• २९ असार २०८२, आइतबार

सेनाको अगुवाइमा संयुक्त अभ्यास

blog

नारायणी नदीमा बिहीबार गरिएको उद्धारको नमुना अभ्यासका क्रममा नदीमा बगेका सर्वसाधारणको उद्धार गरिँदै । तस्बिर : वसन्त पराजुली

नारायणगढ समाचारदाता  

नारायणगढ, जेठ २३ गते  । “गुहार गुहार हाम्रो मान्छे बगायो । लौन उद्धार गरिदिनुप-यो,” नारायणी नदीछेउका बासिन्दा गुहार माग्दै छन् । आकाशबाट गड्याङगुडुङ गर्दै पानी परिरहेको छ । लगातारको वर्षाले नारायणी नदीमा बाढी आउँदा भरतपुर महानगरपालिकाको वडा नम्बर २८, गोलाघाट डुबान हुनुका साथै केही मानिस बगाउन थालेपछि स्थानीयले यसरी गुहार मागेका हुन् । 

गुहार माग्दै गर्दाको अवस्थामा उद्धारकर्मीले हतारमा उद्धार कार्य सुरु गर्छन् । बगाएका मानिसलाई सकुशल निकाल्छन् र घाइतेलाई अस्पताल लगिन्छ । बाढीमा डुबेका एक जनाको भने मृत्यु हुन्छ ।  प्रस्तुत विवरण कुनै वास्तविक घटना नभई मौसमजन्य विपत्मा परेकाको उद्धार अभ्यासको हो । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना एवं नेपाली सेनाको अगुवाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस र नेपाल स्काउटले बिहीबार संयुक्त रूपमा गरेको नमुना अभ्यासको हो । भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदी किनारभन्दा करिब ३० किलोमिटर पश्चिममा पर्ने गोलाघाटका घरलाई नमुना बनाएर अभ्यास गरिएको होे ।  

उद्धारकर्मीले डुङ्गा, मोटरबोटलगायतका साधनबाट नदीमा बगेका मानिसको उद्धार गरेका थिए । उद्धार कार्यमा दुई सय जना उद्धारकर्मी संलग्न थिए । प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले यो वर्ष मौसमजन्य विपत्को जोखिम बढी हुने पूर्वानुमान रहेका कारणले सम्भावित विपत्को उद्धारमा जनशक्ति तयार गर्न नमुना अभ्यास गरिएको बताउनुभयो ।  

“यो वर्ष बागमती प्रदेशका १० जिल्ला जोखिममा रहेका र त्यसबाट ७४ हजार घरपरिवारका तीन लाख ३६ हजार नागरिक प्रभावित हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ । मनसुनजन्य जोखिमको प्रभाव बागमती प्रदेशमा बढी हुने भएकाले पनि उद्धारको जनशक्ति तयार गर्नु र यसबाट हुने क्षति न्यूनीकरणमा लाग्न उद्धारको आवश्यकता देखिएको हो,” उहाँले भन्नुभयो । प्रदेश सरकारले बजेटमै व्यवस्था गरेर विपत्को उद्धारका लागि आवश्यक उपकरण खरिदको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।

नेपाली सेनाले दिएको एक तथ्याङ्क अनुसार विगत पाँच वर्षको अवधिमा नेपालमा बाढीपहिरोबाट ९१४ जनाको मृत्यु, १०१ जना बेपत्ता र ७५० जना घाइते भएका छन् । नेपाली सेनाको भरतपुर ब्यारेकका सेनानी सुदर्शन बोहोराले गत वर्ष मात्रै नेपालमा डुबान र पहिरोबाट २२४ को मृत्यु, १५८ जना घाइते र २८ जना बेपत्ता भएको जानकारी दिनुभयो । यो अवधिमा १३ हजार तीन सय मानिस खोज तथा उद्धार गरिएको, २५ पुल, ३७ राजमार्ग र ११ जलविद्युत् केन्द्रमा बाढीपहिरोले क्षति पु-याएको पनि उहाँले जनाउनुभयो । कार्यव्रmममा बोल्दै नेपाली सेनाको मध्यपृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठकले प्राकृतिक प्रकोप कसैको नियन्त्रणमा नभएकाले यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो ।