सिराज खान
नेपालगन्ज, पुस १३ गते । अत्यधिक चिसो बढेपछि बाँकेको जानकी गाउँपालिकाले आठ विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।
शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले गाउँपालिकाअन्तर्गत ६ वटै वडाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, सुत्केरी, गर्भवती तथा अति विपन्न आठ परिवारलाई न्यानो कम्बल वितरण गरिएको जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।
कम्बल वितरण कार्यक्रममा बोल्दै अध्यक्ष खाँले परेको बेला नागरिकका समस्या सुन्ने आफुहरुको जिम्मेवारी भएको बताउनुभयो ।
कम्बल वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष खाँ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, वडा नम्बर ५ का वडा अध्यक्ष एवम् प्रवक्ता टीकानाथ यादव, जिन्सी शाखा प्रमुख राजु यादवलगायतले वडा नम्बर १ देखि वडा नम्बर ६ सम्मका आठ परिवारलाई न्यानो कम्बल वितरण गर्नुभएको हो ।