'मायाको माया'मा राजेश हमाल
काठमाडौं, वैशाख २६ गते । महानायक राजेश हमाल नयाँ फिल्म 'मायाको माया'मा अनुबन्धित हुनुभएको छ । हमालले दुई दिनअघि मात्र यो फिल्मसँग सम्झौता गर्नुभएको हो । रोहित करण वैद्यको निर्देशन रहने यस फिल्मको केही दिनअघि कार्यविनायकमा मुहूर्त गरिएको थियो । अनुपविक्रम शाहीले इन्स्टा स्टोरीमा शुभमुहूर्त गरेको फोटो राख्दै 'मायाको माया'मा काम गर्न लागेको जानकारी गराउनुभएको हो । महानायक हमाल यसअघि भने शङ्कर कार्कीको निर्देशनमा निर्माण हुने फिल्मबाट कमव्याकको तयारीमा हुनुहुन्थ्याे ।
'पृथ्वीराज'को ट्रेलर सार्वजनिक
काठमाडौं, वैशाख २६ गते । अभिनेता अक्षय कुमार अभिनित फिल्म 'पृथ्वीराज' को ट्रेलेर सार्वजनिक भएको छ । २०२२ को प्रतीक्षित फिल्म मध्यको एक 'पृथ्वीराज' पनि हो जसमा अक्षय कुमार र पूर्वमिस वर्ल्ड मानुषी छिल्लर मुख्य भूमिकामा हुनुहुन्छ। फिल्ममा इतिहास र देशभक्ती दुवै समेटिएको छ । फिल्म सम्राट पृथ्वीराज चौहान र राजकुमारी उपयोगिताको प्रेम कहानीमा फिल्म बनेको बताइएको छ । फिल्मको ट्रेलरमा अक्षय कुमार र मानुषीसँगै सोनु सुद पनि देखिनुभएको छ । फिल्ममा आशुतोष राणा जयनन्द र मानव विज मोहम्मद गौरीको भूमिकामा हुनुहुन्छ । फिल्म डाक्टर चन्द्रप्रकाश द्विवेदीले निर्देशन गर्नुभएको हो ।
केशवको ‘कौवा करायो’
केशवराज भट्टको निर्देशनमा ‘कौवा करायो’ बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली समाजमा आँगनको डिलमा कराउने कौवाले राम्रो वा नराम्रो सन्देश लिएर आउने सन्देश वाहकका रूपमा हेर्ने चलन छ ।
तीन नयाँ चलचित्र प्रदर्शनमा
यो हप्ता हलहरूमा ‘षट्कोण’, ‘लक्का जवान’ र ‘डक्टर स्ट्रेन्ज–२’ गरी तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘षट्कोण’ र ‘लक्का जवान’ नेपाली चलचित्र हो भने ‘डक्टर स्ट्रेन्ज–२’ हलिउड चलचित्र हो । ‘डक्टर स्ट्रेन्ज–२’ हरर शैलीको चलचित्र हो ।
बेलायतबाट कुशलले ल्याउनुभयो ‘हाँस तिमी’
निर्देशक कुशल श्रेष्ठ आफ्नै छायांकन र सम्पादनमा तयार भएको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
हलिउडमा डेब्यू गर्दै फरहान अख्तर
काठमाडौं, वैशाख २५ गते । बलिउड अभिनेता फरहान अख्तर हलिउड सिरिज 'मिस मार्भल'बाट हलिउडमा डेब्यू गर्दै हुनुहुन्छ । मार्भल स्टुडियाे र डिज्नी प्लसले निर्माण गर्ने सिरिजमा अरामिसा नाइट, सागर शेख, ऋष शाह, जेनोबिया श्राफ, मोहन कपुर, म्याट लिन्ट्ज, यास्मीन फ्लेचर, लैथ नक्ली, अजहर उस्मान, ट्राभिना स्प्रिंगरलगायतको अभिनय रहने छ ।आगामी जुन ८ तारिखमा मिस मार्भल प्रिमियर हुने बताइएको छ । फरहान भने अहिले फिल्म 'जिले जरा' को तयारीमा हुनुहुन्छ ।
फिल्म 'ए मेरो हजुर ४'काे २५औँ दिन पूरा
काठमाडौं, वैशाख २५ गते । फिल्म 'ए मेरो हजुर ४'ले आज प्रदर्शनको २५औँ दिन पूरा गरेको छ । यस अवसरमा निर्देशक झरना थापाले दर्शक तथा शुभचिन्तकसामु खुसी प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा २५औँ दिनपछि पनि निरन्तर फिल्म प्रदर्शनमा रहिरहेकोमा आभार प्रकट गर्नुभएको हो ।'आजको दिनमा पनि हाम्रो चलचित्र उपत्यकाभित्र र उपत्यकाबाहिरका मल्टिप्लेक्स अनि सिङ्गल स्क्रिन थिएटरहरूमा पुनःप्रदर्शनमा आइरहेको खबर तपाईंहरूसँग साट्न पाउँदा हामीलाई अपार आनन्द अनुभूति भइरहेको छ,’ उहाँले लेख्नुभएको छ, 'यति धेरै साथ, माया अनि हौसलाका लागि सबैमा मनैदेखि नमन गर्दछौँ ।'निर्माता निर्देशक दक्षिण भारतीय फिल्मका कारण चिन्तित भए पनि 'ए मेरो हजुर ४' ले सुरुवाती हप्ताकै सन्तोषजनक व्यापार गरेको थियो । फिल्ममा अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रीय भूमिकामा हुनुहुन्छ।
विवाहलगत्तै स्वप्नले ल्याए 'वाचा भयो'
काठमाडौं, वैशाख २४ गते । युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको नयाँ गीत 'वाचा भयो' सार्वजनिक गरिएको छ । सुमनले विवाहको भोलिपल्ट नै गीत सार्वजनिक गर्नुभएको हो ।उहाँले गीतमार्फत आफ्नी जीवन सँगिनीलाई जीवनभरि साथ दिने, माया गर्ने, दु:ख सु:ख बाँड्ने वाचा गर्नुभएको छ । यस्तै, उहाँले यो गीत ज्योत्सना अनि आफूहरूको विशेष दिनका लागि लेख्नुभएकोसमेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
वैवाहिक जीवनमा बाँधिए स्वप्न सुमन र ज्योत्सना
काठमाडौं, वैशाख २४ गते । फिल्म 'म त तिम्रै हुँ'बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्नुभएकी मोडल ज्योत्सना योगी र गायक स्वप्न सुमन वैवाहिक जीवनमा बाँधिनुभएको छ । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफूहरु विगत ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि सुमनले जानकारी दिनुभएको हो । यस्तै, उहाँहरुले नयाँ जीवनको सुरुवातसँगै सबैको माया र आर्शीवादको खाँचो रहेकोसमेत उल्लेख गर्नुभएको छ ।
'लाइफ इन एलए'को 'उदाएर आयौ तिमी' सार्वजनिक
काठमाडौं, वैशाख २४ गते । सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म 'लाइफ इन एलए' को गीत 'उदाएर आयौ तिमी' सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार ब्यास बिस्शु र अकेशा विष्टलाई देख्न सकिन्छ ।गायिका प्रविशा अधिकारी तथा गायक प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । त्रिकोणात्मक प्रेमकथा आधारित यो फिल्ममा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, निलम चन्द, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । यस्तै, फिल्मका कार्यकारी निर्माता संसार सुवेदी र अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा हुनुहुन्छ । यही जेठ ६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र कविराज गहतराजसँगै सुरज श्रेष्ठको करियोग्राफी छ ।
कलाकार चिनाउने थेगो
नेपाली चलचित्र क्षेत्रमा दर्जनौँ हाँस्यकलाकारको जन्म भयो । कुनै समय यस्तो आयो टेलिशृङ्खलामा कलाकारपिच्छे थेगो बन्न थाले । कलाकारको परिचयलाई थेगोले झनै जीवन्त बनायो । यही थेगोलाई आम दर्शकले रुचाउन थाले पात्रलाई स्थापित हुन बल पुग्थ्यो । थेगोको आकर्षक प्रयोग र बोलीचालीमा सहज लाग्ने थेगोले कलाकार र दर्शकलाई नजिक बनायो । जसले समयअनुकूल उपनाम अथवा थेगोले आफूलाई परिचित बनाएपछि त्यही नै उनीहरूको ब्रान्ड बन्न पुग्यो, नेपाली कला क्षेत्रमा त्यस्ता केही हस्ती छन् जो दशकौँसम्म थेगोकै कारण चर्चामा रहे । थेगोको प्रयोगका क्रममा रमाइला किस्सा पनि छन् ।
‘जय नेपाल मुख मुखमा...’ सार्वजनिक
चुनावलाई लक्षित गरेर काँग्रेसको चुनावी गीत ‘जय नेपाल मुख मुखमा...’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो बिहीबार काठमाडौँको दरबारमार्गस्थित क्युज सिनेमामा रिलिज गरिएको छ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महत, वरिष्ठ अभिनेता नीर शाह, भुवन केसी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्कासहित गीतका कलाकारले भिडियो सार्वजनिक गर्नुभएको हो । गीतलाई युवा गायक कृष्ण विकले गाउनुभएको छ । कृष्णलाई महिला स्वरमा गायिका प्रीति आलेले साथ दिनुभएको छ ।
‘मायाको मौसम’ सार्वजनिक
सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवं गीतकार डीपी खनालको आवाज सुन्न सकिन्छ । रोमान्टिक भर्सनको गीतलाई शङ्कर थापा ‘स्माइल’ले सङ्गीत दिनुभएको छ ।
‘रङ्गमञ्च अझै सोचेजस्तो भएको छैन’
रङ्गमञ्चमा अभिरुचि राख्नेबीच पशुपति राईको बेग्लै पहिचान छ । राई रङ्गमञ्चमा प्रवेश गर्नुभएको १८ वर्ष भइसकेको छ । तीन दर्जनभन्दा बढी नाटकमा उहाँले अभिनय गरिसक्नुभएको छ भने केही चलचित्र र थुप्रै म्युजिक भिडियोमा पनि उहाँले अभिनय गरिसक्नुभएको छ । हालैमात्र नयाँ चलचित्र ‘आँखा’मा अनुबन्धित हुनुभएकी राईसँग रङ्गमञ्चको यात्राबारे गरिएको कुराकानी ।
अब राजनीतिबाट कला क्षेत्रलाई अगाडि बढाउँछु : भुवन केसी
अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराउनुभयो।
मदनकृष्णलाई जन्मदिनको उपहार : सय करोड दर्शक पाउने अपेक्षा
काठमाडौं, वैशाख २० गते । गीतकार तथा संगीतकार पुष्पन प्रधानले 'एउटा सपना छ'को लेजेन्डरी भर्सन सार्वजनिक गर्नुभएको छ । क्रियटिभ ह्याट्सले मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो उपहार दिएको हो । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईले छायाङ्कन र सम्पादन गर्नुभएको हो । गायक तथा सङगीतकार पुष्पन प्रधानले यो गीतको पहिलो भर्सनले सय करोड दर्शक पाउने आफ्नो जीवनको पहिलो गीत भएको बताउनुभयो। कार्यक्रममा श्रेष्ठले आफूले जिन्दगीमा धेरै गीत गाउन नसकेको भन्दै यो गीत आफ्ना लागि सधै नै विशेष रहने अपेक्षा गर्नुभयो । भिडियोमा मदनकृष्ण र आँचल शर्माको अभिनय देख्न सकिन्छ । आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिनुभएको छ। यस्तै, भिडियोमा बिरामी भएर सबै विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथालाई देखाइएको छ ।
अभिनेता केसी र खड्कासहितका कलाकार काँग्रेसमा प्रवेश
‘‘काँग्रेसको इतिहास हेर्दा सबैभन्दा विश्वासिलो छ । स्वतन्त्र भएर बोल्न पाउने, स्वतन्त्र भएर काम गर्न पाउने, हाम्रो आवाज सुन्ने र हरेकलाई सम्मान गर्ने पार्टी भएकाले काँग्रेस प्रेवश गरेकी हुँ ।’’
बेलबटमको पुरानो फेसन नयाँ लुक्स
समय फेसनको छ, समयअनुसारको फेसन फलो गर्नेहरू दिनानुदिन बढेको पाइन्छ । समयको माग र बजारमा चलेको ट्रेन्डलाई फरक तरिकाले फेसन गर्नेहरूमा सहरिया युवापुस्ता निकै अगाडि छन् । साना नानीदेखि पाकाहरूसम्मलाई फेसनले निकै प्रभाव पारेको देखिन्छ ।
नेपालगञ्जमा बागचन्दको जस्टिस कन्सर्ट
दिगो विकासका अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट साङ्गीतिक अभियानको थालनी गर्नुभएको छ । दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानीयकरणका लागि विभिन्न गतिविधि गर्दै आउनुभएका गायक रोहनरत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा र गरिबीका कारण पुनः सबै मानव जातिले न्यायप्रति प्रतिबद्धता जनाउनुपर्ने बताउँदै न्यायलाई नदीझैँ बग्न देऊ भन्ने गीतबाट आफ्नो प्रस्तुति सुरु गर्नुभयो ।
सलिना महर्जनलाई मिस नेवा:को उपाधि
काठमाडौं, वैशाख १९ गते । १६ औँ संस्करणको मिस नेवा : को उपाधि काठमाडौं चःमतीकी सलिना महर्जनले जित्नुभएको छ । 'नेप्लिज फेसन होम'द्वारा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रतियोगितामा उहाँले १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जित्नुभएको हो ।सलिनालाई उपाधिसँगै एक लाख नगद र 'नेपाल क्योकुसिन सेइसिन काइकान कराँते'को सद्भावना दूत पनि नियुक्त गरिएको छ । उहाँलाई गत वर्षकी मिस नेवाः कृषा महर्जनले ताज पहिराइदिनुभएको हो । यस्तै, ठमेलकी सबिना बज्राचार्य फस्ट र भक्तपुर ठिमीकी सेलिना प्रजापतिले सेकेन्ड रनरअपकाे उपाधि जित्नुभएकाे छ । रोजिन शाक्यको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जन र फष्ट रनर्सअप प्रिया तण्डुकारको संयोजनमा सम्पन्न अन्तिम स्पर्धामा पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठ अतिथिको रूपमा सहभागी हुनुहुन्थ्याे । प्रतियोगितामा मुख्य निर्णायकको रुपमा एनआरएन युकेका पूर्व अध्यक्ष अशोकबाबु श्रेष्ठ र नेपाल टेलिकमका मेनेजर सरोज शाक्य, ओजेश सिंह, अशोककुमार श्रेष्ठ, प्रवेशमान शाक्य, एलिशा बज्राचार्य, लक्ष्मण महर्जन, मनीश्री रत्न बज्राचार्य र मञ्जु कार्की पाण्डे हुनुहुन्थ्यो ।
कुशल पाइलटको कथा रनवे ३४
बलिउड अभिनेता अजय देवगनले फेरि एक पटक चलचित्र ‘रनवे ३४’ बाट आफ्नो निर्देशकीय क्षमता देखाएका छन् । चलचित्रको कथा सन् २०१५ मा दोहाबाट कोचिन आउँदै गरेको जेट एयरवेजको विमानसँग भएको सत्य घटनामा आधारित छ । एउटा पाइलटले खराब मौसम हुँदाहुँदै पनि कसरी जोखिम उठाएर यात्रुहरूको बचाव गर्छन् भन्ने कुरा चलचित्रमा देखाइएको छ ।
ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत
काठमाडौं, वैशाख १८ गते । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाममा रहेको ७.२७ करोड (भारु) बराबरको सम्पत्ति जफत गरिएको छ । यो सम्पत्तिमध्ये ५.७१ करोड (भारु) सुकेश चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएकोसमेत बताइएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको हो ।यस्तै, चन्द्रशेखरले ज्याकलिनलाई एक लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको बताइएको छ । यसअघि पनि सुकेशले बयानमा ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री उपहार दिएका थिए । साथै, सात करोड बराबरको गहना र अन्य उपहार पनि दिएको सुकेशले बताएकाे भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।
कंगना रनौतको 'धाकड'
काठमाडौं, वैशाख १७ गते । बलिउड अभिनेत्री कंगना रनौत अभिनित फिल्म 'धाकड'को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कंगनाको एक्सनसँगै अर्जुन रामपाल र दिव्या दत्तालाई पनि देख्न सकिन्छ ।रजनीश राजी घईले निर्देशन गर्नुभएको 'धाकड' आगामी मे २० मा रिलिज हुने भएको छ । यस्तै, फिल्म हिन्दीका साथै तेलुगू, तमिल र मलायलम भाषामा पनि रिलिज गरिने बताइएको छ ।'धाकड' मा रितेश शाहको लेखन र फिल्मका निर्माता दीपक मुकुट र सोहेल मक्लै हुनुहुन्छ ।
विश्व नृत्य दिवस : नृत्य विधा सृष्टिकै सुन्दर उपहार
नृत्य एक कला हो, जसले लयबद्ध वा सङ्गीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ– नृत्यबिना संसार नै अधुरो हुन्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस वर्ष अप्रिल महिनाको २९ तारिखमा संसारभर नृत्यसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइन्छ ।