काठमाडौँ, जेठ गते । आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनवल नगरपालिका २ अवरैया बस्ने २७ वर्षीय हेमराज थारुलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको हो । उनले शुक्रबार राती हत्या गरेकाे जनाएकाे छ ।
हेमराजले कोदालो प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ । आरोपीलाई थप अनुसन्धान सुरु गरेको जनाएको छ ।