• ११ असोज २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

अविनाश चौधरी
धनगढी, असोज ९ गते ।
कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार एकको मृत्यु भएको छ ।

सोही वडाको बैजपुरका १८ वर्षीय जोनसन चौधरीले चलाएको बा ८९ प ६१३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । सो दुर्घटनामा बैजपुरकै १७ वर्षीय सागर विकको ज्यान गएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते विकको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।