'कमेडी हब'को विवादित दृश्य हटाइयो
काठमाडौं, साउन १६ गते । हास्य टेलिभिजन कार्यक्रम 'कमेडी हब'को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे 'माग्ने बुढा'ले माफी माग्नुभएको छ । अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जानकारी दिनुभएको हो । कलाकार घिमिरेले माफी माग्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकहरुले देखाउनुभएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तक हरुको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’आइतबार साँझ सार्वजनिक १०औँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण 'कमेडी हब' र कलाकार केदार घिमिरेको चर्को विरोध भएपछि उहाँले सोमबार माफी माग्नुभएकाे हाे ।
अम्बर तुम्बापो सुब्बाको सङ्गीतमा 'कसम'
काठमाडौं, साउन १६ गते । मोडल कमल सिंह र ललना चिमरियाबीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिएको 'कसम' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो 'केके अक्टेभ' युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोको सम्पूर्ण छायाङ्कन गौतम बुद्ध जन्मस्थल लुम्विनीभित्र गरिएको छ । यस गीतमा स्वर सा रे गा मा पा बङ्गालका उप-विजेता गायक साईराज खातीको छ । गीतमा शब्द कुमार मिश्रको छ भने सङ्गीत अम्बर तुम्बापो सुब्बाको छ । गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गर्नुभएको हो । बुद्ध थापाले खिच्नुभएको भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । भिडियोमा प्रकाश धितालको कन्सेप्ट र निर्देशन छ ।
'मिसेस नेपाल कल्चर २०२२' को आवेदन खुल्ला
काठमाडौं, साउन १५ गते । 'मिसेस नेपाल कल्चर २०२२' आयोजना हुने भएको छ । विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझै वृहत र विस्तारित रुपमा अगाडि ल्याएर उहाँहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पुर्याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजक युहानले एक विज्ञप्तिमार्फत प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा जुनसुकै उमेर समूहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । यस्तै, प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको यस प्रतियोगिताको पहिलो अडिसन साउन २१ गते हुने भएको छ । प्रतियोगिताका विजेताले शिर्ष उपाधि, दुई लाख बराबरको उपहारकासाथै विभिन्न अवसरसमेत प्राप्त गर्नेछन् ।
'छम्म छम्म नाचौं न' बोलको तीज गीत सार्वजनिक
काठमाडौं, साउन १५ गते । नारायण रिजालको निर्देशनमा बनेको 'छम्म छम्म नाचौं न' बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको भिडियो 'ओएसआर डिजिटल'मार्फत सार्वजनिक गरिएको हो।शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीतमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापामगर, सुस्मिता पौडेल, सपना रिमाल, माया लगायतको अभिनय तथा नृत्य रहेको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको गीतमा योगेश काजीको संगीत तथा एरेन्ज छ । राहुल राईले छायांकन गर्नुभएको भिडियोलाई विष्णु शर्माले सम्पादन गर्नुभएको हो ।
मोफसलबाटै सङ्घर्ष गरेका गायक राना चर्चामा
गायक सञ्जीवसिंह राना मोफसलबाटै नेपाली साङ्गीतिक क्षेत्रमा जम्न सफल हुनुभएको छ । विभिन्न साङ्गीतिक प्रतियोगितामा भाग लिएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रदर्शन गर्ने गायक राना गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएको छ ।
‘बर्खे झरी’ सार्वजनिक
‘बर्खे झरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक निशान भट्टराई र गायिका रानु निरौलाको आवाज सुन्न सकिन्छ । किरण भण्डारीको शब्द, सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गर्नुभएको हो । गौरव गिरीले निर्दशन गर्नुभएको म्युजिक भिडियोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाइगरको अभिनय देख्न सकिन्छ । गीतमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समावेश रहेको छ ।
