• १८ असार २०८२, बुधबार

दक्षिण कोरियाका शीर्ष अभियोजकद्वारा राजीनामा

blog

दक्षिण कोरिया, असार १८ गते । दक्षिण कोरियाका शीर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको करिब नौ महिनापछि राजीनामा दिनुभएको छ । महाअभियोजक शिम वू–जुङले राजीनामा दिनुभएको हो ।

उहाँको अवकाश समारोह बुधबार आयोजना गरिने बताइएको छ । जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएका राष्ट्रपति ली जे–म्युङले अभियोजन पक्षको अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिएर अभियोजन पक्षको शक्तिलाई विघटन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

कानुन अनुसार अभियोजकहरूलाई हाल केही गम्भीर अपराधहरूको अनुसन्धान गर्न अनुमति दिइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल