• १९ असार २०८२, बिहिबार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोद्वारा स्वास्थ्यका कारण सबै कार्यक्रम रद्द

blog

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो ।

ब्रासिलिया, असार १८ गते । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोले मङ्गलबार राति बिरामी परेपछि जुलाईका लागि तय भएका सबै कार्यक्रम रद्द गरेको बताउनुभएको छ । उहाँ बिरामी भई आपतकालीन उपचारको आवश्यक परेकोले आगामी महिनाका कार्यक्रम रद्द गर्नुपरेको उहाँको परिवारले जनाएको छ । 

बोल्सोनारोले पूर्व राष्ट्रपतिद्वारा हस्ताक्षरित र उहाँका छोरा फ्लाभियोले एक्समा प्रकाशित गरेको संक्षिप्त वक्तव्यमा भन्नुभएको छ, “मलाई लगातार बाडुली लाग्ने र बान्ता हुने समस्या भएको र यसले बोल्न समेत समस्या भएको छ ।” सन् २०१८ मा छुरा प्रहारबाट उत्पन्न आन्द्राको समस्याका कारण ७० वर्षीय नेताको गत अप्रिलमा शल्यक्रिया गरिएको थियो । उहाँविरूद्ध ब्राजिलको सर्वोच्च अदालतमा कथित ‘कू’ को अभियोगमा मुद्दा चलिरहेको थियो । रासस/एएफपी