• ११ असोज २०८१, शुक्रबार

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

blog

लीलाधर वली

घोराही, असोज ९ गते । दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका घोराही उपमहानगरपालिका –११ खुङ्कोट निवासी तीन वर्षीय बालक समीर साहुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार बालकको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो । चट्याङ्बाट मृतक समिरको आमा ४२ बर्षीया निमकली साहु र ६ बर्षिया दिदी सविना साहु घाइते हुनुभएको छ । 

उहाँहरुको घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर घरमा चट्याङ लाग्दा उहाँहरु घाइते हुनुभएको थियो । ।