आमा (निबन्ध)
फेरि एक पटक मलाई आमा शब्दले बेस्सरी चिमोट्यो । आमा साँच्चै सर्वप्रिय शब्द रहेछ । संसारमा सबैभन्दा शक्तिशाली शब्द आमा हो । आमा श्रद्धाले भरिएको शब्द हो । आमाले
झ्यालबाहिरको झ्याल (कथा)
पर्दा लागेपछि छोपिन्छ कोठा बाहिरको एउटा सानो संसार । म पर्दा घ्यारर्र तान्छु । पर्दाको रिङ डन्डीमा घर्षण भएर एउटा मिठो ध्वनि जन्मन्छ र त्यही ध्वनि
अँध्यारो उज्यालो (कथा)
हुरहुर आगो बलिहरेछ । वारुणयन्त्रका कर्मचारीहरू आगो निभाउन उद्यत देखिन्छन् । प्रहरीको भ्यान पनि आइसकेको छ । सबै जनाको दौडादौड छ । म निर्निमेष यो दृश्यलाई रमाइलो मानेर हेरिरहेकी छु । मेरो आँखा अ
स्वस्थानी व्रतकथामा नारीको स्थान
नेपाली हिन्दु समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक श्री स्वस्थानी देवीको व्रत बसेर हिन्दु महिला वर्षभरि रातो कपडामा बेरेर राखिएको पुस्तकमा लेखिएको कथा वाचन
माघे सङ्क्रान्तिको सन्देश
महाभारत कालमा इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले उत्तरायण नलागेसम्म शरीर नत्याग्ने इच्छा व्यक्त गरेका थिए । उनी आफ्नो मृत्युका लागि उत्तरायण कुरेर बसे । माघमा उत्तरायण लागेपछि उनले
‘इन्द्रिय रङ्गहरू’ नेपाली शिक्षाको ऐना
इन्द्रिय रङ्गहरू पुस्तक चेतनाका रङ्गहरू घोलेर लेखिएका समाजका दर्दनाक कथाहरू हुन् ।
पाएको पो दिनु ! (निबन्ध)
“छाडेर हिँडिदिनुपर्ने रहेछ यस्तो मान्छेलाई त; उता बस हिँड्न थालिसक्यो यता मोबाइल पो हेर्दैछ !” “हँ”, को बोल्दैछ भनेर हेर्छु त खलासी (बस सहयोगी) रहेछन् मसँग आगो भइरहेका
एकता, सहिष्णुता र सद्भाव निर्माणमा साहित्य
साहित्यको इतिहास हजारौँ वर्ष पुरानो छ । मौखिक रूपमा एउटा पिँढीबाट अर्काे पिँढीमा सर्दै आएको साहित्य लिपिको आविष्कारपछि लेखिन थाल्यो र छापाखाना अस्तित्वमा आएपछि छापिन थाल्यो । उत्पादन प्रक्रिया
राष्ट्रिय एकताको आधार ‘दिव्योपदेश’
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (१७७०–१८३१) को अन्तिम नुवाकोट यात्रा इसाको १७७४, नोभेम्बर ३ का दिन भएको थियो । त्यही यात्रामा उनले आफ्ना दुई भाइ र भारदारहरूलाई नैतिक उप
पृथ्वीनारायण शाहको उपदेश राष्ट्रका लागि दूरगामी सन्देश
वर्तमान नेपाल निर्माणमा पृथ्वीनारायण शाह र विभिन्न युगपुरुषबाट योगदान भएको छ । नेपाललाई एक सूत्रमा बाँध्ने अभियानलाई श्री ५ पृथ्वीनारायण शाहपछि
इतिहासप्रति अन्यायी हुनुहुँदैन
राष्ट्रिय एकता बिकाउ नारा हो । राष्ट्रिय एकताको नाममा धेरै राजनीति गरिएको छ । युद्ध र सङ्ग्राम लडिएका छन् । राष्ट्रिय एकताका आधार समयसापेक्ष अवधारणा हो । कुनै दिन एउटा वंश
समालोचनामै साठी वर्ष
वासुदेव त्रिपाठीले कतिलाई पढाउनुभयो सायदै लेखाजोखा होला ? एउटै वासुदेव त्रिपाठीलाई पढाउने चाहिँ धेरै भए । उहाँले कीर्तिपुरमै स्थिर भएर चालिस वर्ष पढाउँदा विद्यार्थीको
किर्नो (कथा)
स्वभावैले जवानीमा उनी निर्बल थिएनन् । हट्टाकट्टा, बलियाबाङ्गा थिए । जिउलाबाट एकै खेपमा दुई मुरी धान ओसार्थे । चार जनाले बोक्ने घाँसदाउराको बिटो हुन्थ्यो उनको । ‘काँधमा
सगरमाथा बैसाखी सापटी देऊ (कविता)
रहरलाग्दा हरिया फाँटहरूमा सूर्यको रापले शीतलता दिन नसकेपछि दृश्यबाट एकाएक अ
भरे दिन्छु (कथा)
बिहान भइसकेको थियो । तर ऊ उठेको थिएन । निदाएको पनि थिएन । उसकी श्रीमती उठेर कौसी, बरन्डा, भ-याङ हुँदै आँगनसम्म कुचो लगाउँदै थिई । बाहिर अलि अलि मान्छेको हल्लाखल्ला भने अघिदेखि नै सुरु भइसकेको थियो ।
रहरले मात्र होइन होला (कविता)
रहरले मात्र होइन होला बाध्यतामा छन् अहिले युवायुवती घर छोड्न, देश छो
भनिन्छ नि नजिकको तीर्थ हेला
त्यस्तै भयो कालु पाण्डे पार्क मेरा लागि । बिहान उठेदेखि राति नसुतुन्जेल
म त लालीगुराँस भएँ छु
नवजारको हत्केलाले छोपेको घाम चुहिएर साइबेरिया फेरि तात्न थालेको छ तर मौसमको कुरा के भन्न सकिन्छ र
साहित्यमा सफलता र साधना
दुनियामा सबैभन्दा अपरिभाषित कुनै विषय छ भने त्यो ‘सफलता’ हो । कसले मलाई बताइदिन र बुझाइदिन सक्छ सफलता भनेको के हो ? आज यस वर्ष (२०८१) को लक्ष्मीपूजाको
अबको बाटो
दृश्यसमय: अपराह्नको समय । स्थान: सुकुमवासी बस्ती । धेरैजसो छाप्रो नदीले बगाएको छ । बस्तीको वातावरण मसानघाट जस्तै चकमन्न र भयावह बनेको छ । कता कता मानिसहरू बोलेको, रोएको आवाज आइरहेको छ । बचेका केही छाप्राहरूको नदीतर्फको भाग बगाएको छ । चुनीमाया छाप्रोको अवस्था देखेर रोई रहेकी छे । यत्तिकैमा सामाजिक अभियन्ता आशाकिरण छाप्रोमा आइपुग्छिन् । उनको पछि–पछि एक जना पत्रकार र एक जना ठुलो झोला बोकेको भरिया पनि सँगै छ । पत्रकार छाप्राको दृश्य क्यामेरामा कैद गर्न व्यस्त छ । आशाकिरण: हेर त छाप्राको अवस्था । कुनै कुरा बाँकी नराखी बगाएछ । नरोऊ बहिनी । विपत्का बेला सबैलाई यस्तै हो ।चुनीमाया: (हतारहतार आँशु पुस्दै) नरोएर के गर्ने दिदी । बाढीले केही बाँकी राखेन । आशाकिरण: छाप्रा त आफ्नै हो नि ?चुनीमाया: छाप्राको मालिक त अरू नै छ । हामी त यहाँ भाडा तिरेर बस्दै आएका छौँ । आशाकिरण: यो छाप्रा आफ्नो होइन ? (पत्रकारतिर पुलुक्क हेर्छिन् ।)चुनीमाया: (सलको सप्कोले आँशु पुस्दै) होइन नि दिदी । यहाँका धेरै जसो छाप्राहरू भाडाकै त हुन् नि । कति वटाको त नामो निशान छैन ।आशाकिरण: श्रीमान् खोई त ?चुनीमाया: छोरी खोज्न गा’छ ।आशाकिरण: (आश्चर्य मान्दै) किन ? छोरी कता गई ?