• २४ जेठ २०८२, शनिबार

सरकारले दियो शनिबार सार्वजनिक बिदा

blog

काठमाडौं, जेठ २३ गते । सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो । गृह मन्त्रालयले शुक्रबारनै सूचना प्रकाशन गरी उक्त जानकारी गराएको छ । 

मन्त्रालयले यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका इस्लाम धर्मावलम्बी तथा सम्पूर्ण नेपालीहरूमा शुभकामना समेत व्यक्त गरेको छ ।