क्षणिकी : सङ्क्षिप्त परिचय
क्षणिकी समयको सूक्ष्मताभित्र जीवन र जगत्लाई समग्रतामा हेर्ने माइक्रोस्कोप हो । मेरो प्रथम निबन्ध सङ्ग्र
नेपाली आधुनिक गीत : देश, काल र चिन्तन
रचनाका आधारमा गीतका दुई पक्ष हुन्छन्– साहित्यिक र लोकगीत । ती दुवै गीत एक सिर्जनात्मक शैलीमा संरचनात्मक माध्यमबाट गाइन्छ । तिनको व्याख्या राष्ट्रको भौतिक विकास, भूगोलैतिहासिक आधारमा परिवर्तित र विकसित हुँदै गएको देखिन्छ, विशेषतः राष्ट्रको परिवर्तनसित त्यस मुलुकको गीत–सङ्गीतले कोल्टो फेर्दै गरेको पाइन्छ ।
विज्ञान र पुस्तान्तरण
आजको शिशु चिकित्सकको रेखदेखका साथ अस्पतालमा जन्मन्छ र मोबाइलमैत्रीमा रम्दै हुर्कन थाल्छ । ज्ञान प्राप्त गर्नुभन्दा पहिल्यै वर्षाको छाता जस्तो वैज्ञानिक ज्ञानले निर्मित औजारहरूको ओतले उसलाई जोगाइदिन्छ । मेरो अवतरणमा
म आशा रोप्तै छु
वात्सल्य प्रेम भनेको कुरा पनि अचम्मको हुँदोरहेछ । आल्हादित किसिमको । अनुभूतिका रङहरू
ट्याक्सी ड्राइभर
ए रोक, रोक । किन दौडाएको ? रोक भनेको सुनेको छैन ? कानमा बडो कर्कश रूपमा परे
ओभरकोटको खल्तीमा जुन दिन
कथान्तरका नवजात चोटामा मनोगत अनुभूतिलाई थाहा भएकै कुरा हो,
हृदयमा छ तिर्सना कतै
छ दिलकी मुना लजाउँदै प्रणय ऐसमा रजाउँदै कुसुम कुञ्जमा हराउँदै
भेरिएन्ट !
परापूर्व कालदेखि नै वेद, उपनिषद्, जातक र पुराणहरूमा समेत अपूर्व तालले गन्यमान्य महर्षिमा मानिएका सिद्ध पुरुष उनै अगस्ति ऋषि जति खाए पिए पनि नअघाउने हन्तकाली बाजेका रूपमा पनि प्रसिद्ध थिए ।
अक्षर र कक्षामै बितेको जीवन
सत्रवर्षे उमेरमा एसएलसीपछि महिनाको तिस रुपियाँ तलब खाने गरी मास्टर भएको हो उहाँ धनकुटाको बालमन्दिरमा । काठमाडौँबाट पढेर फर्किएका तुलसी दिवसले चित्रकला र कविता लेखनमा हुटहुटी जगाएपछि कलम र कुची पनि चलाएको हो । स्थानीय पत्रिकामा १७ सालमै कविता र १८ सालमा गोरखापत्रमा समालोचना छापिएपछि त धनकुटाका टोपी साहु (सूर्यबहादुर श्रेष्ठ) का छोरा
पार्टिसिपेटोरी आर्ट (कला)
गत राष्ट्रिय कला प्रदर्शनीमा झाडीमा फालिएको जस्तो भएर एउटा काठको डुङ्गा, डुङ्गामाथि सजाएर राखिएको पुस्तकको थुप्रो अनि कलाकार स्वयंले चियापसल थापी चिया ख्वाउने भनेर बनाइएको क
आखिर याद न हो ! (कविता)
यस्तो सोच्छु, शिल्पा केवल दिनभरका लागि बाहिर कतै गएको होस् साथीहरूसँग मुभी गइरहेको
आन्दोलनले सिर्जिएका नवविम्ब (कविता)
म च्यातिदिन्छु किताबका यी पानाहरू जसले दिन्छ झुटो बयान
एक योगीको रहस्य वर्णन
मानिस रहस्यहरू आफूभित्रै साँची बस्छन् । सङ्कोच, गोपनीयता अनि संवेदनशीलताका कारण उपयुक्त समय नआउँदासम्म ‘सेफ्टी भल्ट’ का खजानासरी ती रहस्य मस्तिष्कको फोल्डरमा सुरक्षित रहन्छन् ।
मुक्तिनाथ जाने बाटो
‘झ-यो, खस्यो । खस्यो, खस्यो । ... झ-यो, झ-यो । ए ... पख, एकछिन पख ...! कसैले पनि हत्तार नगर है । मास्तिर हेर्दै हिँड । तलतिर पनि हेर्दै आफ्नो ख्याल गरेर अघि बढ्ने है । होश गरेर हिँड्ने, ज्यान जाला ।’
पासोलिनीका दुई चलचित्र
इटालीका विवादास्पद चलचित्र निर्देशक पिएर पाओलो पासोलिनी निओ इटालियन रियालिज्म आन्दोलनपछि देखा परेका चर्चित निर्देशकमध्येका एक हुन् । यिनले जम्मा बाह्र वटा चलचित्र बनाए । करिब करिब फेडेरिको फेलिनीकै उमेरका यिनले चलचित्र निर्देशनमा हात हाल्नुअघि दुई उपन्यास, तीन कविता सङ्ग्रह र दुई निबन्ध सङ्ग्रह निकालेको देखिन्छ । चलचित्र जस्तै उपन्यास पनि वि
