गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १८ गते । नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकले लेट मी इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् ।
बैङ्क र काठमाडौँ, नयाँ बानेश्वरस्थित लेट मि इन क्लिनिकबिच छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैङ्कको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मी इन प्रालिका तर्फबाट प्रबन्ध निर्देशक डोङ सुमाले हस्ताक्षर गर्नुभयो । सम्झौताबमोजिम लेट मी इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्ससम्बन्धी सेवामा लाग्ने शुल्कमा बैङ्कमा कार्यरत कर्मचारी र ग्राहकले आठदेखि १५ प्रतिशतसम्म छुट पाउने बैङ्कले जनाएको छ ।