• १३ पुस २०८१, शनिबार

मुक्तिनाथ जाने बाटो

blog

‘झ-यो, खस्यो । खस्यो, खस्यो । ... झ-यो, झ-यो । ए ... पख, एकछिन पख ...! कसैले पनि हत्तार नगर है । मास्तिर हेर्दै हिँड । तलतिर पनि हेर्दै आफ्नो ख्याल गरेर अघि बढ्ने है । होश गरेर हिँड्ने, ज्यान जाला ।’

बाटोमा यसरी सचेत स्वर–सुसेलिँदै । सबैले सावधानी अपनाउन भनिँदै । हाम्रा कानसम्म ध्वनित हुँदा यी आवाजले त्राहिमाम–त्राहिमान, ओहो यात्रा कति जोखिममा ?! भ्रमणमा निस्किनु कति भयमय ।

पहिरो गइरहेको सडकमार्ग । सडकभन्दा पनि कच्ची बाटो । जहाँ गाह्रो, त्यहीँ साह्रो भने जस्तै । कति अप्ठ्यारो, कति असजिलो, कति अस्तव्यस्त !

तथापि हाम्रा लागि यात्राको मज्जा नै यही । भ्रमणको अविस्मरणीय क्षणहरू नै यिनै । जहाँ यस्ता व्यवधान उछिनेर पुगिन्छ, त्यो ठाउँ जिन्दगीको सर्वाेत्तम खुसी मिल्ने ठाउँ हुन्छ । जस्तो कि, प्रसव पीडापछिको खुसी कति आनन्दको हुन्छ । लामो विछोडपछिको मिलन कति रमाइलो हुन्छ ।

बाटै ढाकेर बडेमानको रुख लम्पसार परिरहेको भेटिने । हल्चल गर्न नसकिने भीमकाय ढुङ्गा थुप्रिरहेको देखिने । अवरोधका अनेकौँ तगाराहरू । पाइलैपिच्छे बाटो छेक्ने बेइमान बदमास स्वरूप र संरचनाहरू । बाटोमाथि खोला कुदिरहेको । त्यही खोलामा गाडी गुडिरहेको । त्यसमाथि चुच्चा, तिखा ढुङ्गाले ज्यान मार्ने जोखाना हेरिरहे जस्तै लाग्ने । तल हे¥यो कालीगण्डकीले काल कुरिरहे झैँ लाग्ने । माथि हेर्दा भीरबाट कुन बेला पहिरो झर्ने हो, कति बेला ढुङ्गा खस्ने हो भन्ने त्राश । 

पल पल त्राहिमामको यात्रा । मन र मुटु भ-याक्क–भ-याक्क हुने । मुटु कमजोर हुनेहरूले मन थाम्न सायदै सक्लान् ? मुटु हत्केलामा राखेर यात्रा तय गर्नुपर्ने । जोखिमको पराकाष्टा नै थियो । 

कैयौँ ठक्कर खायो गाडीले । कति पटक पानीमा चोबलियो । हिलोमा भास्सियो । खाल्डामा जाक्कियो । कठिन उकालो चढ्यो फेरि तुरुन्तै ठाडो ओह्रालो झ-यो । अप्ठ्यारो घुम्ती छिचोल्यो । साँघुरो कुइनेटो काट्यो । गाडी जाममा पालो पर्खियो, पालो दियो । 

पर्खाइको पीडा कति कति । पीडादायी कष्टका कथा भनिसाध्य हुँदैन रहेछ । यद्यपि दुःखपछि सुखका अनुभूतिहरू मह जस्तै कति गुलियो, कति स्वादिलो साह्रै मिठो !

वास्तवमा म्याग्दी, मुस्ताङले मात्रै होइन सबै यात्रीले खोजेको विकास राम्रो र व्यवस्थित सडक सञ्जाल नै हो ।

साँच्चै यात्री बन्न गाह्रो छ । घुमन्ते जीवनको पाइला पाइलामा जोखिम धेरै रहिरहन्छ । यात्रामा कति तगाराहरू तेर्सिने । कति पर्खाल ठडिने । कति अप्रिय घटना पनि घटित हुने । अवरोधका विघ्नबाधा पाइलैपिच्छे भेटिने । थाहा छैन कतिसम्म मुस्किलको काम हो गाडीमा गुडेर गन्तव्य पुग्न । गन्तव्य पुग्नुको खुसी त छँदै छ । तथापि गन्तव्य पुग्न मात्रै होइन सकुशल घर फर्किन पनि ठुलो युद्ध विजयकै रूप हो । 

पुलपुलेसा, खोलाखहरेलाई पछाडि छाड्दै गुड्यो, गुडिरह्यो गाडी । जबर्जस्तीका बाटाघाटाहरूलाई पाङ्ग्राले लात हान्दै हाम्रो स्कारपियो हुइँकिरह्यो । हामीलाई गन्तव्यमा नपु¥याएसम्म उसले आफ्नो गति रोकेन । यस्तो जोखिमको ज्यानमारा बाटोमा गाडी कुदाउने धन्य हाम्रा चालक गुरुजीहरू ।

उकालो सिद्धिएपछिको अर्को छ्याङ्ग पाटोमा पुगेर बल्ल गाडी घ्याच्च रोकियो । हामीमध्ये कति अधकल्चो सपनामै झुलिरहेका । कोही थाकेर लखतरान आँखा झप्काइरहेका । कति चाहिँ विकट बाटो देखर आत्तिरहेका । गुरुजीले ‘रुप्से झरना’ को नाम लिँदा पो हामी सबै झस्किएर उठ्यौँ । आँखा झरनातिर हुत्याउँदै हातमा मोबाइल बोकेर दौडिँदा चिप्लेर लडेको पनि ख्याल भएन । झरनाको छिटाले भिजिँदा पनि मतलव भएन । हिलोमा गाडिएर जुत्ता, जुराफ हिलाम्मे भएको पनि ख्याल गरिएन ।

मुक्तिनाथ पुग्नुको हतारो एकातिर । फर्किनुको सकस र सास्ती अर्कोतिर । किनभने पुग्नुपर्ने गन्तव्य थियो रहस्यमय सुन्दरताको संसार । तर जानुपर्ने बाटोको बिजोग भनिसाध्य थिएन । सम्झिँदा पनि अत्यास लाग्ने । फर्किएर फेरि आउन मन नलाग्ने । बिल्लिबाठको अवस्था । माथिबाट कुन बेला पहिरो खस्ने हो भन्ने चिन्ता र तनाव । कहाँ पुगेर बाटो छेकिने हो र अनकन्टारमा अलपत्र अल्झिनुपर्ने हो भन्ने डर ।

बाग्लुङ र बेनी छुट्टिने दोबाटोदेखि नै बाटोको हबिगत कष्टप्रद । यात्राको यो शुभारम्भ दृश्य । अहिले नै यात्राको मैजारो भएको छैन । पुग्नुपर्ने गन्तव्य झन् अझ अत्यन्त कठिनको । बल्लतल्ल गलेश्वरमा पुगेर बास बसी भोलिपल्ट बिहानैको यात्रा प्रारम्भ भयो । परन्तु एकैछिनपछि बाटोको दुर्दशाले गाडी सजिलै अगाडि बढ्न सकेन । 

‘बाटो यस्तो पनि हुन्छ र ? के यही हो र हामी जाने बाटो !? खोला हो कि बगर हो यो बाटो ? यस्तो बाटो त अन्त कतै देखेको छैन । यति धेरै चल्तीको बाटोलाई राम्ररी किन नबनाएको होला ? सबैले सधैँ हिँड्नुपर्ने बाटोको यस्तो बिजोकको हबिगत अवस्था हुँदासमेत किन कसैको पनि ध्यान नगएको हो ? यात्री मात्रै होइन स्थानीयलाई आवतजावतमा सहज सुविधा दिन नसक्नु कमजोरी कसको ?’