चुनीमाया: हिजो राति बस्तीमा बाढी पसेपछि हामी लोग्नेस्वास्नी सामान बचाउनतिर लाग्यौ । पछि छोरी खोज्दा छोरी छाप्रोमा थिएन । आशाकिरण: कतै उद्धार टोलीले भेटाएर राखिदिएको हुन सक्छ । शिविरमा बुझ्नु पर्छ । चुनीमाया: मेरी छोरी जीवित छन् कि मरिसकी, बुढो नआई थाहा हुँदैन दिदी । चुनीमाया उसै गरी फेरि सुकसुकाउन थाल्छे । आशाकिरण: छिः के भनेकी त्यस्तो । शुभ शुभ बोल्नु पर्छ । बुवासँगै छोरी फर्केर आउँछे । ढुक्क बस । (भरियाले बोकेको ब्यागबाट एक बोतल पानी, भुजा र दालमोठको एउटा एउटा पाकेट दिँदै) ल, यो समाऊ । म दाताहरूसित तिमीहरूका लागि राहतको अपिल गरौँला । मन बलियो गरेर बस । सब ठिक हुन्छ । अभियन्ता आशाकिरण, पत्रकार र भरिया अर्काे छाप्रातिर जान्छन् । यति नै बेला शमशेर नियास्रो अनुहार पारेर छाप्रोमा फर्केको छ । चुनीमाया ः (लोग्नेलाई एक्लै देखेपछि) ल, खै त छोरी ? भेटेनौ ?शमशेर ः (लामो सुस्केरा हाल्दै रुन्चे स्वरमा) धेरै ठाउँ खोजँे । धेरैलाई सोधेँ । प्रहरी चौकीसम्म पुगेँ तर कसैले देखेँ भनेनन् बुढी । हाम्री छोरीलाई बागमतीले निल्यो बुढी । (ग्वाँ ग्वाँ रुन थाल्छ । लोग्ने रोएपछि चुनीमाया पनि लोग्नेलाई अँगालो मारेर रुन थाल्छे । केहीक्षण सँगै रोएपछि) चुनी, भो नरो । (आँशु पुछिदिँदै) हाम्रो भाग्य नै यस्तो रहेछ । मेयरसापले यहाँ बस्न जोखिम छ, बस्ती खाली गर भन्दा उल्टै ढुङ्गामुढा ग¥यौँ । आखिर त्यति बेलै छोडेर अन्तै कतै गएको भए यसरी छोरी गुमाएर निःसन्तान हुनु पर्ने थिएन ।चुनीमाया ः पसलका लागि ल्याएको कपडा, चुल्हो, भाँडाकुँडा, अन्नपात सबै बगाएर लग्यो बुढो । अब साहुको ऋण, छाप्राको भाडा के गरी तिर्ने होला ? (शमशेरको मलिन अनुहारमा हेर्दै) यतिन्जेल केही खाएको छैनौ होला ?शमशेर ः तैँले पनि त केही खाएकी छैनस् होली नि । केही भए पो खान्थिस् । व्यापार गरेको पच्चिस सय रुपियाँ कमेजको खल्तीमा थियो, त्यो पनि मालसामानसँगै बगाएछ । चुनीमाया ः (दालमोठ र भुजाको पाकेट खोल्दै) एक जना दिदी पत्रकार लिएर आएकी थिइन् । उनैले दिएर गएकी । खाऊ ।शमशेर ः खान मन छैन । (भुजा र दालमोठतिर हेर्दै)चुनीमाया ः खान त मलाई पनि कहाँ मन छ र ! तर भोकभोकै बाँच्न सकिँदैन बुढो । यति खाएर छोरी खोज्न जाऔँ । कतै भेटि पो हाल्छ कि ।शमशेर ः ठिकै भनिस् । मलाई त अझै कमलीसित भेट हुन्छ भन्ने आशा छ । दुवै जनाले भुजा दालमोठ पानीसित कुपुकुपु खान्छन् र लोग्नेस्वास्नी छोरी खोज्न छाप्रोबाट प्रस्थान गर्छन् । दृश्य परिवर्तनसमय ः दिउँसो । स्थान ः चव्रmपथ छेउको खुला ठाउँ । बाढीपीडितहरू दिउँसोको भोजन गर्न लाइन लागेर बसेका छन् । लाइन लामो छ । शमशेर र चुनीमाया पनि लाइनमा खाना पर्खेर बसेका छन् । शमशेर ः चुनी, यसरी कति दिन राहतको भरमा बस्ने होला । बरु गाउँ फर्काैं ।चुनीमाया ः यतिका वर्ष भयो गाउँ छाडेर आएको । अब गाउँ फर्केर के गर्ने ?शमशेर ः पौरख गर्नलाई अभैm पाखुरा मजबुत छ चुनी । गरौँला नि केही न केही । किन चिन्ता गर्छेस् ।चुनीमाया ः जाने भए जाऔँ न त । स्वयंसेवकहरू खाना बाँड्दै उनीहरूसम्म आइपुगेका छन् । शमशेर र चुनीमायाले पेटभरि दाल–भात खान्छन् । शमशेर ः नयाँ बसपार्कबाट गाउँ जाने बस दुई बजे छुट्छ । (उठ्दै) बरु लागाँैं ।