाको कपुरकोट गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको हो । १४ जोडीहरूलाई नगद एक एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिनुभयो ।
युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाहरुका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।
दर्जनौँ तालहरू मासेर भौतिक संरचना निर्माण
नेपालगन्जमा रहेका पुराना ताल र तलाउहरूलाई एकपछि अर्को गर्दै मासेर भौतिक संरचनाहरू निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ ।
चमार समुदायकाे पहिलो डाक्टर स्मृति हरिजन
एउटा दलित परिवारको सङ्घर्ष । जसले सपना देख्न कहिल्यै छाडेनन् । इँटा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै, जातीय अपमान र चरम गरिबीका बाबजुद पनि पढाइलाई कहिल्यै छाडेनन् । कपिलवस्तुको बहादुरगञ्ज निवासी सन्तराम हरिजन जीवनको हरेक मोडमा सङ्घर्षसँग लड्दै, आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । कृष्णनगर नगरपालिका–८, बहादुर गन्जकी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट उहाँ हालसम्मकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छिन् ।