• १६ भदौ २०८१, आइतबार

'कमेडी हब'को विवादित दृश्य हटाइयो

blog

काठमाडौं, साउन १६ गते । हास्य टेलिभिजन कार्यक्रम 'कमेडी हब'को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे 'माग्ने बुढा'ले माफी माग्नुभएको छ । अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जानकारी दिनुभएको हो । 

कलाकार घिमिरेले माफी माग्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको ‘हामीले प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकहरुले देखाउनुभएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्यूहरूसमक्ष हामी क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तक हरुको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाइसकेका छौं।’

आइतबार साँझ सार्वजनिक १०औँ भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण 'कमेडी हब' र कलाकार केदार घिमिरेको चर्को विरोध भएपछि उहाँले सोमबार माफी माग्नुभएकाे हाे ।