• २४ जेठ २०८२, शनिबार

बाम्का बजारमा भीषण आगलागी

blog

शेरबहादुर सार्की 

बाजुरा , जेठ २३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका –६ को बाम्का बजारमा भीषण आगलागी भएको छ । आज दिउँसो करिब चार बजे बाम्का स्थित नवदुर्गा हाटेलमा राखेको ग्याँस सिलिन्डर पट्किँदा आगलागी भएको हो ।

दुइ घण्टापछि मात्र प्रहरी स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याई सकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बाम्का बजारमा रहेका झन्डै १६ वटा पसलमा आगलागी भएपछि त्यहाँ राखेका खाद्यान्न कपडा लगायतका समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ अहिले बल्ल आगो नियन्त्रणमा ल्याएकोले  के कति धनमालको क्षति भएको हो भन्ने कुरा खासै यकिन गरेको छैन । ”

प्रहरी मुचुल्का तयार भएपछि मात्र के कति सामान क्षति भएको र कति रुपियाँ बराबरको समान क्षति भएको हो भन्ने कुराको जानकारी हुने चौधरीले बताउनुभयो ।

बाजराको बुढीगङ्गा नगरपालिका ६ बाम्का बजारमा भएको आगलागी । तस्बिर ः शेरबहादुर सार्की