चुनीमाया ः अनि बस चढ्नलाई भाडा चाहिएन ? शमशेर ः छ मसँग । बिहान रामलालसित भेटेर बाह्र सय जति लिएँ । अरू पछि दिने भनेको छ । उनीहरू महानगरको बस चढेर नयाँ बसपार्कतिर प्रस्थान गर्छन् । दृश्य परिवर्तन काठमाडौँको नयाँ बसपार्क । विभिन्न गन्तव्यतिर जाने लामो दुरीका बसहरू लहरै रोकिराखेका छन् । आउने जाने यात्रुहरूको बाक्लै चहल पहल छ । काउन्टरबाट माइकमा यात्रुहरूलाई सूचना दिने काम भइरहेको छ । शमशेरले धादिङ जाने दुई वटा टिकट लिन्छन् र दुवै प्रतीक्षालयमा गएर बस्छन् । यत्तिकैमा एउटी बालिका भिख माग्दै उनीहरू भएतिर आउँछे । चुनीमाया ः (लोग्नेलाई कोट्याएर बालिकातिर इङ्गित गर्दै) उता हेर त, हाम्रै कमली जस्तै । शमशेर ः (राम्ररी नियाल्दै) ल, यो त हाम्रै छोरी जस्ती छे त चुनी ।चुनीमाया ः जसको छोरी देखे पनि आफ्नै जस्तो लाग्ने है बुढो ?शमशेर ः हेर्न, हाम्रै कमली जस्तै छे ।चुनीमाया ः जाऔँ जाऔँ । बस छुट्ने बेला भयो । दुवै बेन्चबाट उठ्छन् र बस भएतिर बढ्छन् । बालिका ः (दौडँदै आएर पछाडिबाट चुनीमायाको कुर्तामा समाउँदै) मैले बिहानदेखि केही खाएकी छैन आन्टी । बिस्कुट खाने पैसा दिनु न । चुनीमायालाई अहिले कमली बोलेकी जस्तो लाग्छ र फर्केर हेर्दा त्यो बालिका उनीहरूकै छोरी कमली हुन्छे । आमा छोरीको नजर जुझ्छ । चुनीमाया ः (बालिकालाई एकाएक अँगालो हालेर रुन्चे स्वरमा) छोरी, कमली तँ यहाँ ?कमली ः (चुनीमायालाई च्याप्प समातेर) ममी !चुनीमाया ः (अघि अघि लागेको लोग्नेतिर हेरेर चिच्याउँदे) औ बुढो ! यता हेर त । हाम्रो छोरी भेटियो ।शमशेर ः (फर्केर हेर्दा आमाछोरीलाई अँगालोमा बाँधिएको देख्छन् र दौड्दै आउँछ र राम्ररी नियाल्दै) कमली मेरी छोरी ! (मायाले सुम्सुमाउँदै) यति दिन कहाँ थियौ छोरी ? हामीले तिमीलाई कहाँ कहाँ खोजेनौ । (यता बसले प्रस्थान गर्नलाई हर्न बजाएर अन्तिम सङ्केत दिन्छ । शमशेर र चुनीमाया छोरीलाई डो-याउँदै हतार हतार बस चढ्छन् । बस छुट्छ ।) मधुपर्कहेटौँडा, मकवानपुर
नयाँ थितिरीति
मित्र ! तपाईंले म कहाँ हराएँ भन्ने चिन्ता लिनुभएको छ भने त्यसलाई चटक्कै छोडिहाल्नुस् है । वास्तवमा म आजकल अति नै व्यस्त छु । त्यसैले तपाईं हिँड्ने गोरेटो र म दौडिरहेको घोडेटो
पशुपति वाग्लेका नाममा एउटा पत्र (स्मृति)
प्रिय भाइ, यति बेला तिमी कहिल्यै नफर्कने गरी यस दुनियाँबाट विलुप्त भएको पनि चाँैतिस पुगेर पैँतिस वर्ष लागिसकेछ तर मेरो स्मृतिमा भने तिमी निरन्तर मेरो मनको मझेरीमा खेलिररहेका
ढोका अझै बन्द नै छ (कथा)
निस्किन त म घरबाट निस्केँ तर म निकै दोधारमा छु– जाउँ कि हतार गरेर वा अहिले नै नजाउँ । जुन ठाउँमा मान पाइने हो या तिरस्कार पाइने हो थाहा छैन, त्यो ठाउँमा जान सजिलो नहुँदोरहेछ ।
काठको बाकस (कथा)
इमानदार नेपालीको जन्म सुदूरपश्चिम डडेल्धुरा जिल्लाको रुवाखोला गाउँमा निम्न वर्गीय किसान परिवारमा भएको हो । गुजारामुखी कृषि पशुपालन गरी जेनतेन जीवन चलाइरहेको