• २० वैशाख २०८१, बिहिबार

सानोसानो हर्ष र हराएको कथा

blog

पलङमुनि छिर्‍यो र हेर्‍यो । 

भेटिएन । 

फेला नपरेपछि केही खोज्न थाल्यो । 

अभैm भेटिएन । 

पलङमुनिबाट बाहिर आयो । 

उभियो । 

देब्रे हात कम्मरमा र दाहिने हात चिउँडोमा राखेर केही सोच्तै वरिपरि हेर्न थाल्यो । 

अनि के लागेर, पलङमाथि मिलाएर राखिएको तकियामध्ये एकलाई उठायो । 

त्यो तकियाको खोलभित्र हात छिराएर खोज्यो । 

भेटिएन ।

...हैन, कता पर्‍यो...!

बरबराउँदै यताउति हेर्‍यो । 

कोठाको एक कुनामा चौध र एघारवर्षे छोरीछोरा आफ्नो आफ्नो मोबाइलमा कराउँदै, जोसिँदै फ्री–फायर÷पब्जी नामक अन्तर्राष्ट्रिय मस्तिष्क सम्मोहित खेल खेलिरहेका थिए । 

...ए केटाकेटीहरू, तिमीहरूले मेरो त्यो वस्तु कतै देख्यौ...? 

उनीहरूलाई सोध्यो तर छोरीछोराले केही पनि सुनेनन् वा सुने पनि कुनै चासो नभए जस्तो गरी आफ्नै धुनमा घोरिरहेका थिए अर्थात् उही अन्तर्राष्ट्रिय मस्तिष्क सम्मोहित खेलमा मग्न थिए । 

...हत्तेरिका, कहाँ पर्‍यो भनेको...! 

ऊ त्यसपछि असिनपसिन भएर कुनाको र्‍याकमा रहेका पुस्तकहरूको चाङ निफन्न थाल्यो । 

¥याकमा रहेका एकेक पुस्तक निकालेर त्यसलाई फर्र पल्टाएर हेर्न थाल्यो ।

...अहँ, फेला परेन...।

पुस्तक निफन्दानिफन्दै एउटा पुस्तकका पृष्ठको फरफराइबाट केही कुराको चिर्कटो जस्तो खस्यो । 

उसले हतारले टिप्यो... ।

टिपेर हेर्‍यो... ।

यो के ? 

एक हजार रुपियाँको नोट... ! 

हुर्रे... !

ऊ हर्षले झन्नै उफ्रिएको... । 

खल्तीमा पैसा निख्रिएर ऊ बाहिर नगएको आज...।

एक्कासि रुपियाँको प्रकट भयो...।

ऊ दङ्ग त पर्ने नै भयो नि !

अघि श्रीमतीले कुखुराको दुई किलो मासु ल्याउनू भनेर अर्डर दिएकी थिइन् ।

ऊ भने अटेरी गरेर बसिरहेको थियो ।

अब अहिले...?

मैलो हुँदै गएको खोल ओढेको एउटा पुरानो सोफामा आफ्नो निधारमा आएको पसिना पुछ्दै बस्यो । 

बसेर त्यो हजार रुपियाँको नोटलाई माथि उठाएर हे¥यो...।

कतै यो नक्कली त होइन...।

होइन, सक्कली नै थियो । 

आनन्दले एक लामो सास तान्यो र भान्सा कोठातिर हेरेर ठुलो स्वरमा करायो ।

...सुन त...।

...किन, के भयो...? 

भान्सा कोठामा श्रीमती खाना पकाउँदै थिइन् क्यार, उनको स्वर त्यतैबाट लहरिँदै ऊ भएको ठाउँमा आयो ।

...हेर त... एक हजार रुपियाँको नोट फेला प¥यो...।

...खोइ...। 

श्रीमती भान्साबाट हात पुछ्दै ऊ भएको ठाउँनिर आइपुगिन् । 

उसले ई...भनेर देखायो ।

...कहाँ पाउनुभयो...?

...यी पुस्तकको च्यापमा पाएँ...।

...कसरी...?

श्रीमतीले पत्यार नभएजस्तो गरी सोधिन् ।

...ई, यसरी...।

उसले एउटा पुस्तक बोक्यो र त्यसलाई फर्र गरेर पल्टायो ।

...तपाईंले कुन बेला लुकाएर राख्नुभएको थियो...?

श्रीमतीले उसको बिर्सने बानीलाई लक्षित गरेर सोधिन् ।

...कहाँ लुकाएर राख्नु... तिमी सधैँ मेरा पुस्तकहरूमाथि सौतेनी व्यवहार गथ्र्यौ नि, हेर त आज...।

उसले आफ्ना पुस्तकमाथि श्रीमतीको सधैँ रहेको गुनासोलाई लक्षित गरेर भन्यो ।

...उसो भए आज दिनभरि यिनै पुस्तकहरू निफनेर बस्नू, अझ धेरै अरू केही पाउनका लागि र यसभन्दा अगाडि केटाकेटीका लागि दुई किलो कुखुराको मासु किनेर ल्याइदिनू । तिनीहरू मासु नभई भातै खाँदैनन् ।

श्रीमतीले घुर्कीसँगै आज्ञा दिँदै फेरि भान्सा कोठातिर प्रेसर कुकरले धेरै चोटि सिटी बजाएपछि हतारिएर पसिन् । 

ऊ केही छिन यसै बसिरह्यो चकमन्न बोध गरेर । 

ऊ खोज्न के चाहन्थ्यो, त्यो नभेटिनाले निधार दोब्य्राएर एकोहोरियो ।

००

उसले फेरि एउटा अर्को पुस्तक उठायो । 

अनि त्यस पुस्तकका पानाहरू फर्र गरेर हेर्न थाल्यो । 

त्यो पुस्तक अलि मोटो थियो । 

पानाहरू फर्र फरफराइरहँदा पुस्तकको बिच कतै एउटा मसिनो लामो धर्सो जस्तो केही देखियो । 

यसले फरफराउन छोडेर त्यो धर्सोलाई हे¥यो । 

एउटा फोटो थियो । 

पानाबिचमा च्यापिएर बसेको । 

त्यसलाई तानेर हेर्‍यो । 

उस बेलाको फोटो । 

सम्भवतः ऊ सात कक्षामा पढ्दाताकाको थियो । 

केही विद्यार्थी मित्रहरूसँग खिचिएको । 

त्यो फोटो त्यसो त रङ्गीन भए पनि फुस्रो खालको थियो, इस्टमेन कलरको । 

उसले फोटोमा रहेका मित्रहरूलाई नियाल्न थाल्यो र सम्झन थाल्यो ती दिनहरू । 

ती मित्रमा कति मित्र उसको स्मृतिबाट हराइसकेका थिए, तर एउटा आकृति भने अभैm पनि धमिलो पाराले बसेको पायो । 

त्यो आकृति थियो, उसकी केटी मित्र, जसको नाउँ नै थियो आकृति...।

००

आकृतिसँगका ती दिनहरू पुस्तकका पानासरि फर्र भएर उसको मानसपटललाई छुन आइपुगे...।

आकृति...।

एक सुन्दर परी जस्तो लाग्ने...।

मित्रहरूका बिच...।

सधैँ चर्चा उसको सुन्दरताको...।

सबै मित्रहरूलाई मुस्कानका साथ समान व्यवहार गर्ने...।

अनि उसलाई भने विशेष ध्यान दिने गरेको...।

पढाइमा पनि तेज...।

सबै उनको सुन्दरताका साथ पढाइमा अब्बल स्तरको बुद्धि देखेर नतमस्तक थिए...।

हुन त उसको र आकृतिका बिच निकटताले केही मित्रहरूमा ज्वलनशील पदार्थसरीको ईष्र्यालाई पनि उमारिदिएको थियो...।

यो मानवीय स्वभाव थियो...।

सुन्दर केटी...।

केटा...।

मित्रता...।

चर्चा त हुनु नै थियो...।

भयो नै...।

तर त्यति कठोर ईष्र्या भने थिएन...।

सबै मिलेका नै थिए...।

किनभने उनीहरू सँगसँगै स्कुल जान्थे...।

पढ्थे...।

खेल्दथे...।

दिन रमाइलाले बिताउँथे...।

तर यसरी धेरै समय भने बिताउन पाएनन्...।

आकृतिका पिताको अन्यत्र सरुवा भयो...।

उनीहरू सपरिवार नै त्यो ठाउँ छोडेर गए...।

ती मित्रहरूमा कतिलाई के भयो...।

कुन्नि...!

उसलाई भने धेरै दिनसम्म चकमन्नताले घोचिरह्यो...।

झल्याँस...!

उसको स्मृति फर्केर आजको दिनमा टेक्न आइपुग्यो...।

अनि सोच्यो...।

साँच्ची...!

अब अहिले आकृति कुन अवस्थामा कहाँ होलिन्...?

आफ्नो यो प्रश्नमा आकृतिको अनुमान अनुहार सम्झँदै मुसुक्क हाँस्यो ।

००

स्मृतिलाई पुस्तकका पानासरि एकफेर फर्र पल्टाएर हुत्यायो । 

आकृतिको आकृति पनि धमिलो धमिलो हुँदै पुस्तकका पाना जस्तै फर्र टाढियो । 

छोरीछोराको चर्को त्यो भूमण्डीकृत सम्मोहित खेल भने विक्षिप्त ध्वनि लिएर यतै आइरह्यो... ।

...हान्... ।

...हान्...।

...भटभट...।

...धर्र...।

...दिदी त्यसलाई मार–मार...।

...नछोड...।

...भटट...।

...ख्वार्र...। 

अब भने एकफेर उसलाई झडङ्ग व्रmोधले छोप्यो ।

गएर छोरीछोरालाई मोबाइल खोसेर पिटिदिऊँ जस्तो पनि लाग्यो । 

तर त्यसो गरेन । 

उसलाई त केही खोज्नु थियो । 

फेरि कोठाको कुनाकाप्चातिर खोज्न थाल्यो ।

००

एउटा फाइल उठायो । 

त्यसमा हे¥यो केही थिएन । 

अर्को पुस्तक उठायो । 

त्यसलाई पनि फर्र पल्टाएर हेर्न थाल्यो । 

त्यसबाट पनि एउटा कागतको चिर्कटो फ्वात्त भुइँमा झर्‍यो । 

ऊ एकनिमेषले हर्षले पुलकित भयो । 

हतपत त्यसलाई उठाएर हेर्‍यो । 

उसले नै लेखेको एक अपूरो कविता थियो । 

एक प्रेमकविता...।

...  ...

बाचा टुक्रिनु थियो/टुक्रियो

माया टाढिनु थियो/टाढियो

के प्रलय भयो र ?

ब्रह्माण्डमा प्रत्येक दिन

जन्मेर माया

प्रत्येक दिन मथ्र्यो भने

तिमी मबाट यसरी टाढिनु

कुनै अचम्म भएन

तिमी प्रेमलाई सधैँ 

खेल बनाएर खेल्थ्यौ

म प्रेम भनेर पूजा गर्दथेँ

तिमी र ममा 

फरक थियो त यही थियो 

जाऊ, तिमी आफ्ना हर्षहरू बोकेर

अब कहिल्यै पनि नआऊ सपना बनेर

प्रेम यति दुख्तो हुने भए

सपनाको के अर्थ र

त्यो प्रत्येक क्षण मरेरै जाने

तिमीलाई मेरो प्रेमको

अन्तिम बिदाइ...।

...  ...

आफ्नो यो कविता उसले किशोर उमेरको कुनै विशेष दिनमा लेखिएको थियो कि ! 

तर कसलाई सम्झेर लेखिएको थियो ? 

उसले किटानका साथ ठम्याउन सकेन । 

यसैले यसबारे धेरै बेरसम्म सम्झन चाहेन । 

बरु सम्झना भयो, केही दिनअगि एउटा अनलाइन पत्रिकाले ‘प्रेमकविता’ विशेषाङ्कका लागि उससँग एउटा प्रेमकविता मागेको थियो ।

यही कवितालाई दिने विचार गर्‍यो र आफ्नो त्यस प्रेमकवितालाई छुट्याएर खोज्दा सम्झने वा पाउने गरी र्‍याकको एक कुनामा थपक्क राखिदियो । 

अनि प्रेमकवितालाई सम्झनाको सुदूर अन्तःस्थलतिर प्रक्षेप गर्दै सोच्यो– अब त प्रेम, पीडा, सुख, दुख, हाँसो, रोदन आदि जेजे भने पनि वा भए पनि आफ्ना यिनै परिवारबिच थिए ।

००

श्रीमतीले सबैलाई खान पस्केको खबर भान्सा कोठाबाटै जनाउ दिइन् ।

ऊ आफ्नो खोजतिरै अग्रसर थियो ।

छोरीछोरा पनि भन्नै पर्दैन, आफ्नै रुचिमा व्यस्त थिए ।

फलतः खाना तयारीको आग्रह कसैले सुनेनन् ।

श्रीमती बाहिर आएर कराएपछि सबै झस्किए ।

हतारहतारमा भान्सा कोठातिर पसे ।

खाना खानका लागि आफ्नोआफ्नो आसन जमाए ।

खाना खाँदै गर्दा पनि ऊ भने आफ्नो त्यो वस्तु कहाँ प¥यो होला, सोचि नै रह्यो ।

००

...हैन, तपाईं अगिदेखि के खोजिरहेको...?

श्रीमती कोठामा आएर सोधिन् ।

...हेर न, केही दिनअगि मैले लेखेर राखेको एउटा अपूरो कथा थियो यहाँ, कता गयो, कता...?

उसले आफ्नो खोजाइको खुट्याइ प्रस्ट्यायो ।

...कथा पनि यसरी खोजेर पाइएला त...?

श्रीमतीले नम्र व्यङ्ग्य प्रदान गरिन् ।

...खोज्यो भने के पाइँदैन र, तर मेरो कथा भने पाइएन, आज पूरा गर्नु थियो त्यो...।

ऊ आफ्नो विवशता प्रकट गरी खोज्नमा नै तल्लीन बन्यो ।

...अनि यस्तरी असिनपसिन भएर पूरै समय ध्यानले खोज्नुको तात्पर्य के नि श्रीमान्ज्यू...?

श्रीमतीमा पनि केही व्यङ्ग्योक्तिको विशेषता थियो कि, यसो भनेर श्रीमान्तिर हेरिन् ।

...अस्तिदेखि एउटा पत्रिकाले मागेको थियो, त्यही दिनका लागि खोजिरहेको...।

उसले आफ्नो विवशता दर्सायो ।

...अनि त्यही कथा खोजेर दिनुपर्ने त...?

श्रीमतीले हपारिन् ।

...अरू के दिने त...?

उसको आफ्नो स्थिति सोचनीय देखियो ।

...अर्को लेखेर दिए पनि त भयो नि...।

श्रीमतीले सुझाइन् ।

...ओहो, यो त मैले भुसुक्कै बिर्सेको नि, तिमीले सम्झाइदियौ, धन्यवाद मेरी प्रिया...।

उसले श्रीमतीको दुई गाला दुई हातले समाएर हल्लायो ।

...धत्, केटाकेटीले देखे भने...!

श्रीमती दायाँबायाँ हेरेर रातो अनुहार पारेर त्यसै लजाइन् ।

००

ऊ अब यति बेला टेबलमा बसेर कथा लेख्न बस्यो ।

केही सोच्यो ।

पहिला आफ्नो त्यो हराएको अपूरो कथाप्रति केही छिन मौन धारण गर्‍यो ।

अनि लेख्न थाल्यो अर्को कथा ।

...जीवनको यो कठोर सङ्घर्षमा एक पात्रको पारिवारिक कथा अब आरम्भ हुन्छ, यसरी...। 

००

गङ्गाहिटी, चाबेल