बुबा र छिमेकी वृद्धको हत्या गर्ने हेमराज पक्राउ
आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनवल नगरपालिका २ अवरैया बस्ने २७ वर्षीय हेमराज थारुलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सरकारले दियो शनिबार सार्वजनिक बिदा
सरकारले भोली (शनिबार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
डुबेर एक किशोरीको मृत्यु, दिदीभाइ बेपत्ता
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुली भेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
सप्तकोसीमा बेपत्ता सशस्त्र प्रहरी मध्ये एकको शव फेला एक जना अझै बेपत्ता
बाढी पहिरोबाट सर्वसाधारणलाई उद्दार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोसी नदीमा डुबेर बिहीबार बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवान मध्ये एकको शुक्रवार शव फेला परेको छ ।
समयमै योजना सम्पन्न गर्न मन्त्री भण्डारीको निर्देशन
नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुलाई समयमै योजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
भरुवा बन्दुक पड्किँदा एकको मृत्यु
दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
सञ्चारमन्त्री गुरुङद्वारा धरानको रेडियो नेपाल अनुगमन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुभएको छ ।
गर्मी बढेपछि नेपालगन्जका विद्यालय एक साता बन्द
तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
विराटनगरमा महिला उपप्रमुखहरुको राष्ट्रिय सम्मेलन सुरु
स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।
उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ ।
सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटना : गृहमन्त्री लेखकद्वारा दुःख व्यक्त
गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गर्नुभएको छ ।
‘हिमालय क्षेत्रका साझा समस्या समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक’
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको प्रतिकुल असरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ले महत्वपूर्ण भूमिका खेल्ने सांसदहरुले विश्वास व्यक्त गरेका छन् ।
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घाेषणा
बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।
जलवायु परिवर्तनविरुद्धको एक्येबद्धता अभियान सुरु
विश्व वातावरण दिवसको अवसरमा बर्दिया र कालिकोटमा जलवायु परिवर्तन विरुद्धको एक्येबद्धता अभियान औपचारिक रुपमा सुरु गरिएको छ ।
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराइने
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् ।
जलवायु सङ्कटको मूल्य विश्वले नै चुकाउनुपर्छ : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रथम अन्नपूर्ण आरोहण पर्वतारोहण क्षेत्रको कोसेढुङ्गा रहेको जनाउँदै जलवायु सङ्कटका कारण विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्नुभयो ।
छोराले गरे बाबु र छिमेकीको हत्या
नवलपरासी पश्चिममा दुई जनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् ।
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठयक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताउनुभएको छ ।
अलपत्र परेका ठूला योजना सम्पन्न गर्न जिससले पहल गर्ने
सदरमुकाम बागलुङ बजारमा सम्पन्न चौथो जिल्ला सभाले विशेषगरी अलपत्र रहेका ठूला पूर्वाधारका योजना सम्पन्न गर्न पहल गर्ने, संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै अनुगमन प्रणालीलाई बढाएर चुस्त पार्ने भएको छ ।
आलुले फेरिदिएको गाउँ
खड्क केसीले गएको सिजनमा दुई लाख रुपियाँभन्दा बढीको आलु बेच्नुभयो । यो सिजनमा उत्पादन बढ्ने उहाँको आङ्कलन छ ।
एक घर एक धाराले स्थानीय खुशी
उत्तरी गोरखाको धार्चे गाउँपालिका – ५ माछीखोला आसपासका एक सय ४० वटा घरमा एक घर एक धारा खानेपानी निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।
उपभोक्तालाई ग्यास चुलो
कैलालीको चुरे क्षेत्रअन्तर्गत पर्ने मोहन्याल गाउँपालिकाका वडा नम्बर १ कोपिला सामुदायिक वनमा जोडिएका उपभोक्ता महिलाहरु खाना पकाउने ईन्धनको रुपमा ग्यास चुलो पाएपछि खुशीले दङ्ग परेका छन् ।
नौ वर्षमा सात किलोमिटर कालोपत्रे
दुई वर्षमा कालोपत्रे सक्ने गरी सम्झौता भएको यहाँको एक सडक नौ वर्षको अवधिमा जम्मा सात किलोमिटर मात्र कालोपत्रे भएको छ । यहाँको कालीगण्डकीको मिर्मी–बिर्घा–रानीघाट सडक सम्झौताको समय सकिएको थप सात वर्षसम्म अलपत्र परेको छ ।
सडकको धुलो खाँदै पर्यटक
तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटकले सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्नु स्वाभाविक हो ।