‘दाइकी कान्छी साली’को म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, साउन १४ गते । गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाइकी कान्छी साली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको सङ्गीत छ ।गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीक अभिनय देख्न सकिन्छ । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ जसका कोरियोग्राफर सुबोल थापा हुनुहुन्छ ।गीतमा पवन सुस्लिङको छायाङ्कन र नवीन निरौलाको सम्पादन एवं कलर ग्रेडिङ छ ।
‘गोर्खा : बिनिथ द ब्रेभरी’ बेलायतमा प्रदर्शन हुने
नेपाली गोर्खा सैनिकहरूले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई २०२२, शुक्रबारबाट बेलायतका विभिन्न सहरमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो ।
सिनेमाघरमा तीन नयाँ चलचित्र
अभिनेता खगेन्द्र लामिछाने निर्देशित चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ। चलचित्रले बेपत्ता छोराको खोजीमा रहेको एक दम्पतीको कथा बताउँछ। चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय छ। टुकी आर्टस् र मञ्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गर्न‘भएको हो।
'चपली हाइट ३' पुन: प्रदर्शन हुने
काठमाडौं, साउन १३ गते । निकेश खड्काको निर्देशनमा बनेको फिल्म 'चपली हाइट ३' पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । फिल्म गत पुस ३० गते रिलिज भएको थियो । तर लकडाउनका कारण प्रदर्शन बीचमै रोकिएको थियो । अब फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न पाएका थिएनन् । फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतको मुख्य भूमिका छ ।
नेपाली चलचित्र 'पानीफोटो' आजबाट प्रदर्शनमा
काठमाडौं, साउन १३ गते । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ । 'पानीफोटो'मा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको खोजीमा रहेको बाबुआमाको कथालाई प्रस्तुत गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ । टुकी आर्ट्स र मन्जुश्री फिल्म्सको निर्माणमा बनेको चलचित्रलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गर्नुभएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन छ ।
उपत्यकामा बाजाले गुञ्जायमान हुने पर्व
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ। नेपाल संवत्अनुसार दसौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा.चुण्डा बज्राचार्यले जानकारी दिनुभयो।
संस्कार–संस्कृतिको प्रतिक नाटक ‘खुवालुङ’ (फोटो फिचर)
खुवाको अर्थ नदीको पानी हो भने लुङको अर्थ ढुंगा। दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी जलसायमा अवस्थित विशाल ढुंगालाई मुन्दुम मान्यता र विश्वासमा राख्ने गरिन्छ।
'चाैतारीमा लर्के बर' गीतको भिडियो सार्वजनिक
काठमाडौं, साउन १२ गते । गायिका अम्बिका बस्नेत र राम कुमार नेपालीले स्वर भर्नुभएकाे 'चाैतारीमा लर्के बर' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ब्राण्डयू पिक्चर्सका लागि देवराज वस्नेतले निर्माण गर्नुभएको गीत 'चुईचुई पारेर' टिभी च्यानलबाट सार्वजनिक गरिएको हो । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दे सार्वजनिक भिडियोमा शारदा रसाईलीको लयसंगीत, नारायण दंगालको सङ्गीत संयोजन, राम केसीको छायांकन र सपना लम्सालको श्रृंगार रहेको छ । शोभा त्रिपाठी, निक्स शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय रहेको भिडियोलाई कलाकार उत्तम केसीले निर्देशन गर्नुभएको हो । निरेन श्रेष्ठको कोरियोग्राफि रहेको गीतको भिडियोको सम्पादन र रंग संयोजन राजकुमार मगरले गर्नुभएको हो ।
'आराध्या'को टिजर सार्वजनिक
काठमाडौं, साउन १२ गते । सर्ट फिल्म 'आराध्या'को टिजर सार्वजनिक गरिएको छ । टिजरमा एक बच्चाको मनोभाव र उक्त परिवारको तस्बिरलाई चित्रण गरिएको हो । फिल्मको लेखन तथा निर्देशन रामजी ज्ञवालीले गर्नुभएको हो । सन्जितकुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारि निर्माता राजेशकुमार शाह हुनुहुन्छ ।फिल्ममा अभिनेता आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, सृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सर्ट फिल्ममा नहकुल खड्काको सम्पादन छ । यस्तै, फिल्मलाई सङ्कल्प भुजेलले खिच्नुभएको हो । फिल्मको सङ्गीतमा आरसी शाहले आवाज भर्नुभएको छ र गीतका गीतकार जीवन भण्डारी हुनुहुन्छ ।
नेपालभाषा हास्यव्यङ्ग्य गाईजात्रा महोत्सव
नेपालभाषामा रङ्गमञ्च साहित्यको विकास गर्ने उद्देश्यले ‘झीगु सः’ र ‘सुकुन्दा फिल्म्स’ले संयुक्त रूपमा आउँदो भदौ ४ गते शनिबार ज्यापु भवन ललितपुरमा गाईजात्रा महोत्सव गर्ने भएको छ ।
टिन स्टार इन्टरनेसनलमा गायक प्रसून
नेपालको गायन प्रतिभा प्रसूनजङ्ग पोखरेलले थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाउनुभएको छ। परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिङगिङ एन्ड एक्टिङ) सिङगिङ स्टार २०१९ को विजेता भएबापत प्रसुनले सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुभएको हो। प्रसुनले टिन स्टार इन्टरनेसनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका सयौँ प्रतिभाका बीच आफूलाई प्रतिस्पर्धामा उतार्नेछन्।
चलचित्र ‘पानीफोटो’ द्वन्द्वले पारेको असर
लेखक तथा कलाकार खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको चलचित्र हो ‘पानीफोटो’ । दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’कै अनुरूपण गरिएको चलचित्र हो यो । द्वन्द्वले देश र समाजमा पारेको असर भनौँ वा त्यो समयको कथामार्फतका परिवेशलाई चलचित्रमा देखाउन खोजिएको छ। ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद,’ ‘धनपति’ ‘डमरुको डन्डीबियो’लगायतका चलचित्रमा अभिनय गरिसकेको कलाकार लामिछानेको ‘पानीफोटो’ डेब्यु निर्देशन हो। ‘पानीफोटो’कै सेरोफेरोमा रहेर कलाकार लामिछानेसँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
चलचित्र 'प्रेमगञ्ज'को ट्रेलर सार्वजनिक
काठमाडौं, साउन १० गते । चलचित्र 'प्रेमगञ्ज'को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । परिच्छेद सेनको लेखन तथा निर्देशिन रहेको यस चलचित्रमा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा प्रेम सम्बन्धमा हुने उतारचढावलाई देखाइएको छ । चलचित्रमा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् । चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको देखिन्छ । फिल्म भदौ ३ गते प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ ।
चलचित्र क्षेत्रलाई जीवन्तता दिन आएको हुँ : भुवन केसी
विगत ४० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा लाग्नुभएका केसीले ‘जुनी’ चलचित्रबाट चलचित्र यात्रा सुरु गर्नुभएको हो। २३ वर्षको उमेरदेखि चलचित्र क्षेत्रसँग जोडिनुभएका उहाँले त्यसपछि सम्झना, कुसुमे, सन्तान, तिलहरी, कन्यादान, चिनो, रुमाल जस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ।
धरान प्रमुख साम्पाङ्गको स्वर रहेको हाइकिङ्ग गीत सार्वजनिक
धरानमा हाइकिङ्ग जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङ्गसँग सम्बन्धित हाइकिङ्ग गीत सार्वजनिक गरेको छ।
पाहुनाको सत्कारमा स्यार्बो, थार र सेन नाच
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा अतिथिहरूका लागि स्यार्बो, थार र सेन नाच निकै चर्चित छ। लिमीको परम्परागत उक्त नाच पाहुनाको स्वागत सत्कार गर्न अनिवार्य रूपमा नाच्ने चलन हो। लिमीका बासिन्दा कुन्चोक तामाङले लिमीका तीनवटै गाउँ जाङ, हल्जी र तीलमा गाउँदै नाचिने स्यार्बो, थार र सेन नाच अहिलेको समयमा पनि स्थानीयवासीले उत्तिकै संरक्षण गरेर राखेको बताउनुभयो।
‘सरसर माया’ सार्वजनिक
गायक जगदीश समालको ‘सरसर माया’ बोलको गीत सार्वजनिक भएको छ। डीपी खनालको शब्द, शङ्कर स्माइलको सङ्गीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा नाजिर हुसेन र रुविना थापा देखिनुभएको छ।
'छक्का पन्जा ४' को छायाङ्कन सुरू
काठमाडौं, साउन ९ गते । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पन्जा ४' शुभमुहूर्त गर्दै छायाङ्कन सुरू गरिएको छ। सोमवार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो । 'आमा सरस्वती मुभिज'को ब्यानरमा निर्माण हुने फिल्मका निर्देशक हेमराज बिसी हुनुहुन्छ । यसअघिका छक्का पन्जाका सिरिज भने दीपाश्री निरौलाले निर्देशन गर्नुभएको थियो । फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),नीर शाह, निर्मल शर्मा, राज आचार्य लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।फिल्म आगामी दशैँ वा तिहारमा प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ ।