राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
किसानलाई जैविक मल उत्पादन गर्न सिकाउँदै राप्तीसोनारी
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मल सम्बन्धी तालिम दिन सुरु गरेको छ ।
अनलाइनबाट नागरिकताको सिफारिस
इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकताको सिफारिस दिन थालिएको छ ।
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ ।
सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो ।
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आउनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ ।
तीन सयभन्दा बढी विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको विकट र अविकसित मानिने वडा नम्बर ६ भनघोटनास्थित सरस्वती माध्यमिक विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरेर ३३५ जना विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन बर्षीय बालक समिर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।
बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम
आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ ।
सामाजिक सञ्जाल ‘एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन
सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् ।
एसईई मौका परीक्षामा नौ सयभन्दा बढी उत्तीर्ण
माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सुन तोलामा एक लाख ६० हजार नाघ्यो
सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार एकको मृत्यु भएको छ ।
मधेश प्रदेश सरकारको सय दिने कार्य सार्वजनिक
मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गर्नुभएको हो ।
लेबनानमा इजरायलको ठूलो हवाई आक्रमण, मृत्यु हुनेको सङ्ख्या ५५८ पुग्यो
इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५८ पुगेको छ । एक हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तेस्रो चीन नेपाल मिडिया सम्मेलन हुने
दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४' यही असोज १० गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा सञ्चालन हुने भएको छ ।
दसैँतिहारमा खाद्यान्न अभाव नहुने
बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ ।
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री लिफेङबिच बेइजिङमा भेटर्वार्ता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।
वैकल्पिक जीविकोपार्जनका लागि बेसार
बारीमा मकै लगायो, जङ्गली बँदेलले खाइदिने । मकै जोगाउन पहरा बस्दा वा खेतबारीको कामले बाहिर निस्कँदा मानिसलाई नै बाघ (चितुवा) ले खान थालेपछि विशालपुरवासी जीविकोपार्जनका लागि वैकल्पिक रुपमा बेसार खेती गर्न थालेका छन् ।
सुपथ मूल्य पसल सञ्चालन
कैलालीको धनगढीमा चाडपर्वलक्षित सुपथ मूल्यको सहुलियत पसल सञ्चालन गरिएको छ ।
दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान
यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए ।
रैथाने बाली सङ्कटमा
जिल्लाको भगवतीमाई गाउँपालिका–२ का ६३ वर्षीय प्रभाखर जैसीले आफ्नो बारीमा स्थानीय जातको मकैको बिउ लगाउँदा तीन मुरी उत्पादन हुन्थ्यो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।
खादा मालामा नअल्मलिन निर्देशन
बागमती प्रदेशका मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको गुनासोका बिच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मन्त्रीहरूलाई खादा मालामा नअल्मलिन निर्देशन दिनुभएको छ ।