प्रश्नहरू ओइरिरहे । जिज्ञासा जागै रहिरहे । तर उत्तरहरू चाहिँ ओइलिँदै ओझेलिँदै गए । अनुत्तरित प्रश्नका तगाराले बाटो छेक्दै छेक्दै गए । तगाराका कारण तेर्सिएका गाडीको लामै लाइन । त्यसलाई नाघेर अघि बढ्न अधैर्यको असीमित घडी । पर्खाइको पीडा कतिसम्म भने पाँच मिनेट बित्न पनि पाँच दिन जत्तिकै लामो ।

सुख प्राप्तिका लागि दुःखका बग्रेल्ती बाटो हिँड्नुपर्छ । अप्ठ्यारालाई पैतालाले टेकेर, कुल्चेर मात्र हैन गाडीका पाङ्ग्राले किचिमिची पारेर अघि बढ्नुको विकल्प छैन । उध्रिएको लुगा जस्तो भए त सिलाउनुहुन्थ्यो । तर सडक फाटेको थियो धुजा धुजा भएर । टालटुल गर्नु कसरी र गर्ने कसले ? फाट्नु पनि धाँजा परेर, चिरा–चिरा भएर फाटेको छ । त्यसका लागि ठुलै जनशक्ति र धेरै लगानी चाहिन्छ । 

सात्तो जाने बाटाघाटा । ज्यानमारा उकाली, ओराली र घुम्तीहरू । मन र मुटु हत्केलामा राखेर । आँखामा तिरिमिरीझ्याइँ हुँदै । कहिले डराउँदै, कतै हराउँदै कराउँदै । हैरान भएर लल्याकलुलुक, लखतरान भएर पनि पुग्नुको तृष्णा तीव्र । अनि आफूले आफैँलाई सम्हाल्दै । सँगैका आफन्तलाई पनि सम्झाउँदै । अलिकति हर्ष र हल्का विस्मातले वशीभूत ।

यस्तो कठिन यात्रा तैपनि यात्रीलाई यही प्यारो छ । समग्र परिवेशले प्राकृतिक सौन्दर्यको मृदु मुस्कान पस्किरहेछ । त्यही आकर्षणले यात्रीहरूलाई निम्त्याउँदै । त्यही निम्तो मान्न पाहुना गइरहेछन् । हिउँदबर्खा र घामपानी केही नभनी पदयात्री र तीर्थयात्रीको लर्को लागिरहेछ  । मुक्तिनाथ जाने बाटोमा आइपर्ने कैयौँ विघ्नबाधालाई छोडेर हामी पनि निम्तो स्वीकारेर जाँदै छौँ ।

घाँसामा कुबेलाको पहिरोले बाटो साँघुरो । म्हेकुगाउँ नपुग्दासम्म अत्यन्तै अप्ठ्यारो बाटो । केही सहज बाटोको सुविधा उपभोग गर्न नपाउँदै मिसीगाउँसम्म फेरि यात्रीको बिल्लिबाठ । ढलान गरिएको बाटोको सुविधा आउँदा गाडीले राहतको अनुभवसहित सायद ढुक्कले बल्ल लामो सास फेर्न पाउने ।

‘गाडीले सास फे¥यो । मैले पनि हलुका महसुस गरेँ ।’ गुरुजीले लामो सास तानेर भने ।

छयोगाउँदेखि ढलान गरिएको ठाडो उकालो बाटो । लार्जुङ, कोबाङ हुँदै लेते । त्यसपछि मार्फा, जोमसोम । कालीगण्डकीको किनारै किनार लेतेबजार नपुग्दै पहिरो झरेका ढुङ्गा र माटोको उरुङ्खात । लेतेबजार सफा र राम्रो सडक । तर लेतेखोला पुल निकै जोखिमको थियो । कवि भूपि शेरचनले उहिल्यै देखेको र लेखेको ‘लेतेखोला’ आज पनि मलाई उस्तै लाग्यो । शान्त र दुब्लो । टुकुचे नपुगुन्ज्याल बाटाको बिजोग । थासाङ नपुगुन्जेल बाटो फेरि अप्ठ्यारो उस्तै ।

निराशामा आशा जगाउँदै गुरुजी भनिरहेका हुन्छन्– ‘हजुरहरू कत्ति पनि डराउनु पर्दैन है । म जसरी पनि पुग्नुपर्ने ठाउँ पु¥याएर ल्याउँछु । यतातिर सबै ठाउँको बाटो नै यस्तै हो । कहिल्यै पहाड नटेका र नदेखेका सात समुद्र पारिका मान्छे त रमाएर फर्किन्छन् । हजुरहरू त झन् नेपाली केको डर मान्नुप¥यो ? किन डराउनुप¥यो ?’

‘यति राम्रो झरना भएको ठाउँमा कति ठुला ढुङ्गाको थुप्रो र कति धेरै पहिरो गएको होला !?’ मैले यति भनिसक्दा गुरुजीले थपे– केही वर्षअघि यहाँ माथिदेखि तलैसम्म प्रशस्तै रिसोर्ट थिए । मुक्तिनाथ जाने–आउने यात्री मात्र होइन यही झरना हेर्नका लागि आउनेहरूको पनि यो ठाउँ रमाइलो गन्तव्य थियो । तर पहिरो जाने र त्यसको उचित व्यवस्थापन गर्न नसक्दा सबै व्यवसायी भागाभाग भए । सुन्दर स्थान बिस्तारै उराँठलाग्दो भयो ।’

डराएर पनि के गर्नु र ! कतिसम्म डराउनु, कतिसम्म हैरान हुनु ? वर्षौंदेखि यस्तै बाटोमा मान्छे ओहोर–दोहोर गरिरहेकै छन् । बडेमानका गाडी पनि सजिलै गुडिरहेका छन् । हाम्रो त ‘स्कारपियो’ त्यति कठिन हुँदैन । तर बाटोको हबिगतले हाम्रो गाडी पनि कुन बेला के हुने हो भन्न सकिने स्थिति थिएन । किनभने जानुपर्ने अझै टाढा । फेरि फर्किनुपर्ने यही बाटो । कति ठाउँमा गाडी बिग्रिएर यात्री अलपत्र परेर हैरान भइरहेका भेटिएका हुन् ।

मुक्तिनाथ जाने बाटोको अवस्थाले हामी कहाँ पुगिसक्नुपर्ने । कहिले रोकिँदै । कहिले पालो पर्खिंदै । अविरल यात्रा अवरुद्ध भइरह्यो । पर्खिंदै जाँदा घण्टौँ बितेकोमा हामी वाक्क दिक्क हुन्छौँ । बाटोको अवस्थाले बिच बाटोबाटै फर्किन मन लाग्छ । किनभने कतै पहिरोले पहाडकै चोक्टा ताछेर कालीगण्डकीमा फालिदिएको । कहीँ पहिरो झरेर बाटो नै हराएको । खोस्रिँदै, खन्दै बाटो खोज्नुपर्ने । पहिरो पन्छाउँदै, ढुङ्गा र बोटबुट्यान फाल्दै बाटो फेला पार्नुपर्ने ।

‘अब त यस्तो बाटो कहिल्यै पनि आउँदिनँ । बाटो यति बिजोगको छ भन्ने थाहा पाएको भए म आउने नै थिइनँ ।’ मेरै छोरी ऋचा श्रेष्ठ यसो भनेर दिक्क मानिरहेकी थिइन् । श्रीमती कल्पनाजीको प्रतिव्रिmया पनि यस्तै । छोरा सुमितले भने ‘बाटो यस्तै त हो नि’ भन्दै सम्झाइरहेको हुन्थ्यो ।

‘जिन्दगीमा लामो यात्रा गर्नु छ भने हिँड्ने अभ्यास होइन बरु आफूलाई लड्नबाट बचाउने अभ्यास गर्नु पर्छ ।’ 

यो भनाइ यस यात्रामा निकै उपयोगी लाग्यो । किनभने यहाँका बाटाघाटामा अगाडि पुग्नका लागि पाइला सार्न सक्नु मात्र ठुलो कुरा हुँदैन रहेछ । पाइला पाइला सास थामेर लड्नबाट आफूलाई बचाएर गन्तव्यसम्म पुग्न सकिने रहेछ ।

पाखापखेराका बोटबनस्पतिहरू समेत हामीलाई हेरेर खिसी गरिरहे झँै लाग्थ्यो । ‘हामी यतिका वर्षदेखि झरीवर्षा, घामपानी, हुरीबतास, असिना, खडेरी सारा सहेर पनि हाँसिरहेका छौँ । तिमीहरू छिनभर पनि धैर्य गर्न नसक्ने ?’ भन्दै गिज्याइरहे झँै लाग्छ ।

प्रकृतिको प्रलाप महसुस गर्छु । अनि मनमनै भन्छु– ‘हामी कहाँ अधैर्य छौँ र ? बरु यसरी एकछिन रोकिनुपर्दा प्रकृतिसँग साक्षात्कार हुने अवसर मिलेको छ । धन्य प्रकृति तिमी र तिम्रो धैर्य ।’

यसरी यो जाम, यो ढिलाइ र यो अलमल पनि यात्रामा अर्को पाठ प्राप्तिको सुखद क्षण बन्ला भन्ने कहिल्यै सोचिएको थिएन । परन्तु यात्रामा सोचेभन्दा नसोचेको कुराले नै फाइदा गर्दोरहेछ । चट्टान फोरेर पलाएका पालुवा यस्ते पीडालाई पचाएर फव्रिmएका छन् । हामीसँग संवाद गर्न ती पनि अगाडि पर्छन् । अङ्कुरण, कोपिला र फूल बनेसम्मका तिनका जीवनचव्रm मनन गर्छु ।

‘तिमीहरूलाई के थाहा, म कस्तो अवस्थाबाट पनि कत्ति नआत्तिई जीवन बनेर फुलिरहेछु । पाहुना पर्खेर हाँसिरहेछु । अझ म कतिसम्म भाग्यमानी छु भने भगवान मुक्तिनाथको शिरमा समेत शोभायमान हुन पाउँछु ।’ फूलले मलाई खुसुक्क भनेका कुरा यति मात्र होइन अरू धेरै छन् । फूलको नम्रतालाई नमन गर्दै म अर्को वनस्पतितिर आँखा पु¥याउँछु ।

प्रकृतिले गरेको संवादको सिलसिला निकै गम्भीर पनि छ । कतै माथिबाट अझ टाढैदेखि गड्गडाउँदै बगेको छहराको छवि जति सुन्दर छ गन्तव्य भेट्न दौडिएको गति कम सास्तीमय छैन रहेछ ।

म्याग्दीको सदरमुकाम बेनीबाट ७६ किमिको दूरीमा अवस्थित प्रसिद्ध जोमसोम बजार । जहाँ पोखरादेखि हवाईयात्राको सुविधा छ । दिउँसो हावा चल्न थालेपछि जहाज उड्दैन । बिहान मात्रै जहाज उड्ने तर त्यो पनि निश्चित हुँदैन । यसो हुँदा यात्रीलाई खासै सुविधा छैन । बाटोमा पर्ने म्याग्दीको हिस्तान, घारा, मिरकोट दाना, तिप्ल्यााङ गाउँ र मुस्ताङ जिल्लाको घाँसा, लेते, कोवाङ र मार्फा हुँदै जोमसोम । 

लेतेगाउँ घमाइलो ठाउँ । हिमालको काखमा कालीगण्डकीको किनारमा अवस्थित । खोलानाला, झरना, हरियो जङ्गल । लेतेलाई पछाडि छोडेर उत्तरतिर उक्लेपछि त बनजङ्गल देख्न मुस्किल हुन्छ । हरियाली शून्य । केही माथिका चुचुरामा हिउँ हेरेर सन्तोष हुन्छ मन ।

थाकखोलामा स्थानीय आदिवासी थकालीले आफ्नो पहिचान र सभ्यता फैलाएर बसेका छन् । थकाली जातिको पहिचान पनि थाकखोलाकै नामबाट चिनिएको हो ।

सुख, शान्ति, सन्तुष्टि र समृद्धि प्राप्ति हेतु हामी जीवनमा बाँचुन्जेल सङ्घर्ष गर्दै रहन्छौँ । हामीले चाहेको सुख र खोजेको सन्तुष्टि पनि यिनै हुन् । यिनकै प्राप्तिका निम्ति हामी मृत्युपर्यन्त मरिमेटेर खटिन्छौँ । कतिसम्म भने आफ्नो स्वास्थ्यको ख्यालसमेत हामी गर्न भ्याउँदैनौँ । धर्म प्राप्तिका निम्ति हिँडिने हिँडाइ पनि यस्तै हो । 

निकै समयको मौनतापछि गुरुजी बोले– ‘मान्छे सुख र शान्तिकै लागि दुःख गर्छ । म पनि १५ वर्ष भयो यो पेसामा लागेको अलिकति पैसा कमाएर सुख पाइएला कि भन्ने । हजुरहरू पनि यति दुःख गरेर यता आउनुभएको त्यही सुख पाउनकै लागि हो । मैले खोजेको सुख ड्राइभिङको कमाइमा छ भने हजुरहरूको सुख चाहिँ घुमेर पाइने सुखमा ।’

गुरुजीको कुराले मेरो मन छुन्छ । उनका शब्द मेरो मनमस्तिष्कमा निकै पटक प्रतिध्वनित भइरहन्छ । वास्तवमा हामीले खोजेको सुख त्यही, घुमाइको आनन्द, सन्तुष्टि र सुख उही । त्यही सुखको अनुभूति गर्न हामीले ज्यान जोखिममा राखेर, मन र मुटु हत्केलामा लिएर हिँडेका । बाटो जस्तोसुकै किन नहोस् जसरी पनि मुक्तिधामको मुक्तिनाथमा पाइला टेक्ने हाम्रो धोको । 

कागबेनीबाट अघि बढेपछिको भिन्न प्राकृतिक स्वरूपका कौतुहलले काउकुती लगाउने । कुमारी सुन्दरताका बिस्कुनहरू चर्दै यात्रीका आँखा तृप्त हुने ।

‘मुस्ताङमा के छ र मान्छे यति धेरै आउँछन् ?’ मेरो प्रश्नमा गुरुजी गाडी नै थर्किने गरी एकछिन हाँसे । अनि बिस्तारै उल्टै प्रतिप्रश्न गर्दै मुख खोले– ‘हजुरहरू चाहिँ परिवारै मुस्ताङमा के छ भनेर यत्तिका कष्ट सहेर किन आउनुभएको हो नि ?’

फेरि फिस्स हाँसेर उनी अगाडि थप्छन्– ‘वास्तवमा मुस्ताङ जिल्ला नै ‘स्वर्गको टुव्रmा’ हो सर । त्यही हेर्न मानिस यहाँ आउन मरिमेट्छन् । मैले आजसम्म धेरै तीर्थयात्री र मुस्ताङप्रेमी पर्यटकहरूलाई त्यसकै लागि यहाँ ल्याएको छु । उनीहरू मुस्ताङ आउन पाउनुलाई नै आफ्नो अहोभाग्य ठान्छन् । स्वर्गको टुव्रmामा उनीहरूलाई ल्याउन पाउँदा मलाई पनि कम आनन्दको अनुभव हुँदैन ।’ 

म्याग्दीबाट मुस्ताङको लेते पुगेपछि बल्ल गाडीले सास फेर्छ । किनभने त्यहाँबाट बाटोको उबडखावड बिस्तारै पातलिँदै जान्छ । कालीगण्डकीको सुन्दर बगर, बोटबिरुवाको हरियाली र पुष्पसुगन्ध अनि नीलो आकाश । यी सबैले धेरैको मन तान्न सुरु गरिसकेको हुन्छ ।

बसिरहूँ जस्तो लाग्ने बाथरुम । खाइरहूँ जस्तो लाग्ने खानेकुरा । बोलिरहूँ जस्तो लाग्ने स्थानीय मायालु मनहरू । हेरिरहूँ जस्तो लाग्ने प्रत्येक दृश्यहरू । तर बाटोघाटोहरू चाहिँ बिर्सेर पनि सम्झिँन नपरोस् जस्तो लाग्ने । फेरि कहिल्यै यस्तो बाटो हिँड्नु नपरोस् जस्तो लाग्ने ।

मार्फा, टुकुचेलगायतका क्षेत्रमा बारीभरि लटरम्मै फलेका राताम्मे स्याउ । हेर्दै रसिला, चखिला स्याउ देख्दा कस्को मुख रसाउँदैन र ! हामी पनि मुस्ताङी स्याउको बेग्लै स्वाद सम्झिँदै थाहै नपाई घुटुक्क थुक निल्छौँ । 

ठाडो उकालो चढेर तेर्सो बाटो लाग्ने थाप्लो । देखिन्छ वरिपरि हिस्सी परेको हिमाली दृश्य । तल कागबेनी, कालीगण्डकी अनौठो भूगोल । बेतोडले हुइँकिरहेको स्कारपियो गाडीलाई गुरुजीले घ्याच्च रोक्छन् । एकलासको त्यस थाप्लोमा मानिसको चहलपहल छ । जानकारी दिँदै गुरुजी भन्छन्– ‘यो सेल्फीडाँडा हो । यो फोटो खिच्ने ठाउँ हो सर । तपाईंहरू पनि ओर्लिनुस् एकछिन् । फोटो खिच्नुहोस् अनि यताको हावा पनि चाख्नुहोस् । अब केही बेरमै हामी मुक्तिनाथ पुग्छौँ ।’

उनको बोली बाहिरिनुसँगै हामी फुत्त फुत्त बाहिर निस्किछौँ । बाहिरको अनौठो  दृश्यले अघि नै हाम्रो मन तानिरहेको थियो । झन् गुरुजीले फोटो नै खिच्ने भनेपछि हामी तरुन्तै ओर्लिछौँ ।

सेल्फीडाँडामा दिउँसोको हावा गाडी नै उडाउला जस्तो बेगले चलिरहने रहेछ । सास रोकेर र चिसो स्याँठलाई सहेर यात्रीहरू त्यहाँ रमाइरहेका छन् । त्यस्तोमा कसरी फोटो खिच्न सक्नु ? तैपनि मानिस हावामै उडिरहे झँै फोटो खिचिरहेका छन् । वरिपरिका बालुवाका थुप्रो पहाडी चुलीलाई हेरेर म तृप्त भएँ । अचम्मका पहाडी शृङ्खलामा सन्ध्याकालीन घामको स्पर्श–चुम्बनले झन् अचम्मको दृश्य देखिएको छ । प्रकृतिमाथि घामको अन्तिम किरणले पोतेको रङ यात्रीका लागि अर्को आकर्षणको पाटो ।

मेरा लागि यति नै काफी छ मन रमाउन । म यसमै चुर्लुम्म डुब्छु । म सेल्फीडाँडामा हावासँग तैरिरहन्छु । त्यहाँको बेग्लै परिवेश र बेग्लै सौन्दर्य–संसारमा समाहित हुन्छु । त्यहाँको सुन्दरता शब्दले वर्णन गरेर सकिँदैन । तलपट्टि निकै पुरानो कागबेनी बजार, छिनछिनमा बाटो फेर्ने कालीगण्डकी अनि नीलो आकासमुनिका श्वेताम्बर हिमाल अब घामको अन्तिम लालीले रक्तिम देखिन्छ । दृश्यमा अर्कै किसिमको आकर्षण झल्किन्छ । 

गोधूलि प्रहरको क्षण दिनभरिको चरन र थकाइ । बास बस्न आफ्नै घर, गोठ, गुँड गन्तव्यतिर प्राणीहरू । चराचुरुङ्गी, भेँडाच्याङ्ग्रा, चौँरी र गोठालाहरू आआफ्ना गन्तव्य फर्किंदै छन् । हामी पनि आजको बास बस्न मुक्तिधाम, मुक्तिनाथ आइपुगेका छौँ ।