वर्तमान नेपाल निर्माणमा पृथ्वीनारायण शाह र विभिन्न युगपुरुषबाट योगदान भएको छ । नेपाललाई एक सूत्रमा बाँध्ने अभियानलाई श्री ५ पृथ्वीनारायण शाहपछि उल्लेखनीय प्रयास गर्ने देशभक्तमध्ये श्री ५ राजेन्द्रलक्ष्मी र बहादुर शाह तथा भीमसेन थापा, एकीकरणको प्रथम वीरगति प्राप्त योद्धा काजी कालु पाँडे र एकीकरणको अन्तिम युद्धमा वीरगति प्राप्त काजी तुलाराम पाँडेको योगदान विशेष रहेको छ । देशभित्र साना–साना राज्यहरूबिच गुट र फुटको समस्या र भारतमा अङ्ग्रेजद्वारा कूटनीतिको बल्छी हालिएको बेला नेपाल एकीकरणका प्रयास सफलतासाथ सम्पन्न भएको थियो । श्री ५ पृथ्वीबाट पहिलो, श्री ५ राजेन्द्रलक्ष्मी र बहादुर शाहबाट दोस्रो र भीमसेन थापाबाट तेस्रो चरण गरी नेपाल एकीकरणको महान् कार्य सम्पन्न भएको थियो ।
साना साना थुम र टाकुरे राज्यमा विभक्त भू–खण्डलाई समेटी शक्तिशाली नेपाल राज्य एकीकृत र सङ्गठित गर्न विसं १८०१ (इसं १७४४) को नुवाकोट विजयदेखि विसं १८७३ (इसं १८१६) को सुगौली सन्धिसम्म करिब ७३ वर्ष लागेको थियो । नेपाललाई एउटै झन्डामा गोलबद्ध गर्न पृथ्वीनारायणले साम, दाम, दण्ड, भेदका नीति अपनाएका थिए । उनले अपनाएका नीति सामान्यतः निम्नानुसार देखिन्छ ।
(१) प्रतिद्वन्द्वीसँग वैवाहिक र मितेरी सम्बन्ध (२) व्यापारिक घाँटीको नाकाबन्दी (३) युद्ध उपयुक्त किल्लाको अधिग्रहण र सैनिक चौकीको स्थापना (४) सैनिक शक्ति वृद्धि र आधुनिक खरखजानाको जोरजम्मा (५) विजय प्राप्त क्षेत्रका जनजीवनको सुरक्षा, सांस्कृतिक सम्मान एवं युद्धमा संलग्न भाइभारदारको मर्यादा । उपर्युक्त दूरदर्शी र कूटनीतिबाट उपत्यका र अन्य सानाठुला राज्यहरूलाई स्वराज्यमा एकीकृत गर्ने श्री ५ पृथ्वीनारायण शाहको प्रयासलाई भूविस्तारका दृष्टिले तीन विभागमा राख्न सकिन्छ ।
(क) उपत्यका विजयअघि, (२) उपत्यका विजय, (ग) उपत्यका विजयपछि । नेपाल एकीकरणको अभियान प्रारम्भअघि आन्तरिक असन्तोष र बाहिरी खतराले नेपाल च्यापिएको थियो । यस्तो सङ्व्रmमणीय समयमा पृथ्वीको पाइला सफलतापूर्वक टेकिँदै विजयको बिगुल बज्दै गयो । एकीकृत नेपालका संस्थापक दिव्यपुरुष पृथ्वीले साना दुःखकष्टले होइन, ठुलो साहस, दूरदृष्टि र महान् भावनाले नेपाललाई एकताबद्ध गराए र नेपाली सैन्य शक्तिको पनि स्थापना गरे । उनीअघिको नेपाल आपसमा फुटेर कमजोर भएको र बाहिरी शक्तिले गाँज्ने अवस्था हुँदा सबैलाई एकताको सूत्रमा बाध्ने जुन कार्य गरे त्यो विस्तार वा अतिव्रmमण थिएन । त्यो टुव्रिmएर भताभुङ्ग भएको विशाल नेपाललाई पुनर्सबलीकरण र एकीकरणको पवित्र पाइला थियो । यसैले श्री ५ पृथ्वीनारायण शाहलाई नेपालका राष्ट्रपिता मान्नु पर्छ । राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र
राष्ट्रिय पहिचानमा पनि यिनी पुजनीय छन् । नेपालको विविधता तथा विशिष्टतालाई एउटै भावनात्मक राष्ट्रिय प्रवाहमा प्रवाहित विकास गरी देशलाई सुख, शान्ति र समृद्ध बनाउन अब वर्तमान पुस्ताले योगदान दिनु पर्छ । यसका लागि पृथ्वीनारायण शाहका दिव्योपदेशको पालना, पुनव्र्याख्या र समयानुकूल बोध गर्नु आवश्यक छ ।
श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको सुवर्णमय दिव्य उपदेश वास्तवमा नेपाल राष्ट्रको आन्तरिक र बाह्य नीतिको निर्देशक सिद्धान्त हो । उनको सारा अध्ययन र अनुभव समेटिएको यो दिव्यवाणीले कालान्तरसम्म नेपालको हित हुने छ । पृथ्वीनारायणका कतिपय भनाइको शब्दमा मात्र अर्थ खोज्नु हुँदैन । उतिखेरको उनका भनाइमा आधुनिक विचार पनि खोज्नु पर्छ । अहिले कतिपय सन्दर्भमा उनका भनाइ असान्दर्भिक पनि लाग्न सक्छन् तर ती भनाइको तात्पर्य र उद्देश्यलाई बृहत् अर्थमा बुझ्नु पर्छ ।
त्यसबखत रणनीतिक दृष्टिले लमजुङलाई गरुड, गोर्खा सर्प र नेपाल अर्थात् काठमाडौँलाई भ्यागुतो ठह¥याएका थिए । यसको अर्थ अहिलेको परिस्थितिमा खोज्नु हुँदैन । तत्कालीन समाज र परिवेशमा यस्ता भनाइको तात्पर्य बुझ्नु पर्छ । यसै गरी उनको चार जातको पनि नृताìिवक र समाजशास्त्रीय अनुभव अनुसार ‘बाहुन खस, मगर, ठकुरीमध्ये बाहुन अघि लाउँदा पातक लाग्छ, ठकुरीलाई सिंह हुँदा दागा धर्छ, मगरको भर छिटो छरितो हुने’ जुन विचार व्यक्त गरेका थिए यस्ता भनाइको सन्देश र तात्पर्यलाई पनि बृहत् अर्थमा बुझ्नु पर्छ । सन्धिसम्झौतामा सल्लाह लिन उनले खोजे । उदाहरणका लागि दुनियाँ जोसँग राजी हुन्छ, उसैलाई कजायी दिनू भन्ने शास्त्रसम्मत मत अनुसार कालुलाई कजाइ दिएका हुन् । राजाको व्यक्तिगत चाहना विराज बखतीलाई सेना प्रमुख नियुक्ति गर्ने भए पनि बाइसे चौबिसेले समेत कालु पाँडे नै ठिक भनेकाले ज्यादै बुद्धि भएका कालुलाई कजायी दिएका थिए । यसबाट राज्य सञ्चालकले व्यक्ति हैन, व्यक्तिका योग्यताहरूलाई मान्यता गरेको र जनमतअनुसार उच्च ओहदामा नियुक्ति गर्दा नै राष्ट्रको हित हुने बुझिन्छ । आन्तरिक खिचातानी नहोस् भनी बस्न्यात र पाँडेबिच बिहे गराई पाँडेको ढाल र बस्न्यातको तरबारको बलमा एकीकरण अभियानलाई सशक्त बनाएका थिए । राजनीतिमा शक्तिको द्वन्द्व घटाउनु व्यक्ति व्यक्तिबिचको सम्बन्धले ठुलो भूमिका खेल्ने हुँदा यसतर्फ पनि उनले ध्यान गएको देखिन्छ ।
बाह्य सम्बन्धबारे भूरणनीतिक दृष्टिले यो राजे (नेपाल) ‘दुई ढुङ्गाको तरुल जस्तो रहेछ भनेका थिए, जुन अनुभव वर्तमान नेपालले गरिरहेको छ । चीनसित ठुलो घाहा राख्नु, दखिनको समुद्रकासित घाहा त राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्थानलाई दबाइ राखेको छ, सरजमीमा परिरहेछ । हिन्दुस्थान जाग्यो भने कठिन पर्ला जस्ता विचार वर्तमानमा पनि उत्तिकै सान्दर्भिक र मननीय देखिन्छ । वर्तमान विश्व राजनीतिमा धेरै अभ्यास र अनुभव परिवर्तन भएका छन् तर यस्ता विचारको जगमा भने सत्य र तथ्य देखिन्छ ।
सन्धिसर्पन हेरी गढी तुल्याइ भाँजा हाली राखनु, एक दिन त्यो बल आउन्या छ भनेर पृथ्वीनारायण शाहाले नेपालको सुरक्षाका लागि रणनीतिको प्रबन्ध गर्न औँल्याएको बुझिन्छ । नभन्दै पृथ्वीको आकलन अनुसार नेपालले ब्रिटिसको हमला खेप्नु परेको इतिहास छ । जाइ कटक नगर्नु झिकी कटक गर्नु । चुरे घाँटीमा लडाइँमा पुकेन भने लोलोपोतो अनेक कलछल गरीकन पनि यो नेपाल किल्ला काठमाडौँ शिवपुरी, फूलचोकी, चन्द्रागिरि किल्ला पक्की बनाउन किल्लापिछे तोप लमछट गरी राखी दिनु र जति भन्ज्याङ छन् भन्ज्याङपिछे एकएक फलामे ढोका बनाइ ढोका पिछे एकएक तोप लमछट गरी राखी दिनु । पाँच पाँच सिपाही राखी दिनु । यसो भएपछि चेवा गर्ने, चर्चा गर्ने, भाग्न्या, हान्या, ढुकुवा, फसादी, खुनी र यस्ताहरूको पनि केही चल्ने छैन भनेर पृथ्वीले तत्कालीन सुरक्षा अवधारण स्पष्ट गरेका थिए ।
राम शाह, जयस्थिति, महिन्द्र मल्लले बाँधेको थिति सबै हेरेर पृथ्वीले पनि थिति बाँध्ने इच्छा देखाएका थिए । समाज सञ्चालनमा व्यवस्था मिलाउने सोच राखे पनि त्यसमा काम हुन नसकेको बुझिन्छ । तीन सहरका बासिन्दालाई चिसो नहुन र केवल हल्का रूपमा नलिन बुद्धि लगाएर बहादुरी साथ अघि बढ्न सङ्केत गरेका छन् । उनले तीन सहरलाई चिसो ढुङ्गो ठह¥याएका छन् । खेलखाल मात्रै ठुलो रहेछ, कुवाको पानी खाने छेउ बुद्धि पनि हुँदैन, सुरो पनि हुँदैन, खेलखाल मात्र रहेछ भन्ने ठह¥याएका छन्, जुन भनाइलाई वर्तमानका अवधारणभन्दा तत्कालीन परिस्थितिको विश्लेषण भनेर बुझ्नु पर्छ ।
उनको मनसुवा दहचोकमा दरबार बनाउने थियो । चारै दिशा गुरुपुरोहित, भाइभैयाद, भारदार मिर, उमराउको घर बनाई छुट्टा दरबार बनाउने इच्छा राखेका थिए । दहचोक किल्लाका रूपमा विकास गर्न उनले त्यो ठाउँमा कीर्तिपुर हमला गर्दा बसोबास गरेको अनुभवले बोलेका हुन् । वास्तवमा दरबार निर्माणका लागि त्यो ठाउँ उपयुक्त देखिन्छ । व्यापार वाणिज्यको नीतिमा पनि उनले नेपालको हित हेरेका छन् । देशका (विदेशका) महाजनलाई गौर– पर्सादेखि उँभो आउन नदिनु, देशका महाजनहरू हाम्रा मुलुकमा आए भने दुनियाँ कङ्गाल गरी छाड्छन् ।
देशको कपडा लगाउनेलाई मन्हाइ गरिदिनु । अफ्ना देशका कपरा बन्न जान्यालाई नमुना देखाई सघाउनु र बन्न दिनु । यसो भए आफ्नो देशको जिनिस विदेश लगेर नगद ल्याउनु जस्ता जुन विचार पृथ्वीले व्यक्त गरेका थिए, वर्तमान विश्व अर्थ तथा बजार व्यवस्थामा यस्ता व्याख्यालाई असान्दर्भिक भन्न सकिएला तर तत्कालीन नेपालको यस्ता आवश्यकतालाई नकार्न सकिँदैन थियो ।
प्रजा मोटा भए दरबार बलियो रहन्छ । राजाका भन्डार भनेको रैतानहरू हुन् । मुलुकमा इजारा पनि नदिनु, सरकारबाट अमानित राखी सरकारिया तहसिल राखी साल्वसालको कर्चा लिनु भनेर पृथ्वीले सरकारी राजस्व र आर्थिक व्यवस्थालाई पनि बाटो देखाएका थिए । सिपाही हुन् वा भाइभारदार हुन्, यिनलाई दवलथ कमाउन नदिनु । आदमी हेरी हुर्मत मात्रै राखिदिनु किनकि दवलथ भएकाले तरबारमा पसी मर्न÷मार्न सक्तैनन् । सिपाही भारदारले सोखमा पसे भने राज्य कमजोर हुने उनको ठहर वर्तमान राज्य सञ्चालनमा देखिएका विकृति, विसङ्गतिका उदाहरणमा अति सान्दर्भिक देखिन्छ । देशका ठुला पदका भारदार र सेनाका सिपाहीसम्मलाई जीवनयापनको बन्दोबस्त गर्ने तर अन्धाधुन्दा धनी बन्न दिनु देशका लागि राम्रो नहुने सतर्कता अपनाउन पृथ्वीले सूचित गरेका छन् । कर्मचारी ज्यादै सुखसयलमा रहे भने यिनले कानुनलाई जोगाउन नसक्ने, फितलो कमजोर हुने उनको आकलन छ । आफैँ भ्रष्टाचारमा डुबेपछि काममा कडाइ हुन सक्तैन भन्ने पृथ्वीको भनाइ र अनुभव कालजयी देखिन्छ ।
मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया भनेर पृथ्वीले नेपालको विविधता र एकतालाई जीवन्त तुल्याएका थिए, जुन आज पर्यन्त उत्तिकै सान्दर्भिक छ । कालुको सन्तानलाई कपर्दारी नछुटाउनु । दखिनको घाहा शिवराम बस्न्यातका सन्तानलाई नछुटाउनु, भोटको घाहा कालु पाँडेका सन्तानलाई नछुटाउनु भनेर देशका लागि मरिमेट्ने राष्ट्रसेवकका परिवारलाई राष्ट्रले हेर्नु पर्छ भन्ने उनको चेतना पनि दिव्य उपदेशमा छ ।
राजाले ठुलो निया निसाफ हेर्नु अन्याय मुलुकमा हुन नदिनु । नियानिसाफ बिगान्र्या भनेको घुष दिन्या र घुष खान्या इन दुईको त धनजीव गरी लियाको पनि पाप छैन । यी राजाका महासतुर हुन् । राजाले नियानिसाफमा ध्यान दिनु पर्छ पर्छ भनेका विचार शासन सञ्चालकहरूले अझ बढी मनन गर्नुपर्ने छ । यसरी विभिन्न सन्दर्भमा श्री ५ पृथ्वीनारायण शाहबाट व्यक्त विचारलाई समसाययिक बनाउनुपर्ने देखिन्छ । मधुपर्क