• ७ मंसिर २०८१, शुक्रबार

सुन तोलामा एक लाख ६० हजार नाघ्यो

blog

काठमाडौँ, असोज ९ गते । सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमाा लगातार मूल्यवृद्धि हुँदा यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपियाँले वृद्धि भएको छ । मङ्गलबार एक हजार नौ सय १५ रुपियाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ५५ पुगेको छ ।