युद्ध
कवि, नाटककार, उपन्यासकार एवं कथाकार लुइजी पिरान्देलोको जन्म २८ जुन १८६७ मा इटालीको सिसिलीमा भएको थियो । बोन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेपछि रोमको विभिन्न टिचर्स कलेजमा साहित्यको प्राध्यापकमा नियुक्त भए । उनले १८८९ मा कविता सङ्ग्रह प्रकाशित गरेपछि उपन्यास लेखन सुरु गरे । उनको पहिलो उपन्यास दी आउटकास्ट सन् १८९३ मा प्रकाशित भयो ।
कति थोक पो सम्झनु र खै ! (निबन्ध)
“तेरो मामाकी छोरीको बिहे भएछ त वैशाखमा । चेलीलाई त सम्झनै छाडे गाँठे ! फोनको दुनिया छ । पहिले जस्तो लिन आउनुपर्ने होइन । एक चोटि हेलो गरेको भए के जान्थ्यो त” आमा चामल केलाउँदै सुँकसुँकाउनु भयो । आमाको निन्याउरो मुखमुद्रा र रुन्चे स्वरले म झसङ्ग भएँ ।
वृद्धावस्था अमृत–वय हो
हेर्दाहेर्दै हिमशिखर झैँ शुभ्र बन्दैछ माथ, खोल्साखाल्सी किरमिर अहा ! रम्य चौडा ललाट !
चेन्नाई गोरखपुर एक्स्प्रेस
रक्सौलबाट बिहान ८ बजे मिथिला एक्सप्रेस सुस्त गतिको रेल यात्राबाट सात सय किमिको दुरी पार गरी कलकत्ताको हावडा जक्सन पुग्दा बिहानको ४ बजेको थियो । मिर्मिरेमा ८० वर्ष
बुढो मान्छे
मेरा एक जना साथीकी छोरीले एसइई पास गरिछन् । च्याटमा कुरा गर्दै थिएँ– ओहो दाहालजी, ल बधाई छ है, छोरीले पास गरिछन् । उनले धन्यवाद भने ।
‘तिमी आयौ, मेरो जीवन सार्थक बनायौ !’
लेख्न मन लागेको तर जाँगर नचलेको, नलेखुँ घरिघरि यो विषयले चिथोरिरहने, यसै कारण लेखेको हुँ । आजसम्मका कथा, निबन्ध वा लेख लेख्दा म स्पष्ट हुन्थ्येँ– कि कसरी विषयको पोयो उठाउ
काट्टो (कथा)
मेरो बाल्यकालदेखिका मिल्ने साथी पण्डित दुर्गाप्रसाद सापकोटा हुन् । उसको घरमा हिजो रातिको खलबल र रुवाबासीको कारणले रातभरी चिन्ताले सताइरह्यो । मेरो दुःखसुखका बालसखामाथि आइपरेको बज्रपातका कारण मोटामोटी रूपमा थाहा पाइसकेको थिएँ । उसकहाँ बिहानै पुगेँ । ओछ्यानमा ऊ झोक्राएर बसिरहेको थियो । अचानक मलाई देख्दा उसले केही सहज महसुस ग¥यो । मैले कुनै सान्त्वनाका शब्दहरू भन्न नपाउँदै उसको मनबाट उर्लिएर आएका व्यथा मुखबाट फुट्न थाले
किचकन्नी [कथा]
त्यस दिन साँझ म टुँडिखेलमा थिएँ । कार्यवश एउटा पुरानो मित्रलाई भेट्ने प्रतीक्षामा थिएँ । टुँडिखेलको रमझम चहल पहल हेर्दा हेर्दै मेरो मन पुरानो युवा अवस्थामा चर्न पुगे । हो आजभन्दा धेरै पहिले म १०–१५ वर्षको थिएँ होला टुँडिखेल यस्तो थिएन । टुँडिखेल फलामो बारमा बाँधिएको थिएन । खुल्ला पर परसम्म हरियो घाँसमा घाम ताप्ने, दौडिने आदि टुँडिखेलमा भई नै रहन्थ्यो । त्यतिबेला भूत, ख्याकको कथाहरू धेरै नै सुनिन्थ्यो । हामीलाई पनि यस्ता कथाहरूमा अति नै चाख थियो । मेरो साथी रामे र लक्ष्मण मभन्दा अलि उमेरमा जेठा थिए । एक दिन हाम्रो आमाले किचकन्याको कथा सुनाउनु भयो र भन्नुभयो, “हेर है केटा हो ! राति भएपछि टुँडि
सानोसानो हर्ष र हराएको कथा
पलङमुनि छिर्यो र हेर्यो । भेटिएन । फेला नपरेपछि केही खोज्न थाल्यो । अभैm भेटिएन । पलङमुनिबाट बाहिर आयो । उभियो ।