• २४ जेठ २०८२, शनिबार

प्रमुख देवकोटाद्वारा इदको शुभकामना

blog

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा ।

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ २४ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–अजह बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लामधर्मी दाजुभाइ तथा दिदीबहिनीमा  शुभकामना व्यक्त गर्नुभएको छ । 

इदको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख देवकोटाले यस पर्वले सबैबिचको आपसी सद्भाव, शान्ति, समृद्धि कायम गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “हाम्रा पर्वहरू हाम्रा अमूल्य निधि हुन् । हाम्रो चाडपर्वहरूले सभ्य र सुन्दर समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गर्दछन् । बकर इदले त्याग, समर्पण, धार्मिक निष्ठा र मानव सेवाजस्ता मूल्यहरूको सन्देश दिने गर्दछु ।”

नेपाली पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।