• १९ असार २०८२, बिहिबार

फिफा क्लब विश्वकप : बोरुसिया डर्टमन्ड क्वार्टरफाइनलमा

blog

अन्तिम १६ को खेलमा प्रतिस्पर्धा गर्दै बोरुसिया डर्टमन्ड र क्लब मोन्टेरेका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, असार १८ गते । जर्मन क्लब बोरुसिया डर्टमन्ड अमेरिकामा जारी फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

मर्सिडिज बेन्ज रङ्गशालामा बुधबार भएको अन्तिम १६ को खेलमा डर्टमन्डले मेक्सिकन क्लब मोन्टेरेलाई २–१ गोलले हरायो । 

डर्टमन्डलाई जिताउन दुवै गोल सेरहोउ गुइरासीले गर्नुभयो । उहाँले १४औँ र २४औँ मिनेटमा गोल गर्नुभएको थियो । यस्तै मोन्टेरेका बर्टेरमले ४८औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । 

क्वार्टरफाइनलमा डर्टमन्डले स्पेनिस क्लब रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियललले इटालियन क्लब युभेन्टसलाई १–०गोलले पन्छाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । एजेन्सी