• ११ असोज २०८१, शुक्रबार

एसईई मौका परीक्षामा नौ सयभन्दा बढी उत्तीर्ण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज ९ गते । माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । मौका परीक्षाको नतिजा अनुसार सहभागी एक हजार ९५ परीक्षार्थीमध्ये ९८२ उत्तिर्ण भएका हुन् । 

एक सय १३ जना अनुत्तीर्ण भएका छन् । अनुत्तिर्ण भएका ११३ मध्ये ७५ जनालाई एक विषय, नौ जनालाई दुई विषय, १६ जनालाई तीन विषय, तीन जनालाई चार विषय, छ जनालाई पाँच विषय र तीन जनालाई छ विषय र एक जना सबै विषयमा अनुत्तीर्ण भएका छन् । 

प्राविधिक धारका ३३ मध्ये ३१ जना उत्तीर्ण भएका छन् भने दुई जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका सूचना अधिकारी विष्णुप्रसाद कँडेलले बताउनुभयो । मौका परीक्षामा अुनत्तीर्ण भएका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने कँडेलले बताउनुभयो । 

ओखलढुङ्गा बाट २०८० को एसईई परीक्षामा साधारण धार र प्राविधिक धारतर्फ गरी दुई हजार ४४४ जना विद्यार्थीमध्ये ११ सय ८४ विद्यार्थी फेल भएका थिए ।