• ११ असोज २०८१, शुक्रबार

लेबनानमा इजरायलको ठूलो हवाई आक्रमण, मृत्यु हुनेको सङ्ख्या ५५८ पुग्यो

blog

लेबनान, असोज ९ गते । इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५८ पुगेको छ । एक हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेबनानमा इजरायलको हवाई आक्रमणले इजरायल र हिजबुल्लाहबिचको द्वन्द्वलाई नयाँ उचाइमा पुर्‍याएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी र पूर्वी लेबनानमा लगभग एक हजार ११० क्षेत्रहरु लक्षित आक्रमण गरेको छ ।

आक्रमण गत सोमबारबाट जारी छ । आक्रमणको अर्को चरणको तयारी भइरहेको बताइएको छ । आक्रमणको क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल