• ११ असोज २०८१, शुक्रबार

मधेश प्रदेश सरकारको सय दिने कार्य सार्वजनिक

blog

मुख्यमन्त्री सतिशकुमार सिंह मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्य सार्वजनिक गर्नुहुँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी
जनकपुरधाम, असोज ९ गते ।
मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको  मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गर्नुभएको हो ।

उहाँले सय दिनको अवधिमा प्रदेश सरकारले उल्लेख्य कार्य गरेको बताउनुभयो । लोकसेवा आयोग मधेशलाई पूर्णता दिएको, प्रदेश सभाको नियमित बैठक सञ्चालन, एमबिबी एस कार्यक्रम सञ्चालन, आठ वटै प्रदेशमा शैक्षिक पार्क निर्माण, महिला कृषि स्वयम् सेविका परिचालन, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण, विदेशबाट फर्केका महिलालाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रमलगायतको कार्य योजना सय दिनमा तयार पारेको मुख्यमन्त्रीले बताउनुभयो ।

यसका साथै रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि अवधारणा तयार पारेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोटो अवधिमा बनाएका योजना र गरेका काम सार्बजनिक भएका छन, आगामी कार्य योजनाका लागि सुझाव सङ्कलन गरी अझै प्रभवकारी योजना प्रदेश सरकारले बनाउने छ ।’’ कार्यक्रममा प्रदेशका मन्त्री तथा प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।